• १० मंसिर २०८१, सोमबार

दार्चुलामा जिप दुर्घटना : दुई जना घाइते

blog

लोकेन्द्र जोशी

दार्चुला, भदौ ५ गते। दार्चुलामा बोलेरो जिप दुर्घटना भएको छ। जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ८ धौकोट सडकमा बुधबार दिउँसो करिब साढे २ बजे तिर जिप पल्टिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

दुर्घटनामा परेको म १ ज २३९ नम्बरको बोलेरो जिपमा ६ जना यात्रु सवार थिए। प्रहरीका अनुसार चालक सुरेशसिंह धामीले चलाएको उक्त जिपमा सवार छ जना यात्रुमध्ये दुई जना घाइते छन्।

घाइते हुनेमा महाकाली नगरपालिका वडा नम्बर ८ घौकोट बस्ने ६८ वर्षीया कुडा देवी रैखोला र सोही ठाउँका ५० वर्षीय कम्मानसिंह भाट हुनुहुन्छ। रैखोलाको कम्मरमा सामान्य चोट र भाटको बायाँ खुट्टामा सामान्य चोट लागेको छ। घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला ल्याइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।