स्वास्थ्य बिमामा नागरिकको आकर्षण बढ्दै
जिल्लामा स्वास्थ्य बिमा प्रति नागरिक आकर्षण बढ्दै गएको छ । उपचारमा आफूले पैसा तिर्नुपर्ने भएपछि पछिल्लो समय नागरिक स्वास्थ्य बिमा प्रति आकर्षित हुँदै गएका हुन् ।
निजामती सेवासम्बन्धी संशोधन विधेयक सर्वसम्मतले पारित
प्रदेश सभा सदस्यको विरोधका बाबजुद सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबाट सर्वसम्मतले पारित भएको छ ।
अठेरीखोलामा आएको बाढीले मोटरसाइकल बगायो
निरन्तर वर्षा हुँदा मध्यविन्दु नगरपालिका वडा नम्बर ९ बसन्तपुरस्थित अठेरीखोलाको पुल भत्किदा खोला तर्ने क्रममा मोटरसाइकल बगाएको छ ।
जुम्लाको चन्दननाथ नगरपालिकामा १४ जना नगर प्रहरी
जुम्लाको चन्दननाथ नगरपालिकाले १४ जना नगर प्रहरी भर्ना गरेको छ । नगरले नगर प्रहरी सहायक निरीक्षक जङ्गबहादुर बुढासहित १४ जना नगर प्रहरी भर्ना गरेको हो ।
माङसेबुङ खानेपानी आयोजना अन्तिम चरणमा
इलामको माङसेबुङ गाउँपालिका–३ र ५ मा निर्माणाधीन बृहत माङसेबुङ लिफ्ट खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ । विगत तीन वर्षदेखि निर्माण सुरु भएको आयोजनाको ८४ प्रतिशत काम सम्पन्न भएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामका इञ्जिनियर सविन श्रेष्ठले जानकारी दिनुभयो ।
मगर भाषा र संस्कृति अध्ययन गर्दै मिस मगर
मगर जातिको भाषा, धर्म तथा कला संस्कृतिसम्बन्धी अध्ययन भ्रमण तथा अन्तरक्रिया कार्यक्रमका लागि मिस मगर नेपाल २०२४ का प्रतियोगीहरु स्याङ्जाको चित्रे पुगेका छन् ।
गोरखामा ५२९ जनामा डेंगु सङ्क्रमण, ११४ जनामा स्क्रबटाइफस
गोरखामा दुई महिनाको अवधिमा ५२९ जनामा डेंगु सङ्क्रमण देखिएको छ । अत्यधिक मात्रामा डेंगु सङ्क्रमण बढ्न थालेकाले असार र साउनमा मात्रै गोरखामा ५२९ जनामा डेंगु सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुख यामनाथ शर्माले जानकारी दिनुभयो ।
सरकार रोजगारीसहितको विकासको पक्षमा छ : अर्थमन्त्री पौडेल
उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्च व्यापार घाटा, सुस्त आर्थिक वृद्धि र विकास सहायताको घट्दो क्रमले विकासोन्मुख र अल्पविकसित देशहरू थप समस्यामा परेको बताउनुभएको छ ।
मैले सकेसम्म राम्रो गरेँ : बाइडेन
अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार सिकागोमा भएको पार्टीको अधिवेशनमा आफ्नो बलभुताले भ्याएसम्म देशका लागि सबै थोक दिएको भन्दै डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसलाई पार्टीको जिम्मेवारी हस्तान्तरण गर्नुभएको छ ।
सगरमाथा लोकमार्गमा फसेको बस
सगरमाथा लोकमार्गअन्तर्गत गाइघाट–दिक्तेल सडकखण्डमा यात्रुवाहक बस फसेको छ । बस रोकिएको ठाउँमा तलबाट पहिरो जाँदा बस जोखिममा परेको हो ।
प्रदीप गिरीले बालेको समाजवादको आलोक
बाँचिरहेको जिन्दगीका बेलामा कहीँकतै प्रदीप गिरीले भन्नुभएको थियो, “मृत्यु नै जीवनको अन्तिम पाना हो ।” यो जीवन र जगत्लाई जसरी प्रदीप गिरीले बुझ्नुभयो जिन्दगीलाई शास्त्रीय ऐनाबाट हेर्ने, जिउने र बुझ्नेहरू सायदै हुन्छन् यो संसारमा ।
पहिरोले घर पुरिँदा एकजना घाइते
अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोले बलेफी गाउँपालिका–४ कोलेमा एक घर पुरिएर पूर्णरुपमा क्षति भएको छ । साथै एक जना घाइते भएका छन् ।
फुङ्लिङमा धान नाच स्तम्भ निर्माण गरिँदै
ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा लिम्बू जातिको संस्कृति झल्कने धान नाच स्तम्भ (ताक्वाचङ तक्मा याराक्मा तेन) निर्माण गरिने भएको छ । सदरमुकाम फुङ्लिङको तोक्मेडाँडामा धान नाच स्तम्भ निर्माण गरिने भएको हो ।
म्याजिकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
कैलालीमा म्याजिकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । म्याजिकको ठक्करबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीका ४१ वर्षीय विश्राम चौधरीको मृत्यु भएको हो ।
सुरक्षित र व्यवस्थित सहर बनाउने काम भइरहेको छ : उपप्रधानमन्त्री सिंह
उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले सुरक्षित र व्यवस्थित सहर बनाउन सहरी विकास मन्त्रालयले काम गरिरहेको बताउनुभएको छ ।
दिवङ्गत आफन्तको सम्झनामा गाईजात्रा मनाइँदै (फोटो फिचर)
काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा धूमधामका साथ मनाइने पर्वमध्ये एक हो गाईजात्रा (सापारु) पर्व । यो नेपाली समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व हो । गाईजात्रा नेवार संस्कृतिबाट सुरु भएको हो ।
प्रतिकूल मौसमले उडान प्रभावित
प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार खराब मौसम तथा कम ‘भिजिबिलिटी’का कारण पोखरा र भरतपुर गन्तव्यमा उडान प्रभावित भएको हो ।
अध्यक्ष प्रचण्डद्वारा खेलाडीको बिदाइ
पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जापानमा हुने वादोरियो कराते डो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बिदाइ गर्नुभएको छ ।
खर्चको मापदण्ड विना नै तीन करोड खर्च
स्थानीय तहले सरकारी बजेट खर्च गर्दा आन्तरिक आयको परिधि,खर्चको मापदण्ड तयार गरी विविध खर्च गर्ने पाउने कानुनी प्रावधान भए पनि जिल्लाका स्थानीय तहले खर्चको मापदण्ड तयार नगरी करोडौँ रुपियाँ खर्च गर्ने गरेका छन् ।
तयारी विनै गेटामा इनडोर सेवा सुरु
नेपाल सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको बहुचर्चित कैलालीको गेटास्थित गेटा अस्पतालमा पूर्ण तयारी विनै इनडोर ( बिरामी भर्ना गरे) सेवा सुरु गरिएको पाइएको छ ।
मनै लोभ्याउने दामोदर कुण्ड (फोटो फिचर)
मुस्ताङको लो–घेकर दामोदर कुण्ड गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने प्रसिद्ध धार्मिक स्थल दामोदर कुण्ड धार्मिक र प्रकृतिको मनोरम सङ्गम स्थल हो ।
लुम्बिनी प्रदेश सभाको बैठक बस्दै
लुम्बिनी प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिने सम्बन्धी प्रस्तावित कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो ।
रामधुनीमा एक सय आठ धारा बनाइने
धार्मिक, पौराणिक एवं ऐतिहासिक धरोहरका रूपमा रहेको सुनसरीको रामधुनी मन्दिरमा १०८ धारा बनाउने भएको छ । रामधुनी मन्दिर व्यवस्थापन समितिको अगुवाइमा भएको सरोकारवालाको भेलाले मन्दिर परिसर क्षेत्रमा धारा बनाउने निर्णय गरेको हो ।
काँक्रो खेतीबाट मनग्य आम्दानी
सूर्योदय नगरपालिका–१२ का रमेश गड्तौलाले यस वर्ष पाँच रोपनी जग्गामा काँक्रो खेती गर्नुभयो । “याम सकिनै लाग्यो । अन्तिम टिपाइ भइसक्यो, यस वर्ष राम्रैगरी काँक्रा बिक्री भए”, उहाँले भन्नुभयो, “झापाको चारआली र बिर्तामोड पुर्याउँदा कम्तीमा प्रतिगोटा रु ३० देखि ९० सम्ममा बिक्री हुन्छ । वरपर अरू किसानबाट जम्मा गरेर पनि त्यहीँ मूल्य हामीले दियौँ ।”