आन्तरिक पर्यटक
पोखरा महानगरपालिका–३१ लेखनाथमा अवस्थित बेगनास तालमा डुङ्गा सयर गर्दै आन्तरिक पर्यटक ।
नवलपुरमा आठ जनामा डेंगु संक्रमण
नवलपुरमा आठ जनामा डेंगु सङ्क्रमण भेटिएको छ । असारको दोस्रो हप्तादेखि हालसम्म नवलपुरमा आठ जनामा डेंगु संक्रमण भेटिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
२०५० सम्ममा इटालीको जनसंख्या चार मिलियनले घट्ने
इटालीको कुल जनसङ्ख्या २०५० सम्म करिब ४० लाखले घटेर पाँच करोड ४० लाख पुग्ने स्ट्याटले जनाएको छ ।
जनताको अधिकार खोस्न खोजे सडक संघर्षमा जान्छौंः अध्यक्ष प्रचण्ड
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काँग्रेस–एमालेले संविधान संशोधनमार्फत नागरिकको अधिकार खोस्न खोजे सडक संघर्ष गर्न बाध्य हुने चेतावनी दिनुभएको छ ।
बागमतीमा दोस्रो पटक मन्त्रिपरिषद् विस्तार : मन्त्रीको संख्या १४ पुग्यो
मुख्यमन्त्रीमा बहादुर सिं लामा तामाङको सिफारिसमा शनिबार बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले मन्त्रिपरिषद् पुनगर्ठन एवं कार्यविभाजन गर्नुभएको हो।
ताप्लेजुङमा ३१ जनाले त्यागे नेपाली नागरिकता
ताप्लेजुङबाट एकतिस जनाले नेपाली नागरिकता त्याग गरेका छन्। जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट नेपाली नागरिकता प्राप्त गरेका उक्त सङ्ख्यामा यहाँका नागरिकले नागरिकता त्याग गरेका हुन्।
भव्य उद्घाटनबिच पेरिस ओलम्पिक सुरु, नेपाली पदाधिकारीको भ्रमण मोह
हरेक चार वर्षमा आयोजना हुने ओलम्पिकले ३३औँ संस्करण छुँदा नेपालले अहिलेसम्म पदक जित्न सकेको छैन । ओलम्पिकमा केबल सहभागितामै रम्दै आएको नेपाल खेलको नाममा खेल पदाधिकारीको जम्बो टोली भ्रणम गराउनमा भने हरेक संस्करणमा अगाडि देखिन्छ ।
नक्कली परीक्षार्थी पक्राउ
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सानोठिमी भक्तपुरद्वारा सञ्चालन भइरहेको डिप्लोमा प्रमाणपत्र तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति परीक्षामा परीक्षा दिइरहेका नक्कली परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
रेलको लिकमा परेर घाइते
रेलको लिकमा हाम फाल्दा एक ३५ वर्षिय युवकको दुबै खुट्टा काटिएको छ । शनिबार बिहान जयनगर–बर्दिवास रेल खण्डस्थित खजुरी स्टेशनको ३ सय मिटर पश्चिमपट्टी गुडिरहेको रेल अगाडि अचानक हामफाल्दा रेलको लिकमा परी धनुषाको जनकनन्दिनी गाउँपालिका ३ महुवाका मिश्री दासको ३५ बर्षिय छोरा श्रीराम दासको दुवै खुट्टा काटिएको हो ।
अध्यक्ष नेपालबाट खतिवडाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अनेरास्ववियुका पूर्वनेता प्रिजा खतिवडाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
खैरो हिरोइनसहित पतिपत्नी पक्राउ
सदरमुकाम मंगलसेन बजारमै लागूऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् । कैलाली जिल्लाको कैलारी घर भइ मंगलसेन नगरपालिका ५ बसोवास गर्ने ३० वर्षीय प्रकाश बोहरा र उनकी श्रीमती २९ वर्षीय कल्पना भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।
३० औँ विश्व आदिवासी दिवस मनाउन जातीय संघसंस्थासँग छलफल
३० औँ विश्व आदिवासी दिवस मनाइने भएको छ ।
तिनाउमा डुबेर एकको मृत्यु
बुटवलको तिनाउ नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । एक बालक बेपत्ता भएका छन् । बुटवल उपमहानगरपालिका –११ स्थित सिर्जनानगरमा रहेको आफन्तको घरमा आएका दुई बालक तिनाउ नदीमा पौडी खेल्नेक्रममा हराएका थिए ।
कडा चट्टानले ड्रिलिङमा कठिनाइ
जमिनमुनि कडा चट्टान लागेपछि दैलेखको भैरवी गाउँपालिका –१ जलजलेमा पेट्रोलियम पदार्थको अन्बेषणका लागि गरिएको ड्रिलिङ कार्यमा कठिनाइ भएको छ ।
संविधान संशोधन गर्ने सहमति मान्दैनौँ : झलनाथ खनाल
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान संशोधन गर्ने काँग्रेस–एमालेबिचको सहमति मान्य नहुने चेतावनी दिनुभएको छ।
‘नयाँ पुस्ताले पुरानो पुस्ताको योगदान बिर्सनु हुँदैन’
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले नयाँ पुस्ताले पुराना पुस्ताको योगदानलाई बिर्सन नमिल्ने बताउनुभएको छ ।
एकीकृत स्वास्थ्य प्रणाली आवश्यक छ : स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि एकीकृत स्वास्थ्य प्रणाली विकास गर्न जरुरी रहेको बताउनुभएको छ।
सुशासनको प्रत्याभूति गराउनेतर्फ सरकार अग्रसर छ : पर्यटनमन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले भ्रष्टाचार न्यूनीकरण र सुशासनको प्रत्याभूति गराउनेतर्फ सरकार अग्रसर रहेको बताउनुभएको छ।
तिहारलक्षित सयपत्री फूल रोपिँदै
नेपालमा दसैँ, तिहारदेखि प्रेम दिवसलगायत विभिन्न चाडमा फूलको भरथेग गर्न धरानमा श्रमदान गरी सयपत्री फुल रोप्न थालिएको छ ।
कम्युनिस्ट सत्ता, भत्ता, पैसा र पदलाई नै साम्यवाद ठान्दछन् : उपेन्द्र यादव
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालका कम्युनिस्ट पार्टी सत्ताका लागि कल्पना नै गर्न नसकिने गरी गिर्ने गरेको टिप्पणी गर्नुभएको छ।
कला, साहित्यका लागि नेपाल ऊर्बर भूमि हो : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल साहित्यको उर्वर भूमि भएको बताउनुभएको छ।
‘देशको आवश्यकताले एमाले–कांग्रेस एक ठाउँमा’
नेकपा (एमाले) का सचिव पद्माकुमारी अर्यालले देशको आवश्यकताले एमाले र कांग्रेस एक ठाउँमा आएको बताउनुभएको छ ।
४५ करोडमा बन्दै छ गण्डकी प्रदेशसभा भवन
प्रदेश संरचना स्थापनाको सात वर्षपछि गण्डकी प्रदेशसभाको नयाँ भवन निर्माण प्रक्रियाअघि बढेको छ। सहरी विकास तथा भवन निर्माण कार्यालय कास्कीले बनाएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बमोजिम ४४ करोड ९९ लाख ६० हजार तीन सय ७६ रुपैयाँ लागतमा भवन बनाउन लागिएको हो।
झापामा ९२ प्रतिशत रोपाइँ
साउनको दोस्रो सातासम्ममा आइपुग्दा झापामा ९२ प्रतिशत भन्दा बढी धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ।