• १२ पुस २०८१, शुक्रबार

पहिरो खस्दा नागढुङ्गा–नौबिसे सडकखण्ड अवरुद्ध

blog

नौबिसे सडक खण्डमा खसेको पहिरो । तस्विरः नेपाल प्रहरी

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ ५ गते । काठमाडौँ भित्रिने प्रमुख राजमार्ग नागढुङ्गानजिक पहिरो जाँदा दुईतर्फी आवत–जावत अवरुद्ध भएको छ । धादिङ जिल्लाको नागढुङ्गाबाट झण्डै दुईसय मिटर नौबिसेतर्फ पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

कार्यक्षेत्रमा खटिनुभएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) हेमराज थपलियाले गोरखापत्र अनलाइनसँग भन्नुभयो, “पहिरो खसेर दुवै तर्फबाट सवारी आवागमन अवरुद्ध भएको छ, ठुलो पानी परिरहेको छ । ढुङ्गा खस्नेक्रम जारी छ । सडक खुलाउन एक्स्काभेटर तयारी अवस्थामा राखिएको भए पनि काम गर्न सकिएको छैन । सडक पूर्ण रूपमा बन्द छ ।”

पानी रोकिएपछि सडक अवरुद्ध खुलाइने उहाँले बताउनुभयो । सो खण्डमा आवत–जावत अवरुद्ध भएपछि दुवैतर्फ अहिले सवारी साधनको लामो लाम भएको छ । पानी पर्नेक्रम जारी रहेकाले सुरक्षित रहन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।