चीनमा फुटबल पूर्वपदाधिकारीलाई भ्रष्टाचारको आरोपमा ११ वर्षको जेल सजाय
चीनको एक अदालतले सोमबार देशको फुटबल सङ्घका एक उच्च पूर्वपदाधिकारीलाई घूस लिएको अभियोगमा ११ वर्षको जेल सजाय सुनाएको छ ।
भारतमा थप दुई सय ५१ मेगावाट विद्युत् निर्यात हुने
नेपालले द्विपक्षीय सम्झौताअनुसार भारतका विहार र हरियाणा राज्यलाई थप दुई सय ५१ मेगावाट विद्युत् निर्यात गर्ने भएको छ ।
बगुबनमा आतङ्क मच्चाएको बाघ नियन्त्रणमा
नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा आतङ्क मच्चाएको बाघलाई नियन्त्रणमा लिइएको छ ।
वाम्बुले राईले मनाए ढ्वाङकुम
किरात राई वाम्बुले समुदायले आफ्नो महान् चाड ढ्वाङकुम भव्यताका साथ मनाएका छन् । हरेक वर्ष जनैपूर्णीको दिन मनाइने ढ्वाङकुम चाँड वाम्बुले राईहरूको बाहुल्यता भएको गाउँहरूमा भव्यताका साथ मनाएका हुन् ।
इन्टर कलेज इन्डोर क्रिकेटमा ३२ टोली
प्रथम उपत्यका व्यापी इन्टर कलेज इन्डोर क्रिकेट प्रतियोगिता भदौ ५ गतेदेखि ८ गतेसम्म काठमाडौँको चुनिखेलमा हुने भएको छ ।
साफ यु–२० फुटबल : भुटानमाथि भारतको कठिन जित
साबिक विजेता भारतले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिपमा भुटानमाथि कठिन जित निकालेको छ ।
जुम्ला कनकासुन्दरी-५ बालविवाहमुक्त घोषणा
जिल्लाको कनकासुन्दरी–५ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ । उपाध्यक्ष प्रेमकली बुढाका अनुसार कनकासुन्दरी गाउँपालिका ५ बालविवाह मुक्त भएको हो ।
यारी भन्सार कार्यालयको आम्दानीभन्दा खर्च दोब्बर बढी
उत्तरी सीमा क्षेत्र हिल्सास्थित यारी नाका भन्सार कार्यालयको वार्षिक आम्दानीभन्दा खर्च बढी हुने देखिएको छ । कर्मचारीको पारिश्रमिक र अन्य खर्च जोड्दा आम्दानीभन्दा बढी खर्च हुने देखिएको हो ।
'गेज रिडर'को पारिश्रमिक बढाउन माग
सुदूरपश्चिम प्रदेशमा कार्यरत गेज रिडर (जल सतह मापक) हरूको पारिश्रमिक बढाउन माग गरिएको छ । विश्व मानवीय दिवसको अवसर पारेर आज आयोजित एक कार्यक्रममा सरोकारवालाहरूले गेज रिडरहरुको पारिश्रमिक लगायत अन्य सेवा सुविधा बढाउन माग गरेका हुन् ।
हाइस पल्टिँदा ६ जना यात्रु घाइते
पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बाँके जङ्गलमा सोमबार बिहान इलेक्ट्रिक हाइस पल्टिँदा ६ जना यात्रु घाइते भएका छन् ।
राजनीतिक स्थिरता कायम गर्दै अर्थतन्त्रलाई चलायमान गर्नु सरकारको उद्देश्य : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले देशमा राजनीतिक स्थिरता दिँदै अर्थतन्त्रलाई चलायमान गर्नका लागि नेपाली कांग्रेस-नेकपा एमाले गठबन्धनको सरकार बनेको बताउनुभएको छ ।
एक पुरुषको हत्या आरोपमा दम्पती पक्राउ
रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–४ दम्दुका एक पुरुषको हत्या आरोपमा प्रहरीले सोही गाउँका एक दम्पतीलाई पक्राउ गरेको छ ।
पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु
पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । कावासोती नगरपालिका वडा नं. ३ मानचोकका सुरज विकका छोरा १३ वर्षीय शिशिरको साथीहरूसँग पौडी खेल्ने क्रममा स्थानीय हसौरा खोलामा डुबेर मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ ।
सिटीको विजयी सुरुवात
म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा विजयी सुरुवात गरेको छ । साबिक विजेता समेत रहेको सिटीले आइतबार राति भएको खेलमा चेल्सीलाई उसैको मैदानमा २–० गोलले हरायो ।
नेपालगन्ज म्याराथनको दशक उत्सव मङ्सिरमा
नेपालगन्ज म्याराथनको १०औँ संस्करण आउँदो मङ्सिर २२ गते आयोजना हुने भएको छ ।
विश्व फोटोग्राफी दिवस मनाइँदै
आज विश्व फोटोग्राफी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । प्रत्येक वर्ष अगस्ट १९ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।
प्रधानमन्त्री र महिला भलिबल खेलाडीबिच संवाद, कभर्डहल हामी बनाउँछौँ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षाबन्धनको दिन सोमबार बिहान करिब दुई घण्टा राष्ट्रिय महिला भलिबल टिमसँग बिताउनुभएको छ ।
राष्ट्रपतिद्वारा नवयज्ञोपवीत जनै एवम् रक्षा बन्धन ग्रहण
राष्ट्रपति रामचन्द्र पौडेलले महत्त्वपूर्ण सांस्कृतिक पर्व रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा वैदिक विधिअनुरूप नवयज्ञोपवित जनै एवम् रक्षा बन्धन ग्रहण गर्नुभएको छ।
परराष्ट्रमन्त्री डा. राणा र भारतीय विदेशमन्त्री जयशङ्करबिच भेटवार्ता
भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहनुभएकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र भारतीय समकक्षी विदेशमन्त्री एस जयशङ्करबिच नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।
बाँदर नियन्त्रणमा जुट्दै देवानगञ्ज गाउँपालिका
सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिकाले बाँदर नियन्त्रणको अभियान थालेको छ । देवानगञ्ज गाउँपालिका ३ र ४ कप्तानगञ्जका स्थानीय बासिन्दा बाँदरको उपद्रोले आजित भएपछि बाँदर नियन्त्रणका लागि गाउँपालिकाले नियन्त्रण अभियान थालेको हो ।
दलित समुदायद्वारा सामूहिक जनै धारण
तनहुँको दलित समुदायले पुरोहितबाट सामूहिक रक्षाबन्धन गर्नुका साथै जनै धारण गरेका छन् । वैदिक सनातन कर्मकाण्ड व्यास दलित पुरोहित समाजले दमौलीमा गरेको कार्यक्रममा रक्षाबन्धन गर्नुका साथै जनै धारण गरेका हुन् ।
भिरबाट लडेर एकको मृत्यु
रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका –२ बाँदरपानी गाउँमा रहेको ठुला भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
किसानलाई प्रोत्साहन रकम प्रदान
दाङमा ९६ लाख बढी रुपियाँ किसानलाई प्रतिफलमा आधारित प्रोत्साहन प्रदान गरिएको छ । आर्थिक वर्षमा २०८०–८१ मा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङले किसानलाई ९६ लाख २० हजार सातसय सात रुपियाँ किसानलाई प्रदान गरेको हो ।
बैठक र भ्रमण भत्तामा साढे दुई करोड खर्च
दैलेखको स्थानीय तहहरूले बैठक भत्ता र अनुगमन तथा भ्रमण भत्तामा साढे दुई करोडभन्दा बढी खर्च गरेका छन् । महालेखाले सार्वजनिक गरेको प्रतिबेदनअनुसार दैलेखका ११ स्थानीय तहले आर्थिक वर्ष २०७९–८० मा बैठक भत्ता, अनुगमन र भ्रमण शीर्षकमा दुई करोड ७३ लाख आठ हजार रुपियाँ खर्च गरेका हुन् ।