खोकनामा रुद्रायणी जात्रा सुरु
काठमाडौँ उपत्यकाको नेवारी समुदायको चाडपर्वको केन्द्र मानिने खोकनामा रुद्रायणी जात्रा सुरु भएको छ । खोकनामा रहेकी रुद्रायणीलाई सिकाली चौरमा लगेर तान्त्रिक विधिअनुसार पूजा गर्ने चलन रहेको छ । खोकनाको मन्दिरमा पूर्णिमाको दिन (हिजो) विशेष पूजा गरेर रुद्रायणीलाई जात्राको लागि तयार गरिन्छ ।
तीन सय बढीलाई छात्रवृत्ति वितरण
यहाँको मन्थली नगरपालिका-१ सानी मदौका स्थानीय तेजप्रसाद सुवेदीले व्यक्तिगत खर्चमा जिल्लाका विभिन्न नौ वटा विद्यालयका तीन सय १२ जना गरिब तथा जेहेन्दार छात्राहरूलाई छात्रवृत्ति वितरण गर्नुभएको छ ।
नागरिकको गुनासो सुन्न कास्कीमा सुरु भयो क्युआर कोड
जिल्ला प्रशासन कार्यालय कास्कीमा पहिलोपल्ट क्युआर कोडसहितको अनलाइन सेवा सुरु भएको छ । उपभोक्ता अधिकार संरक्षणका लागि उजुरी, गुनासो र सुझावको सम्बोधन गर्न ‘कन्जुमर राइट’ नामक क्युआर कोडसहितको अनलाइन सेवा देशमै पहिलोपल्ट सुरु भएको हो ।
धनकुटामा गाईजात्रा (फोटो फिचर)
धनकुटामा मङ्गलबार गाईजात्रा मनाइएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा धनकुटामा पनि मनाइएको हो ।
क्रिकेटर सन्दीप बृज इन्टरनेशनलको ब्रान्ड एम्बेसडर
नेपाली राष्ट्रिय टोलीका क्रिकेट सन्दीप लामिछानेलाई बृज इन्टरनेशनल एजुकेशनल कन्सलटेन्सीले ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।
‘मोडिफाइड’ मोटरसाइकललाई कडाइ
जिल्ला प्रहरी कार्यालय गुल्मीले स्वरूप परिवर्तन (मोडिफाइड) गरिएका मोटरसाइकललाई कडाइ गरेको छ । स्थानीयको जनगुनासो आएसँगै जिल्ला प्रहरी कार्यालयले स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने र लापरबाहीपूर्ण तरिकाले तीव्र गतिमा चलाइएका मोटरसाइकललाई नियन्त्रणमा लिएको हो ।
लोप हुँदै हरेलो संस्कृति
कृषिमा प्राचीनकालदेखि चल्दै आएको शब्द हो ‘हरेलो’ । प्रत्येक वर्ष भदौ महिनाको पहिलो मङ्गलबार धान खेतीमा हरेलो गरेसँगै रोपाइँ गर्नु हुँदैन भन्ने प्राचीन जनविश्वास छ ।
गाजाबाट छ जना बन्धकको शव बरामद
इजरायली सेनाले आन्तरिक सुरक्षा निकाय शिन बेटसँगको संयुक्त कारबाहीमा गाजाको दक्षिणी क्षेत्र खान युनूसबाट छ जना बन्धकको शव बरामद गरिएको मङ्गलबार जनाएको छ ।
जापानमा सेप्टेम्बर २७ मा नयाँ प्रधानमन्त्रीको निर्वाचन गरिने
जापानको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीले नयाँ नेता चयन गर्ने तथा सेप्टेम्बर २७ मा प्रधानमन्त्री चयन गर्ने जनाएको छ ।
लमजुङमा थपिए दुई सय १८ उद्योग
लमजुङमा एक वर्षमा दुई सय १८ वटा नयाँ घरेलु उद्योग थपिएका छन् ।
यौनिक अल्पसङ्ख्यकको गाईजात्रा परेड (फोटो फिचर)
यौनिक अल्पसङ्ख्यक समूहले गाईजात्राको अवसरमा गाईजात्रा परेड प्रदर्शन गरेका छन् । मङ्गलबार यौनिक अल्पसङ्ख्यक समूहका सदस्यहरूले राजधानीमा गाईजात्रा परेड प्रदर्शन गरेका हुन् ।
सुनसरीमा चार महिनामा ४८ बलात्कारका घटना
सुनसरीको विभिन्न स्थानीय तहमा चार महिनामा ४८ वटा बलात्कारका घटना भएका छन् । गत वैशाखदेखि साउनसम्म जिल्लामा ६ देखि ५० वर्ष उमेर समूह बलात्कारको सिकार बनेको तथ्याङ्कले देखाएको छ ।
आइसिसी विश्वकप लिग–२ : क्यानडाको चौथो हार
क्यानडाले आइसिसी विश्वकप लिग–२ मा लगातार चौथो हार खेपेको छ । सोमबार राति भएको खेलमा क्यानडा अमेरिकासँग ५० रनले पराजित भयो ।
हस्तान्तरण नहुँदै उप्किएको रङ्गशालाको सेन्थेटिक ट्रयाकको छानबिन सुरु
नेपालगन्ज रङ्गशालामा करिब १० करोडको लागतमा निर्माण भएको सेन्थेटिक ट्रयाक हस्तान्तरण नहुँदै उप्किएपछि सो बारेमा राष्ट्रिय खेलकुद परिषद्ले उपसमिति गठन गरेर छानबिन सुरु गरेको छ ।
लुम्बिनीका मुख्यमन्त्री आचार्यले माग्नुभयो विश्वासको मत
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभा बैठकमा विश्वासको मत माग्नुभएको छ । चौथो अधिवेशनको २५ औँ बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत माग्नुभएको हो ।
यात्रुवाहक बसमाथि पहिरोसहितको ढुङ्गा खस्दा दुई जना घाइते
पोखराबाट जोमसोमका लागि छुटेको ग १ ख ७७१७ नम्बरको बसमाथि रघुगंगा गाउँपालिका–२ बैसरीमा पहिरो खस्दा दुई जना घाइते भएका छन् ।
५३९ स्थानीय तहमा पूर्ण विद्युतीकरण
नेपालका ७५३ स्थानीय तह (नगरपालिका र गाउँपालिका) मध्ये ५३९ स्थानीय तह सारभूत रूपमा पूर्ण विद्युतीकरण भएका छन् । १९६ स्थानीय तहमा आंशिक रूपमा विद्युतीकरण भएको छ ।
धानमा गवारो र डढुवा प्रकोप
झापाको कमल गाउँपालिकामा धानमा गवारो र डढुवाको प्रकोप देखिन थालेको छ । धान नफस्टाएपछि किसानहरूले धानको गाँज उखेलेर ल्याएर वडा कार्यालय तथा पालिकाको कृषि शाखामा देखाएर रोगको पहिचान र उपचारको बारेमा चासो राख्ने गरेका छन् ।
मंकीपक्सबाट कङ्गोमा ५७० जनाको मृत्यु
मंकीपक्सका कारण कंगोमा ५७० जनाको मृत्यु भएको छ । मंकीपक्स प्रकोपलाई महाद्वीपीय आपतकाल घोषणा गरिएको छ ।
समलिङ्गी विवाहलाई कानुनी मान्यता
पाल्पाका ३१ वर्षीय चिना कुमारी नेपाली र पूर्वी नवलपरासीका ३६ वर्षीय ज्योति सार्कीको समलिङ्गी विवाहले कानुनी मान्यता प्राप्त गरेको छ । पाल्पाको रामपुर नगरपालिका–९ नम्बर वडा कार्यालयमा विवाह दर्ता भएसँगै कानुनी मान्यता प्राप्त गरेको हो ।
फ्रेस हाउसमा कुहिएका माछामासु
पोखरा महानगरपालिकाले बजार अनुगमन सुरु गरेको छ । बजारमा मूल्य वृद्धि, मिसावट र जनस्वास्थ्यमा असर गर्ने गरी मासुजन्य तथा खाद्यन सामग्री बिक्री भइरहेको जनगुनासो आएपछि अनुगमन सुरु गरिएको महानगरले जनाएको छ ।
बेनीमा नागनागिनी नृत्य
म्याग्दीको बेनीमा नेवार समुदायले जनै पूर्णिमाको अवसरमा सापारु तथा नागानगिनी नृत्य देखाएका छन् । नेवार समुदायमा एक वर्षको अवधिमा स्वर्गारोहण भएका व्यक्तिहरूको दिवङ्गत आत्माको चीरशान्तिको कामनाका लागि सोमबार र मङ्गलबार दुई दिन सापारु तथा नागानगिनी नाच प्रदर्शन गरेका हुन् ।
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
म कृषि विज्ञ होइन, किसानको छोरा हुँ । सानो हुँदा कृषि गरेको हुँ । ठूलो हुँदा कृषि गर्न भ्याइँदै भ्याइएन । त्यसकारण म अहिले किसान पनि होइन तर मेरो रगतमा किसानको ‘जीन’ छ ।
हटेन अव्यवस्थित पार्किङ
कालीकोट जिल्लाको सदरमुकाम मान्म बजारमा पार्किङ सधैँ अस्तव्यस्त हुने गरेको छ । कर्णाली राजमार्ग जोडिएको जिरोप्वाईन्टदेखि भित्री बजारसम्म जहिले अस्तव्यस्त रूपमा गाडी पार्किङ गरी राखेको देखिन्छ ।