• १७ वैशाख २०८२, बुधबार

वैदेशिक रोजगारीमा पठाउने प्रलोभनमा लाखौं ठगी गर्ने दुई जना पक्राउ

blog

काठमाडौँ, वैशाख १६ गते। प्रहरीले वैदेशिक रोजगारीमा ठगी गर्ने ५६ वर्षीय सुजन कुमार उप्रेतीलाई पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टका अनुसार बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि माल्टा लैजाने भन्दै लामो समयसम्म झुक्याएर सम्पर्कबिहीन बनेका थिए। 

स्थायी घर काठमाडौँ महानगरपालिका वडा नं. २ का भट्टलाई पक्राउ गरेर थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ। 

यसैगरी, यूएई लैजाने भन्दै छ लाख रुपियाँ ठगी गरेर फरार रहेका २९ वर्षीय उमेश गुरुङसमेत पक्राउ परेका छन्। 

स्थायी घर धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ६ घर भएर हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–६ बस्ने गुरुङलाई पक्राउ गरि थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको प्रहरीले जनाएको छ।