• २ माघ २०८१, बुधबार

सुनसरीमा चार महिनामा ४८ बलात्कारका घटना

blog

जयकृष्ण यादव
इनरुवा, भदौ ४ गते ।
 सुनसरीको विभिन्न स्थानीय तहमा चार महिनामा ४८ वटा बलात्कारका घटना भएका छन् । गत वैशाखदेखि साउनसम्म जिल्लामा ६ देखि ५० वर्ष उमेर समूह बलात्कारको सिकार बनेको तथ्याङ्कले देखाएको छ ।

प्रहरीले चार महिनाको अवधिमा सुनसरी जिल्ला अदालतमा दर्ता गराएको बलात्कार (जबरजस्ती करणी) शीर्षकमा ४८ वटा मुद्दा रहेको छ ।

सुनसरी जिल्ला अदालत डायरी शाखाका अनुसार चार महिनामा दर्ता भएको ४८ वटा बलात्कारको घटनामध्ये १५ जनालाई पुर्पक्ष का लागि कारागार चलानको आदेश भएको छ भने १२ वटा मुद्दामा धरौटी भएको छ । बाँकी मुद्दा प्रक्रियामा रहेको छ । यो तथ्याङ्क अनुसार सुनसरीमा मासिक १२ वटा बलात्कारको घटना भइरहेको देखिन्छ ।

विगतमा महिला हिंसाका घटनालाई गाउँघरमा ढाकछोप गर्ने चलन थियो । तर नेपाल प्रहरीले गरेको प्रयासको जागरूकताका कारण यस्तो उजुरी बढेको अधिकारकर्मी रमेश भट्टराईले बताउनुभयो ।