लोपोन्मुख माछा कोशीमा भेटियो
कोशीमा सङ्कटापन्न सूचीमा रहेको माछाको एक प्रजाति भेटिएको छ । कोशी नदीमा भेटिएको र आसपासका नदीमा पाइन सक्ने यो माछा नेपालका लागि नयाँ प्रजाति भएको पनि जनाइएको छ ।
बाँकेका तीन पालिकामा झाडापखाला र हैजाको प्रकोप
बाँकेका तीन पालिकाका केही स्थानमा झाडापखाला तथा हैजाजन्य रोगको प्रकोप देखिएको छ।
गाईजात्राका लाखे
पूर्वी पहाडी जिल्ला सङ्खुवासभाको सदरमुकाम खांदबारीमा नेवार समुदायले पितृको सम्झनामा निकालिएको गाईजात्रामा सहभागी लाखेहरु ।
संविधान संशोधन गर्ने काँग्रेस–एमाले सहमती मान्दैनौं : माधवकुमार नेपाल
प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधान संशोधन गर्ने काँग्रेस–एमालेको सहमतीमा शंका गर्ने ठाउँ रहेको बताउनुभएको छ ।
संविधान संशोधनका लागि सबै दललाई साथ लिएर अघि बढ्छौँ : देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनका लागि सबै राजनीतिक दलहरूलाई साथमा लिएर अघि बढ्ने बताउनुभएको छ ।
ताप्लेजुङ गोल्डकप : सलहेश युवा क्लब विजयी
अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा सिराहाको सलहेश युवा क्लब विजयी भएको छ । मङ्गलबार भएको खेलमा पाँचथर फुटबल क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै सिराहा विजयी भएको हो ।
‘कांग्रेसको चकचक गर्ने बानी छैन’
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस एमाले गठबन्धन साढे ३ वर्ष नै चल्ने दाबी गर्नुभएको छ। उहाँले गठबन्धनमा कुनै पनि उथलपुथल नहुने दाबी गर्नुभयो।
पहिराका कारण राष्ट्रिय राजमार्गका विभिन्न खण्ड अवरुद्ध
राष्ट्रिय राजमार्गका विभिन्न स्थानमा पहिरो जाँदा सवारीसाधन आवतजावतमा समस्या उत्पन्न भएको छ ।
साफ यु–२० फुटबल : नेपाल र बङ्गलादेश एक खेल अगावै सेमिफाइनलमा
नेपाल र बङ्गलादेश दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेका छन् ।
भियतनाममा बाढीका कारण बालबालिका विद्यालय जानबाट वञ्चित
उत्तरी भियतनाममा बाढी र पहिरोले घर र बाली नष्ट गरी यस क्षेत्रलाई अन्य समुदायसँग अलग्गाएपछि हजारौँ बालबालिकाहरू विद्यालयको पहुँचभन्दा टाढा हुन बाध्य भएको एक परोपकारी संस्थाले मङ्गलबार जनाएको छ ।
नेतृत्वले नराम्रा कामको पनि जिम्मेवारी लिनुपर्छ
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले देश र जनताका लागि अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभएको छ।
पहिरोले गोठ पुरिँदा एकको मृत्यु
अर्घाखाँचीको शितगंगा नगरपालिकाको भङ्गलामा पहिरोले गोठ पुरिँदा एकजनाको मृत्यु भएको छ । मङ्गलबार बिहान परेको अविरल वर्षाका कारण शितगंगा नगरपालिका वडा नम्बर–१३, सिमलपानीको भङ्गलामा गोठमाथिबाट खसेको पहिरोले पुरिँदा ३५ वर्षीय विष्णु थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।
सांसदबिचको असमानता हटाउन निर्वाचन प्रणाली संशोधन : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रतिनिधि सभाका सदस्यहरू भित्रको असमानता हटाउन नेपाली कांग्रेस र नेकपा (एमाले)बिच निर्वाचन प्रणाली संशोधन गर्ने सहमति भएको बताउनुभएको छ ।
बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा विक पक्राउ
ताप्लेजुङमा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । एक बालिकालाई विभिन्न प्रलोभन देखाई पटक–पटक करणी गरेको आरोपमा २७ वर्षीय वीरबहादुर विक पक्राउ परेका हुन् ।
शिक्षा र स्वास्थ्य महँगो भयो : नेता कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालको शिक्षा महँगो भएको बताउनुभएको छ ।मङ्गलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
सामुदायिक वन उपभोक्ताका भान्छामा विद्युतीय चुल्हो
कास्कीको रुपा गाउँपालिका-५ देउरालीकी ६२ वर्षीया अनिता श्रेष्ठ हिजोआज भान्छामा खाना पकाउन विद्युतीय चुल्हो प्रयोग गर्नुहुन्छ । दाउरा र सिलिन्डर ग्यास प्रयोग गर्दै आउनुभएकी उहाँले विद्युतीय चुल्होमा खाना पकाउन थाल्नुभएको हो ।
मेची राजमार्गको भञ्ज्याङ–राजदुवाली खण्डको वैकल्पिक मार्ग बन्ने
करोडौँ रुपियाँ खर्चँदा पनि सडक बग्ने क्रम नरोकिएपछि मेची राजमार्ग अन्तर्गत पर्ने इलामको माइखोला राजदुवाली माथिको सडक खण्डको वैकल्पिक सडक निर्माण हुने भएको छ ।
कोशी प्रदेश सभा बैठक भदौ १४ गते बस्ने
कोशी प्रदेश सभाको बैठक यही भदौ १४ गते बस्ने भएको छ । प्रदेश सभा सचिवालयले मङ्गलबार अपराह्न सूचना प्रकाशन गरेर बैठक बस्नेबारे जानकारी दिएको हो ।
४८ वर्षपछि घर फर्किनुभयो ढुण्डिराज
मोरङको तत्कालीन हसन्दह गाउँ पञ्चायत वडा नं.७ (हाल पथरीशनिश्चरे नपा–६ ) बाट ४८ वर्षदेखि सम्पर्कविहीन हुनुभएका ढुण्डिराज भट्टराई भदौ ३ गते घर प्रवेश गर्दा परिवारका हर्षका आँसु खसेका छन् ।
खोटाङमा धामी लडेर मृत्यु
खोटाङमा छौवा (पितृपुजा) गरेर फर्कने क्रममा धामी लडेर मृत्यु भएको छ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माका डिल्लीसेर राई मृत फेला परेका हुन् ।
महाकाली प्याखँ नृत्य बुधबारदेखि
महाकाली प्याखँ नृत्य बुधबारदेखिमध्यपुरथिमि नगरपालिका-७ नगदेशमा मौलिक महाकाली प्याखँ (नृत्य) पाँच वर्षपछि पहिलो पटक भोलिदेखि प्रदर्शन हुने भएको छ ।
लुम्बिनीका मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त
लुम्बिनी प्रदेशका मुख्यमन्त्री नियुक्त भएका चेतनारायण आचार्यले विश्वासको मत पाउनुभएको छ । मङ्गलबार बसेको लुम्बिनी प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल सकिएसँगै मत विभाजन गर्दा उहाँले ७० मत पाउनुभयो ।
बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा शिक्षक पक्राउ
एक बालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेपछि पाँचथर प्रहरीले एक जना शिक्षकलाई पक्राउ गरेको छ ।
सङ्घीयताबिना जनताको अधिकार सुनिश्चित नहुने
कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले सङ्घीयताबिना जनताका अधिकार सुनिश्चित नहुने बताउनुभएको छ । कर्णाली प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा आज सुर्खेतमा आयोजित समारोहमा उहाँले जनताको बलिदानबाट संविधान र सङ्घीयता प्राप्त भएको बताउनुभयो ।