देशभर मनसुनी वायुको प्रभाव कायमै
हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
खुसी हुने कि दुःखी ?
हालै अस्ट्रेलियाले आफ्नो देशमा अध्ययन गर्न आउने नेपाललगायत विदेशी विद्यार्थीको प्रवेश अनुमतिपत्र (भिसा) मा कडाइ गर्न थालेको छ भन्ने समाचार प्रकाशमा आएको छ । नेपालबाट अस्ट्रेलिया पढ्न जान चाहने विद्यार्थीमध्ये गत वर्षको तुलनामा यस वर्ष आधाले पनि भिसा पाएनन् । अझ प्राविधिक विषयमा अध्ययन गर्नका लागि आवेदन दिने विद्यार्थीको अनुपात हेर्ने हो भने पहिलेको तुलनामा यो वर्ष निकै थोरैले मात्र यस्तो अनुमति प्राप्त गरे ।
गाईजात्राले शोकलाई शक्तिमा बदल्ने सन्देश दिएको छ : मन्त्री पाण्डे
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले गाईजात्राले शोकलाई शक्तिमा बदल्ने सन्देश दिएको बताउनुभएको छ।
भाद्रकृष्ण प्रतिपदा : गाईजात्रा पर्व मनाइँदै
प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ।
संविधान समीक्षाको समय
संविधान जारी भएको एक दशकको सन्निकट समयमा आइपुगेका छौँ । संविधानको समयानुकूल संशोधनको मुख्य एजेन्डासहित संसद्का दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले) बिचको सत्ता सहकार्यमा छन् । संशोधनको कार्यादेशतर्फ जानुपूर्व यसको सामयिक समीक्षा अनिवार्य छ । संविधान मुलुकको मूल कानुन, यसको जति धेरै समीक्षा, व्याख्या र चिन्तन गरिन्छ, त्यति धेरै संविधानप्रति स्पष्टता, यथार्थता र अपनत्व कायम हुन सक्छ । संविधान संशोधन त्यति धेरै जटिल
सबै पर्वको आदर र सम्मान गर्ने हाम्रो परम्परा हो : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रत्येक पर्वलाई आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको उल्लेख गर्नुभएको छ ।
गाईजात्राले विकृति र विसङ्गति उजागर गर्ने पर्व : सभामुख
सभामुख देवराज घिमिरेले गाईजात्रा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्ने पर्व भएको उल्लेख गर्नुभएको छ । गाईजात्राका अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले प्रहसनका माध्यमबाट सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन गर्ने चलन रहेको बताउनुभएको छ ।
श्रमबजारका परिदृश्य
उत्पादकत्व बढाई आर्थिक विकास गर्न श्रमशक्तिको मुख्य भूमिका रहन्छ । उत्पादन क्रियामा श्रमिक सक्रिय साधनसहित उपभोगकर्ता पनि हो । श्रमिक सबल भए आर्थिक पक्षको सबै पाटो सक्रिय हुन्छन् । विश्वमा श्रमिकको बेग्लै पहिचान भएकाले कार्लमाक्र्सको दास क्यापिटलमा श्रमिक उत्पादनका महत्वपूर्ण साधन हुन् भन्ने व्याख्या गरिएको पाइन्छ । कम्युनिजमको अवधारणा श्रमिकको भूमिकाबाट आएको हो । आर्थिक रूपान्तरणको बलियो र सक्रिय जीवित साधन श्रमिक भएकाले उत्पादन क्रिया गरी स्वआर्जन गर्न सक्रिय हुन्छन् भने श्रमदातासँगको सहमतिमा उत्पादनमुखी भूमिकामा क्रियाशील भएको पाइन्छ ।
बालन नाच ब्युँझाउँदै युवा
बालन नाच संरक्षणप्रति स्याङ्जा तथा पाल्पाका युवाले चासो राखेका छन् । विषेश गरी ब्राह्मण, क्षेत्री समाजमा बालन गाउने र त्यसको लयसँगै नाच्ने परम्परा धेरै पुरानो हो । यस नाचलाई ‘बाहुन नाच’ पनि भनिन्छ । केही वर्षयता बालन गाउने र नाच्ने चलनमा कमी आएको छ । पश्चिमा प्रभाव बढ्दै जाँदा यो नाच बिस्तारै लोप हुने अवस्थामा पुगेको छ ।
साधक रोचकको अभिनन्दन
साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरेलाई राजधानीमा सोमबार बृहत् अभिनन्दन गरिएको छ । नेपाल स्रष्टा समाजद्वारा आयोजित अभिनन्दनमा करिब एक सय साहित्यिक संस्था र साहित्यिक पत्रिकाले साहित्यकार तथा साहित्यिक पत्रकार घिमिरेको अभिनन्दन गरेका थिए ।
सहुलियत ऋण उपलब्ध गराउन माग
जनता समाजवादी पार्टी नेपालले कृषि र कृषिमा आधारित उद्योगहरू स्थापना र सञ्चालन गर्न सरकारले बैङ्कमार्फत ऋण उपलब्ध गराउन माग गरेको छ । जसपा नेपालको चार दिनसम्म चलेको केन्द्रीय समितिको बैठकले गरेको निर्णय सार्वजनिक गर्दै सो माग गरेको हो । कृषि उद्योग स्थापनाका साथै प्रविधि एवं अन्य आवश्यक सहुलियत प्रदान गर्न जसपाले माग गरेको छ ।
कुल आन्तरिक कर्जा ६.१ प्रतिशतले बढ्यो, निक्षेप परिचालन तेह्र प्रतिशतले वृद्धि
गत आर्थिक वर्ष २०८०/८१ मा कुल आन्तरिक कर्जा ६.१ प्रतिशतले बढेको छ । अघिल्लो आव उक्त कर्जा ८.८ प्रतिशतले बढेको थियो । नेपाल राष्ट्र बैङ्क आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको आव २०८०/८१ को वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार समीक्षा वर्षमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी ४.० प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो दाबी ३५.४ प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ६.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो दाबी ४.६ प्रतिशतले बढेको थियो ।
सात सय उद्यमीले स्टार्टअप उद्यम कर्जा पाउने
यो वर्ष सात सय उद्यमीले स्टार्टअप उद्यम कर्जा पाउने भएका छन् । सरकारले स्टार्टअप उद्यम कर्जाका लागि चालु आर्थिक वर्षको बजेटमार्फत एक अर्ब रुपियाँ विनियोजन गरेको छ । गत आवमा उद्यमीले न्यूनतम पाँच लाख रुपियाँदेखि २० लाख रुपियाँसम्म स्टार्टअप उद्यम कर्जा पाएका थिए । गत आव स्टार्टअप उद्यम कर्जाका लागि २५ करोड रकम विनियोजन गरेको थियो ।
कर्मचारीको परिभाषामा समेट्न माग
सङ्घ, प्रदेश र स्थानीय तीन वटै तहका कर्मचारीलाई निजामती कर्मचारीको परिभाषामा समेट्न टे«ड युनियनहरूले सरकारसँग माग गरेका छन् । २०७५ सालमा प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारी पनि निजामती कर्मचारी नै भएकाले सङ्घीय निजामती सेवा ऐनमा तीन वटै तहमा भएका कर्मचारीलाई परिभाषामा समेट्न माग गरिएको हो ।
पहिरोले इन्द्रावती नदी थुनिने खतरा
पाँचपोखरी थाङपाल गाउँपालिका–१ बाँसखर्कस्थित सल्लाघारीमा आएको सुक्खा पहिरोले इन्द्रावती नदी थुनिन सक्ने खतरा बढेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख सन्तोष खड्काका अनुसार नदीको केही भाग पहिरोले थुनिएको छ । सुक्खा पहिरो झरिरहेकै छ । नदी थुनिएर खोलिएमा बाढीको बहाव बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको एसपी खड्काले बताउनुभयो । सल्लाघारीको माथिल्लो क्षेत्र चर्किएकाले पहिरो जान सक्ने जोखिम छ । पहिरो गएमा इन्द्रावती नदी थुनिन सक्ने र नदी थुनिए मेलम्ची बजार उच्च जोखिममा पर्ने सक्ने देखिएको छ ।
विद्युत् निर्यात एक हजार मेगावाट नाघ्यो
नेपालले १० वर्षमा १० हजार मेगावाट विद्युत् भारत निर्यात गर्ने लक्ष्य लिएको पहिलो वर्ष नै यो आँकडा एक हजार मेगावाटभन्दा धेरै हुने भएको छ । नेपालले द्विपक्षीय सम्झौताबमोजिम भारतका विहार र हरियाणा राज्यलाई थप २५१ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएसँगै यस्तो सुनिश्चिता भएको हो । नेपालका लागि भारतीय दूतावासले नेपालबाट थप विद्युत् निर्यातका लागि स्वीकृति प्राप्त भएको जानकारी दिएको हो ।
खस्कियो विश्वमा मानवीयता
विश्वमा मानवीयता खस्कँदै गएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सोमबार विश्व मानवीय दिवसका सन्दर्भमा सङ्घले प्रकाशित गरेको तथ्यले विश्वमा मानवीयता खस्कँदै गएको देखाएको हो । विश्वका शक्तिमध्ये रुस र युक्रेन, इजरायल र गाजा, म्यानमार, मेक्सिको, इथियोपिया, सिरिया, यमन, अफगानिस्तान, सुडान र दक्षिण सुडान, कङ्गो, लिबिया, लेबनानलगायतका मुलुकमा आन्तरिक द्वन्द्व तथा द्विदेशीय युद्ध भइरहेका छन् । द्वन्द्वका कारण उत्पन्न अवस्था अन्त्य गर्न शक्ति राष्ट्रहरूले ध्यान नदिई शक्ति प्रदर्शनमा केन्द्रित रहेकामा राष्ट्रसङ्घले रोष प्रकट गरेको छ ।
रिपब्लिकनद्वारा बाइडेनविरुद्ध महाभियोग मुद्दा दर्ता
काङ्ग्रेसका रिपब्लिकनहरूले सोमबार अमेरिकी राष्ट्रपति जो बाइडेनको महाभियोगका लागि औपचारिक मुद्दा दर्ता गरेका छन् । रिपब्लिकनहरूले डेमोक्रेटिक नेसनल कन्भेन्सनको उद्घाटनको दिनको प्रयोग गर्दै राजनीतिक हमला सुरु गरेका छन् ।
बङ्गलादेश : युद्ध अपराधमा हसिनाविरुद्धको मुद्दामा अनुसन्धान
बङ्गलादेशी युद्ध अपराध न्यायाधिकरणले अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध तीन वटा ‘सामूहिक हत्या’ अनुसन्धान सुरु गरेको यसका अनुसन्धानकर्ताहरूले सोमबार बताएका छन् । हसिनाले नै उक्त न्यायाधिकरण गठन गर्नुभएको थियो ।
परराष्ट्रमन्त्री डा. राणाद्वारा भारतका प्रधानमन्त्री मोदीसँग भेटवार्ता
भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहनुभएका परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सोमबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नुभएको छ ।
धेरै देशमा गैर आवासीय नागरिकलाई पूर्ण दोहोरो नागरिकता प्रदान
बेलायतमा रहेका नेपालीहरूले विदेशमा रहेका नेपालीले नेपालमा कसरी नागरिकता प्राप्त गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेका छन् । वक्ताहरुले धेरै देशले गैर आवासीय नागरिकलाई पूर्ण दोहोरो नागरिकता प्रदान गरेको जानकारी दिनुभयो ।
वातावरणीय विकासमा द्वन्द्व, बालबालिका जोखिममा
सशस्त्र द्वन्द्वको अन्त्य भएको लामो समय भएपनि समाजमा वातावरणीय र विकासका द्वन्द्वहरु कायम रहेकाले बालबालिका र विद्यालय अझैपनि जोखिममा रहेका छन् ।
जलवायु परिवर्तनसँग सम्बन्धित तस्बिर प्रदर्शनी
ललितपुर, भदौ ३ गते । १ सय ८५ औँ विश्व फोटोग्राफी दिवसको अवसर पारेर राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) ले फोटो प्रदर्शनी गरेको छ । ललितपुरको मंगलबजारमा गरिएको एक दिने प्रदर्शनीमा जलवायु परिवर्तनसँग सम्बन्धित तस्बिरहरु राखिएको थियो ।ललितपुरका प्रमुख जिल्ला अधिकारी तुल्सीबहादुर श्रेष्ठले फोटो प्रदर्शनी उद्घाटन गर्नु भएको थियो । उहाँले कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै देशभरको हिमालको फोटो समेटेर जलवायु परिवर्तनले हिमालमा पारेको असरका विषयमा फोटोको माध्यमबाट उजागर गर्न खोज्नु राम्रो काम भएको बताउनुभयो । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पनि अवलोकन गर्नुभएको तस्बिर प्रदर्शनीमा ४० भन्दा बढी फोटो पत्रकारले खिचेका हिमालसँग सम्बधित तस्विरहरु राखिएको कार्यक्रम संयोजक तथा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालका कार्यवाहक महासचिव घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।
‘सरकारको काम पारदर्शी बनाउन सूचनाको हक आवश्यक’
उपराष्ट्रपति रामसहायप्रसाद यादवले सूचनाको हक कार्यान्वयनले सरकारको काम पारदर्शी बनाउन सहयोग गरेको बताउनुभएको छ । १८ औँ राष्ट्रिय सूचना दिवस विशेष समारोहमा सम्बोधन गर्दै आज उहाँले सो कुरा बताउनुभएको हो ।