• ३ भदौ २०८१, सोमबार

जलवायु परिवर्तनसँग सम्बन्धित तस्बिर प्रदर्शनी

blog

प्रदर्शनमा राखिएको तस्बिर अवलोकन गर्दै ज्येष्ठनागरिक । तस्बिर– मनोजरत्न शाही

ललितपुर, भदौ ३ गते ।  १ सय ८५ औँ विश्व फोटोग्राफी दिवसको अवसर पारेर राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) ले फोटो प्रदर्शनी गरेको छ । ललितपुरको मंगलबजारमा गरिएको एक दिने प्रदर्शनीमा जलवायु परिवर्तनसँग सम्बन्धित तस्बिरहरु राखिएको थियो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी तुल्सीबहादुर श्रेष्ठले फोटो प्रदर्शनी उद्घाटन गर्नु भएको थियो । उहाँले  कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै देशभरको हिमालको फोटो समेटेर जलवायु परिवर्तनले हिमालमा पारेको असरका विषयमा फोटोको माध्यमबाट  उजागर गर्न खोज्नु राम्रो काम भएको बताउनुभयो । 

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पनि अवलोकन गर्नुभएको तस्बिर प्रदर्शनीमा ४० भन्दा बढी फोटो पत्रकारले खिचेका हिमालसँग सम्बधित तस्विरहरु राखिएको कार्यक्रम संयोजक तथा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालका कार्यवाहक महासचिव घनश्याम श्रेष्ठले जानकारी दिनुभयो  ।


Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।