• १० मंसिर २०८१, सोमबार

म्याजिकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

blog

अविनाश चौधरी
धनगढी, भदौ ४ गते । 
कैलालीमा म्याजिकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । म्याजिकको ठक्करबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीका ४१ वर्षीय विश्राम चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते उहाँको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । प्रदेश प्रहरी कार्यालयका अनुसार अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको म १ ज १६१ नम्बरको म्याजिकले विपरीत दिशातर्फ गइरहेको से ६ प ८४२३ नम्बरको

मोटरसाइकललाई छ लेन सडकस्थित गेटा मेडिकल कलेज अगाडि ठक्कर दिएको थियो । म्याजिकको ठक्करबाट मोटरसाइकल पछाडि सवार धनगढी उपमहानगरपालिका–२ मिलन चौक बस्ने ३९ वर्षको रामप्रसाद चौधरी घाइते हुनुभएको छ । उहाँको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी, म्याजिकमा सवार कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का ९ वर्षीया अविषा श्रेष्ठ र ५ वर्षीय आयन श्रेष्ठ घाइते भएका छन् । दुवै जनाको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ । म्याजिकसहित चालक कैलालीको गोदावरी नगरपालिका–१ बस्ने २७ वर्षीय प्रकाश बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।