कैलालीका बस्ती डुबानमा
कैलालीमा भारी वर्षाका कारण आएको बाढीले बस्ती डुबान परेको छ ।
सुनको मूल्यमा नयाँ कीर्तिमान
स्थानीय बजारमा आज सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । अन्तर्राष्ट्रिय बजारसमेतमा उकालो लागेको सुन आज प्रतितोला रु एक लाख ५३ हजार कायम भएको छ ।
नेपालगञ्ज–गुलरिया सडक निर्माणमा बजेट अभाव
नेपालगञ्ज–गुलरिया सडक स्तरोन्नतिमा बजेट अभाव भएपछि निर्माणको काम प्रभावित भएको छ ।
मकै र कोदो खेतीको विकल्पमा किवी
किवी खेतीमा संलग्न हुनुहुन्थेन भने बेनी नगरपालिका–३ भकिम्लीका ४१ वर्षीय लालबहादुर पुन यतिबेला युरोप, अमेरिका र खाडीका कुनै देशमा श्रम र पसिना बगाइरहेको हुनुहुन्थ्यो ।
कुवा सफा गर्ने क्रममा दुई जनाको मृत्यु
दाङमा कुवा सफा गर्ने क्रममा निसासिएर दुई जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँमा कुवा सफा गर्ने क्रममा बुधवार निसासिएर दुई जनाको मृत्यु भएको हो ।
इरानमा पाकिस्तानी तीर्थयात्री चढेको बस दुर्घटना हुँदा २८ जनाको मृत्यु
इराकमा शिया मुस्लिम धर्मावलम्बीको धार्मिक अनुष्ठानका लागि जाँदै गरेको बस दुर्घटना हुँदा कम्तीमा २८ जना पाकिस्तानी तीर्थयात्रीको मृत्यु भएको इरानको राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
साना पुँजीबाट धेरै उद्योग स्थापना गर्न युवालाई प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले साना साना पुँजीबाट उत्पादन वृद्धि हुने धेरै उद्योगहरू स्थापना र विस्तार गर्नुपर्ने बताउनुभएको छ ।
सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा
अविरल वर्षाले अवरुद्ध भएको सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।
दलित र जनजाति सङ्गठनद्वारा आज भारत बन्द
आरक्षणको विषयमा सर्वोच्च अदालतले गरेको निर्णयको विरोधमा बुधबार भारतका दलित र जनजाति सङ्गठनहरूले भारत बन्द आह्वान गरेका छन् । बन्द आह्वानलाई दलित सङ्गठनबाहेक विभिन्न राज्यका धेरै राजनीतिक दलले पनि समर्थन गरेका छन् ।
मापदण्ड विपरीत सेनेटरी प्याड खरिद
महिनावारी हुँदाको समयमा महिलाले लगाउने सेनेटरी प्याड गुणस्तरीय हुनु जरुरी हुन्छ । तर काभ्रेपलान्चोकमा रहेका स्थानीय तहले हरेक वर्ष पालिकाभित्र रहेका सामुदायिक विद्यालयका छात्राहरूका लागि खरिद गर्ने ‘सेनेटरी प्याड’मा समस्या देखिएको छ ।
हुम्लाको चङ्खेलीमा जिप दुर्घटना : पाँचजना गम्भीर घाइते
जिल्लाको दक्षिण भेगको चङ्खेली गाउँपालिकामा बुधबार बिहान बोलेरो जिप दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएका छन् ।
डेङ्गुबाट एकको मृत्यु, २४ मा सङ्क्रमण
पूर्वी नवलपरासीमा डेङ्गु रोगबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका –७ का ६४ वर्षीय पुरुषको बुटवल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
उपचारमा बिरामीको मृत्यु : दोषी चिकित्सकलाई कारबाही गर्न माग
भरतपुर अस्पतालमा उपचाररत महिलाको मृत्यु भएपछि आफन्तले चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै छानविन गर्न माग गरेका छन् ।
विद्युत सर्ट हुँदा पाँच लाख बराबरको क्षति
काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–४ आँगलमा विद्युत सर्ट भई आगलागी हुँदा पाँच लाख रुपियाँ बराबरको क्षति भएको छ ।
तरकारी खेती गरी सन्तानलाई इन्जिनियर र कृषि प्राविधिक
जलजला गाउँपालिका –६ सालिजाका बाबुराम रेग्मीले तरकारी खेती गरेर जेठो छोरालाई इन्जिनियर र कान्छोलाई कृषि प्राविधिक बनाउनुभएको छ ।
हास्यव्यङ्ग्यको पर्व गाईजात्रा
हँसाउने र व्यङ्ग्य गर्ने ‘पर्व’ गाईजात्रा । कार्टुनको पनि यही धर्म भएकाले दुवै एकअर्काका परिपूरक हुन् । यसका अतिरिक्त प्रहसन र व्यङ्ग्य साहित्यले पनि गाईजात्रालाई रोमाञ्चक र स्मरणीय बनाउँछन् । गाईजात्राको अवसरमा हास्य र प्रहसनको एक सटिक माध्यम बन्ने गरेको छ कार्टुन प्रस्तुति । एउटा कार्टुनले कैयौँ चोटिला शब्द बयान गर्न सक्ने भएर पनि होला गाईजात्राको अवसरमा यो जोडिएको । गाईजात्रामा हास्यकृति र प्रहसन कहिलेदेखि अभिन्न अङ्ग बन्न पुगे, यो बेग्लै अनुस
पाकिस्तानद्वारा ब्यालेस्टिक मिसाइल शाहिन–२ को प्रक्षेपणको प्रशिक्षण सञ्चालन
पाकिस्तानले मगलवार ब्यालेस्टिक मिसाइल शाहिन–२ को सफलतापूर्वक प्रक्षेपण गरेको सेनाले जनाएको छ ।
एक महिनामा एकसय ४३ जना पक्राउ
जिल्ला प्रहरी कार्यालय बाँकेले गत साउन महिनामा विभिन्न अपराधसम्बन्धी एकसय ४३ वटा मुद्दा दर्ता गरेको छ । विभिन्न मुद्दामा संलग्न ती अभियुक्तलाई पक्राउ गरी कानुनी दायरामा ल्याएको प्रहरीले जाएको छ ।
अमेरिकासँगको संयुक्त सैन्य अभ्यासको विरोधमा कोरियाली नागरिक समूह
दक्षिण कोरियाली शान्ति समूहहरूले संयुक्त राज्य अमेरिकासँग देशको संयुक्त सैन्य अभ्यासको विरूद्ध विरोध र्याली निकालेका छन् । जसले कोरियाली प्रायद्वीप र वरपर टकराव र युद्धको सङ्कट बढाएको छ ।
बेगनासतालमा सरसफाइ अभियान
पोखरामा कर्मचारी मिलन केन्द्रले सुरु गरेको प्राकृतिक तथा सांस्कृतिक सम्पदा सरसफाइ अभियानको दोस्रो शृङ्खला आज बेगनासतालको सरसफाइ गरेर सम्पन्न भएको छ ।
बङ्गलादेशी कपडा कारखानाले पुनः उत्पादन सुरु गर्यो
राजनीतिक उथलपुथलपछि बङ्गलादेशका कपडा र गार्मेन्ट कारखानाहरू विस्तारै सञ्चालनमा आएका छन् ।
मकैको चनाचटपटे बेचेर आत्मनिर्भर बन्दै
मकैबाट पनि चटपटे बनाइन्छ भन्दा आश्चर्य लाग्नसक्छ । देशका अधिकांश स्थानमा भुटेका चना, भुजा, चाउचाउलगायत खाद्यपदार्थ मिसाएर बनाइने चनाचटपटे मकैबाट पनि तयार गर्नसकिन्छ भन्ने सबैलाई थाहा छैन ।
पेस्तोलसहित एकजना पक्राउ
झापाको अर्जुनधारा नगरपालिका–४ दहिझोडाबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । प्रहरीले स्थानीय ६२ वर्षीय इन्द्रबहादुर आङ्देम्बेलाई मङ्गलबार राती कटुवा पेस्तोलसहित नियन्त्रणमा लिएको हो ।
२०८१ साल भदौ महिनाको राशिफल
मेष : पठनपाठनका साथै बौद्धिक क्रियाकलापमा अभिरुचि बढेर जाला । मानसिक प्रसन्नताका साथै शारीरिक आरोग्य अनुकूल रहने छ । भेटघाट, रमाइलो भ्रमणका साथै मनोञ्जनका अवसरसमेत मिल्ने छन् । आर्थिक पक्षका कार्यमा सफलता प्राप्त होला । दम्पतीमा सामान्य असमझदारी बढेर जान सक्ने सम्भावना रहेको छ । महिनाको उत्तरार्धमा काममा सफलता, विवादमा विजय तथा प्रतिस्पर्धामा सफलता प्राप्त हुने छ । धार्मिक एवं सामाजिक कार्यमा अभिरुचि लाग्ने छ । घरपरिवारमा धार्मिक कार्यको आयोजना होला ।