• १६ भदौ २०८१, आइतबार

गाईजात्राले शोकलाई शक्तिमा बदल्ने सन्देश दिएको छ : मन्त्री पाण्डे

blog

काठमाडौँ, भदौ ४ गते । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले गाईजात्राले शोकलाई शक्तिमा बदल्ने सन्देश दिएको बताउनुभएको छ।

सोमबार गाईजात्रा महोत्सव, सांस्कृतिक संस्थान (नाचघर) द्वारा आयोजित  गाईजात्रा महोत्सवमा बोल्दै उक्त कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, गाईजात्राले शोकलाई शक्तिमा बदल्ने  सन्देश दिएको छ। यो राजा जयस्थिती मल्लले सुरूवात गरेको भए पनि सबै कालखण्डमा उत्तिकै महत्त्वपूर्ण छ

मन्त्री पाण्डेले  सांस्कृतिक संस्थानले सृजनशील कार्यक्रम अघि बढाएको बताउनुभयो। उहाँले मुलुक भूगोलमा सानो भए पनि यहाँको विविधता भित्रको संस्कृतिमा छुट्टै विशेषताहरू रहेको बताउनुभयो। मन्त्री पाण्डेले यस संस्कृति भित्रको भित्रको जीवन्तता पुँजी भएको समेत प्रस्ट पार्नुभयो।