• ३ भदौ २०८१, सोमबार

परराष्ट्रमन्त्री डा. राणा र भारतीय विदेशमन्त्री जयशङ्करबिच भेटवार्ता

blog

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा भारतीय समकक्षी विदेशमन्त्री एस जयशङ्करसँग भेट गर्नुहुँदै । तस्बिर : परराष्ट्रमन्त्रीको सचिवालय

नयाँदिल्ली, भदौ ३ गते । भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहनुभएकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र भारतीय समकक्षी विदेशमन्त्री एस जयशङ्करबिच नयाँ दिल्लीमा भेटवार्ता भएको छ । 

सोमबार दिउँसो उहाँहरूबीच भेटवार्ता भएको हो । भारतीय विदेशमन्त्री एस जयशङ्करले मन्त्री डा.राणालाई स्वागत गर्नुभएको थियो । सो भेटका क्रममा उहाँहरुबीच द्विपक्षीय हित, नेपाल भारत सम्बन्धका विविध पक्ष, आपसी सहयोग आदानप्रदान र सहकार्यबारे छलफल भएको थियो ।  


भारतीय विदेशमन्त्री एस।जयशङ्करको निमन्त्रणामा मन्त्री डा. राणा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुग्नुभएको हो । यो उहाँ परराष्ट्रमन्त्री नियुक्त भएपछिको पहिलो विदेश भ्रमण हो । मन्त्री डा. राणा यही भदौ ६ गते स्वदेश फर्कनुहुनेछ ।