सञ्चालन हुन सकेन विद्युत् सबस्टेसन
सर्लाहीको हरिपुर्वामा डेढ वर्षअघि निर्माण सम्पन्न भएको विद्युत् सबस्टेसन अझै सञ्चालन हुन सकेको छैन । नेपाल विद्युत् प्राधिकरणले जिल्लाको दक्षिणपूर्वी भेगमा विद्युत् आपूर्ति सहज बनाउने उद्देश्यले हरिपुर्वा नगरपालिका–२ मा निर्माण गरेको सबस्टेसन लामो समयदेखि अलपत्र परेको छ । सबस्टेसन सञ्चालनका लागि बारम्बार गरिएको प्रयास सफल हुन सकेको छैन ।
गुल्मीमा बरन्डाबाट लडेर एकको मृत्यु
गुल्मीमा घरको बरन्डाबाट लडेर एक जनाको मृत्यु भएको छ । यस जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर १, र्याले बस्ने अन्दाजी ३५ वर्षीय कमल कुमालको घरको बराण्डाबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
जङ्गल कटान गर्ने सहमति नजुट्दै जग्गाधनीद्वारा रोक
रुख कटान गर्ने सहमति हुन नसक्दा जङ्गल क्षेत्रमा सडक निर्माण गर्न नसकिरहेको मदन भण्डारी राजमार्ग आयोजनाको दमक कार्यालयविरुद्ध परेको मुद्दामा अदालतले जग्गाधनीको पक्षमा फैसला गरिदिएपछि अर्को समस्या थपिएको छ ।
उपमहानगरमा आर्थिक सङ्कट, वडालाई बजेट खर्चमा रोक
हेटौँडा उपमहानगरपालिका कार्यालयले वडा कार्यालयलाई चालु आर्थिक वर्षको बजेट खर्चमा रोक लगाएको छ । आव २०८१/८२ का लागि बजेट निर्माण भएर कार्यान्वयनमा आएको
दुर्घटनामा सर्केगाड गाउँपालिकाका उपाध्यक्ष कार्कीको निधन
सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको सवारी दुर्घटनामा निधन भएको छ । सुर्खेतबाट नेपालगन्ज जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको फोर्स गाडी सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ एमाले मोडमा दुर्घटना हुँदा उहाँ सख्त घाइते हुनुभएको थियो ।
स्थानीयको पीडा : कमलावारि बस्ती, पारि खेत
मधेशको जीवनरेखा भनिएर चिनिएको हुलाकी सडकमा पर्ने कमला नदीको पुल भासिएको तीन वर्षभन्दा बढी भएको छ । पुल निर्माण सम्पन्न भएर उद्घाटन हुने तिथि तोकिने समयमा पुल भासिएपछि स्थानीयले देखेका सुन्दर सपना चकनाचुर भयो । कमला नदीको वारि सिराहामा पूर्वतिर बस्ने बस्ती र पारि पश्चिम धनुषा जिल्लामा खेत रहेका किसानका व्यथा पीडादायी छ ।
पहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध
बर्दघाट सुस्तापूर्व नवलपुरमा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । जिल्लाको बौदिकाली गाउँपालिका–३ स्थित जन्तीपहिरोमा पहिरो खस्दा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।
नेवार समुदायमा जात्राको रौनक
सदियौँ पुराना पर्व र परम्परालाई यहाँका नेवार समुदायले निरन्तरता दिइरहेका छन् । जनैपूर्णिमाको भोलिपल्टदेखि ती समुदायमा भदोरै जात्राको रमझम सुरु हुन्छ ।
हटेन बालविवाह भएन कानुन पालना
बालविवाह न्यूनीकरणका लागि कर्णाली प्रदेशमा धेरै कार्यक्रम तथा अभियान थालिए पनि अवस्था भने ज्युँका त्युँ रहेको छ । झन् बर्सेनि बालविवाह बढिरहेको पाइएको छ । केन्द्रीय तथ्याङ्क विभाग नेपाल बहुसूचकाङ्क क्लस्टर सर्वेक्षण–२०७६ अनुसार बालविवाहको कुरूप तस्बिर सार्वजनिक गरिएको छ । पुरुष र महिला दुवैका लागि विवाह गर्न २० वर्ष उमेर पुग्नु पर्छ । उमेर नपुगी विवाह गर्नेको तथ्याङ्क कर्णालीमा डरलाग्दो छ । सर्वेक्षण अनुसार १५ वर्षमुनिका बालबालिकाको विवाह गर्ने सङ्ख्या नेपालभर ५.२ प्रतिशत रहेको छ । कर्णालीमा उक्त सङ्ख्या ८.४ प्रतिशत छ । नेपालभर १८ वर्षमुनि विवाह गर्ने बालबालिकाको सङ्ख्या २२.७ प्रतिशत छ भने कर्णालीमा ३४.६ प्रतिशत रहेको छ ।
समस्या समाधान गर्न कार्ययोजना माग
कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले जिल्ला अस्पताल रुकुमपश्चिमका समस्या समाधानबारे कार्ययोजना पेस गर्न निर्देशन दिएको छ । साउन ३१ को गोरखापत्र दैनिक र गोरखापत्र अनलाइनमा जिल्ला अस्पताल रुकुमपश्चिममा बिरामी बढेपछि त्रिपालमुनि उपचार गर्नुपर्ने बाध्यताका विषयमा समाचार प्रकाशन भएपछि मन्त्रालयले सो विषयमा चासो देखाएको छ । समाचार प्रकाशनपछि मन्त्रालयद्वारा समस्या समाधानका लागि अस्पतालसँग कार्ययोजना माग गरिएको हो ।
पूर्ण बजेट ल्याउन प्रक्रिया सुरु
प्रदेश सरकारले आवश्यक प्रक्रिया पूरा गरी छिट्टै पूर्ण बजेट ल्याउने तयारी गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाहले धनगढीस्थित मुख्यमन्त्री निवासमा पत्रकार सम्मेलन गरी उक्त जानकारी दिनुभएको हो । उहाँले प्रक्रियागत रूपमा चाँडै बजेट सार्वजनिक गर्ने स्पष्ट पार्नुभयो । तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले बजेट पारित गराउन नसकेपछि चालु आर्थिक वर्ष उधारोमा चलिरहेको छ । चालु आवको चालु र पुँजीगत खर्च हुन नसक्दा अर्थतन्त्र चलायमान बनाउन समस्या भइरहेको छ । सरकारले बजेटविहीनताको अवस्था चाँडै अन्त्य गर्ने भनाइ मुख्यमन्त्री शाहको छ । “आवश्यक प्रक्रिया पूरा गरेर छिटोभन्दा छिटो पूर्ण बजेट सार्वजनिक गर्छौं,” उहाँले भन्नुभयो, “बजेटका लागि सरकार तथा सत्तारूढ गठबन्धन दलहरूबाट केही आधार तय गरेका छौँ ।”
नदीमा माछा मार्दै
कञ्चनपुर, भदौ ४ गते । कञ्चनपुरको लालझाडी गाउँपालिकाको कञ्जका स्थानीय महिलाहरू जालको सहायताले दोदा नदीमा माछा मार्दै । तस्बिरः रासस
पेरीभारानी ताल
म्याग्दी, भदौ ४ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ मा रहेको पेरीभरानी ताल । पर्यटकीयस्थल घोडेपानीको सहायक गन्तव्य पेरीभारानी तालमा पूजाअर्चना गर्दा मनोकांक्षा पुरा हुने जनविश्वास छ । तस्बिरः रासस
लोकमार्ग निर्माणले खानेपानीमा समस्या
कास्कीको मादी गाउँपालिका र पोखरा महानगर खण्डमा मध्यपहाडी लोकमार्ग निर्माणका क्रममा खानेपानीको मुहान पुरिएको छ । पोखरा महानगरको साबिक लेखनाथ नगरपालिकामा खानेपानी आपूर्ति गर्दै आएको लेखनाथ खानेपानी उपभोक्ता संस्थाको मादी–७ को गिउजे खोलाको मुहान पुरिएको हो ।
पर्यटकको रोजाइमा निर्माणाधीन ‘बुङालुङ’ ढुङ्गे बगैँचा
झट्ट हेर्दा बालुवा र सिमेन्ट प्रयोग गरेर कालीगढले बनाएजस्तो देखिने सेतो रङका आकर्षक ढुङ्गाले ककनीडाँडा ढपक्कै ढाकिएको छ । प्राकृतिक रुपमै आकर्षक विभिन्न आकृति देखिने ढङ्गैढुङ्गाले बनेको ककनीडाँडा एक सय ६० रोपनी क्षेत्रफलमा फैलिएको छ ।
घोडेपानी सडक अवरुद्धः पर्यटक र स्थानीयलाई सास्ती
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक अवरुद्ध हुँदा पर्यटक र स्थानीयवासीलाई समस्या भएको छ । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट घार–खिवाङ–शिख–चित्रे सडकअन्तर्गत अन्नपूर्ण–५ घोप्टेखर्कमा पहिरोले सडक भत्काएपछि गत साउनदेखि घोडेपानीमा यातायात अवरुद्ध बनेको हो ।
आयातित जनैको भर
पछिल्लो समय गाउँमा जनै बाट्ने प्रचलन हराउन थालेको छ । हिन्दु धर्मावलम्बीले मात्र प्रयोग गर्ने जनै बनाउने प्रचलन कम हुँदै गएपछि बजारमा खरिद गरी प्रयोग गर्ने क्रम बढेको छ । जनैपूर्णिमाका लागि बजारबाट मेसिनले बाटेको जनै खरिद गरेर लगाउने गरिएको छ । कावासोतीका पण्डित नारायण भुसालले जनै घरमा नै तयार पार्ने प्रचलन हराउँदै गएपछि बाह्य उत्पादनको भर पर्नुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले घरमै धागो ल्याएर बाटोमा पनि बाट्दै हिडिन्थ्यो, अहिले कसैलाई फुर्सद नै छैन । अहिले बजारमा आयात गरिएका स्वदेशी/
एनपिएलको लोगो र मिति सार्वजनिक
नेपाल क्रिकेट सङ्घ (क्यान) ले सोमबार नेपाल प्रिमियर लिग (एनपिएल) को लोगो र मिति सार्वजनिक गरेको छ । नेपालको पहिलो आधिकारिक फ्रेन्चाइ क्रिकेट लिगका रूपमा रहेको एनपिएल त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्सिर १५ देखि पुस ६ गतेसम्म हुने छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले एनपिएलको लोगो सार्वजनिक गर्नुभयो ।
कर्णालीका सबै जोखिमयुक्त घरहरूको बिमा गर्दैछौँ : मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशका सबै जोखिमयुक्त घरहरूको बिमा गर्ने तयारीमा प्रदेश सरकार रहेको बताउनुभएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डोट्याली भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डोट्याली भाषा
मुख्यमन्त्री आचार्यलाई सात दलले विश्वासको मत दिँदै
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई सात वटा राजनीतिक दलले विश्वासको मत दिने भएका छन् । मुख्यमन्त्री आचार्यले मङ्गलबार विश्वास मत लिने तयारी गर्नुभएको छ । मङ्गलबार बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने तयारी भएको हो । उक्त प्रस्तावमाथि दलीय आधारमा प्रतिनिधिले पक्ष वा विपक्षमा धारणा व्यक्त गर्ने छन् । उक्त प्रस्तावमाथि मत विभाजन गरिने छ । नेकपा (एमाले) का सांसद आचार्य नेपाली कांग्रेसको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चाम्लिङ भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चाम्लिङ भाषा
खाना पकाउन अझै गुइँठाकै प्रयोग
सहरी क्षेत्रमा खाना पकाउन ग्यास, हिटर, इन्डक्सनको अत्यधिक प्रयोग भइरहे पनि ग्रामीण भेगमा भने अझै पनि धेरै ठाउँमा दाउरा र गुइँठा प्रयोग गरी खाना पकाउने गरिन्छ । बाँके र बर्दिया जिल्लाका कतिपय स्थानीय तहमा अझै पनि खाना पकाउन गाई, गोरु र भैँसीको गोबरबाट तयार हुने गुइँठा प्रयोग हुने गरेको छ । बाँकेको कोहलपुर नगरपालिका–१४ को ग्रामीण क्षेत्र चिडिमार बस्तीका स्थानीयले अझै पनि गोबरमा भुस, पराल मिसाएर घाममा सुकाएर बनाइएको गुइँठालाई नै इन्धनका रूपमा प्रयोग गर्ने गरेको स्थानीय ननकली चिडिमारले बताउनुभयो । उहाँले आर्थिक अवस्था कमजोर भएको र खाना पकाउने ग्यासको मूल्य महँगो हुँदै गएसँगै काठ दाउरासमेत पाउन समस्या भएपछि विकल्पका रूपमा गुइँठा प्रयोग गर्दै आएको बताउनुभयो ।
विमानस्थलको व्यवस्थापन
मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रहेको त्रिभुवन विमानस्थलको बढ्दो उडान चापलाई व्यवस्थापन गर्न कठिनाइ हुन थालेपछि थप अन्तर्राष्ट्रियस्तरका विमानस्थल निर्माण गर्नुपर्ने आवश्यकताबोध गरेर दुई वटा विमानस्थल निर्माण भइसकेका छन् । अर्बौं रुपियाँको लगानीमा निर्माण भएका भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित सेवा प्रारम्भ भएपछि त्रिभुवन विमानस्थलको चाप स्वतः कम हुने विश्वास गरिएको