प्रधानमन्त्रीसँग नेपालका लागि दक्षिण कोरियाली राजदूतको शिष्टाचार भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले बुधबार शिष्टाचार भेट गर्नुभएको छ।
शिक्षक दुई सातादेखि सम्पर्कविहीन
जाजरकोटको कुसे गाउँपालिका–७ धनराशि गाउँका ३८ वर्षीय शिक्षक धनबहादुर शाही दुई सातादेखि नेपालगन्जबाट सम्पर्कविहीन हुनुभएको छ। शाही कुसे–७ स्थित जनता माध्यमिक विद्यालयमा अनुदान कोटामा कार्यरत नेपाली शिक्षक हुनुहुन्छ।
सतर्कता केन्द्रलाई कारबाहीको अधिकार दिनुपर्छ
राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कर्मचारीलाई अनुचित कार्यको कसुरमा कारबाही गर्ने अधिकार आफूलाई दिन माग गरेको छ।
युएई सर्यो महिला टी–२० विश्वकप
बङ्गलादेशको पछिल्लो राजनीतिक घटनाका कारण आइसिसी महिला टी–२० विश्वकप क्रिकेट संयुक्त अरब इमिरेट् (युएई) मा हुने भएको छ ।
बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा आविष्कार केन्द्रलाई
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा वैज्ञानिक महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ।
नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ। बुधबार नेप्से परिसूचक दुई दशमलव ११ अङ्कले बढेर दुई हजार नौ सय ६८ दशमलव ४४ को बिन्दुमा कायम भएको हो।
स्थानीय तहको उपनिर्वाचनमा रास्वपा सहभागी हुन्छ : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने बताउनुभएको छ।
भ्रष्टाचारसम्बन्धी विधेयक संसदबाट चाँडो पारित गर्नुपर्छ : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकलाई चाँडोभन्दा चाँडो संसदबाट पारित गर्नुपर्ने बताउनुभएको छ ।
बाढीले हुलाकी राजमार्ग अवरुद्ध
बाढीका कारण कैलालीमा हुलाकी राजमार्ग अवरुद्ध भएको छ । कैलारी गाउँपालिका –५ स्थित पुरानो मनिकापुर सडक खण्डमा राजमार्ग अवरुद्ध भएको हो ।
देशभर अविरल वर्षाले जनजीवन प्रभावित
बुधबार बिहानको रातिदेखि परेको अविरल वर्षाले देशभरको जनजीवन प्रभावित भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर अधिकांश ठाउँमा वर्षा भइरहेको छ।
सेवाग्राहीबाटै किन कुटिन्छन् स्वास्थ्यकर्मी ?
जीवन रक्षाका लागि आफ्नो कार्यक्षेत्रमा अहोरात्र खटिने हुँदा बिरामीले चिकित्सकलाई आधुनिक युगका भगवान् भनेर सम्मान गर्छन् । तथापि चिकित्सकले सेवा गर्दैगर्दा त्रुटि गरेमा दुर्व्यवहार पनि उत्तिकै हुन्छ ।
राजमार्ग र पालिकाको केन्द्र जोड्ने सडक अवरुद्ध
पूर्व पश्चिम राजमार्ग अन्तर्गत ज्यामिरे–मनहरी सडक खण्डबाट गाउँपालिकाको केन्द्र जाने सिम्पानी–सरिखेत सडक र मनहरी–चैनपुर सडक अविरल वर्षापछि आएको पहिरोले अवरुद्ध बनेको छ ।
लेक लागेर एक वर्षमा २१ जनाको मृत्यु
पदयात्राका लागि लोकप्रिय गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा गत आव २०८०/८१ मा २१ जना पर्यटकको लेक लागेर मृत्यु भएको छ ।
गुडिरहेको माइक्रोबसमा ढुङ्गा खस्दा दुईजना घाइते
चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा गुडिरहेको माइक्रोबसमा माथिबाट ढुङ्गा खस्दा दुईजना घाइते भएका छन् ।
संरक्षणको अभावमा लोप हुँदै थुन्से बुन्ने पेसा
रोशी गाउँपालिका–३ निङ्गालेका रणबहादुर तुम्सिङ मगरले जङ्गलमा पाइने निङ्गालोबाट चोया निकालेर थुन्से बुन्ने काम गर्दै आउनुभएको छ । विगत ५० वर्षदेखि कृषिसँगै थुन्से बुन्दै आउनुभएका मगरले यसको बिक्रीबाट मासिक रु ३० हजारसम्म आम्दानी गर्दै आउनुभएको हो ।
जहाज दुर्घटनामा ज्यान गुमाएकाको स्मृतिमा अक्षयकोष स्थापना
जहाज दुर्घटनामा ज्यान गुमाएका राजन र अनिसाको स्मृतिमा बालगृहमा अक्षयकोषको स्थापना गरिएको छ । पोखरा महानगरपालिका–२५ हेम्जाकी सीता सापकोटाले आफ्ना छोरा राजन साप्कोटा र बुहारी अनिसा साप्कोटाको स्मृतिमा अक्षय कोषको स्थापना गर्नुभएको हो।
पहिरो खस्दा नागढुङ्गा–नौबिसे सडकखण्ड अवरुद्ध
काठमाडौँ भित्रिने प्रमुख राजमार्ग नागढुङ्गानजिक पहिरो जाँदा दुईतर्फी आवत–जावत अवरुद्ध भएको छ । धादिङ जिल्लाको नागढुङ्गाबाट झण्डै दुईसय मिटर नौबिसेतर्फ पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।
खराब मौसमका कारण उडान प्रभावित
प्रतिकूल मौसमका कारण मुलुकभरका विमानस्थलमा उडान प्रभावित भएको छ । खराब मौसम तथा कम भिजिबिलिटीका कारण आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
मासिँदै मौलिक सम्पदा
ग्रामीण क्षेत्रमा जथाभाबी निर्माण भएका सडकले मौलिक सम्पदा मासिँदै गएका छन् । आधुनिक भौतिक संरचना तथा सडक निर्माण हुँदा गाउँका डाँडा, भन्ज्याङ, बाटो छेउमा रहेका चौतारा, धर्मशाला र देउराली मासिँदै गएका हुन् ।
राष्ट्रिय अर्थतन्त्रमा उद्योग क्षेत्रको योगदान बढाउँछौँ : मन्त्री भण्डारी
मुलुकमा औद्योगिक वातावरण सिर्जना, लगानी प्रवद्र्धन, आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापारको प्रवद्र्धन, सहजीकरण र नियम, औद्योगिक सम्पत्तिको संरक्षण र औद्योगिक पूर्वाधारको व्यवस्थालगायत मुख्य जिम्मेवारी पूरा गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय क्रियाशील हुँदै आइरहेको छ ।
राडिज्यूलाको सिँचाइ नहर सञ्चालन
रुकुमपश्चिमको आठबिसकोट नगरपालिकाको केन्द्र राडिज्यूलामा अबरुद्ध रहेको घट्टाखेत राडिज्यूला सिँचाइ नहर सञ्चालनमा आएको छ ।
गुणस्तरहीन दुध बिक्री
तानसेनमा सञ्चालित दुध डेरी पसलमध्ये ५० प्रतिशतले मापदण्ड विपरीतको दुध बिक्री गरेको पाइएको छ । तानसेनमा सञ्चालित १० वटा डेरी पसलमध्ये पाँच वटा पसलले गुणस्तर नपुगेको दुध बिक्री गरेको पाइएको हो ।
ताराखसे पोखरी बन्यो पर्यटकीय गन्तव्य
यहाँको रोशी गाउँपालिका–३ स्थित ताराखसे पोखरी पर्यटकीय गन्तव्य बनेको छ । स्थानीय सरकारले पोखरी वरपर भौतिक संरचना निर्माण गरेपछि लेकको शीरमा रहेको पोखरी हेर्न पर्यटक आउन थालेका छन् । स्थानीय गङ्गाबहादुर तामाङका अनुसार ताराखसे पोखरी हेर्न र घुम्नकै लागि पर्यटक आउन थालेका हुन् ।
भारतीय प्रधानमन्त्री मोदी बुधबार पोल्याण्ड प्रस्थान
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने पोल्यान्ड र युक्रेन भ्रमणका क्रममा बुधबार पोल्याण्डतर्फ प्रस्थान गर्नुभएको छ ।