• ३ भदौ २०८१, सोमबार

दलित समुदायद्वारा सामूहिक जनै धारण

blog

व्यास नगरपालिका –३ देउरालीनगर, दमौलीमा गरेको सामुहिक रक्षा बन्धन कार्यक्रम । तस्बिरः अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, भदौ ३ गते । तनहुँको दलित समुदायले पुरोहितबाट सामूहिक रक्षाबन्धन गर्नुका साथै जनै धारण गरेका छन् । वैदिक सनातन कर्मकाण्ड व्यास दलित पुरोहित समाजले दमौलीमा गरेको कार्यक्रममा रक्षाबन्धन गर्नुका साथै जनै धारण गरेका हुन् ।

समाजमा जातीय विभेद कायम रहेकाले त्यसको अन्त्यका लागि आफ्नै पुरोहितबाट सामूहिक रक्षा बन्धन तथा जनै धारणा कार्यक्रम गरिएको दलित अगुवाहरूले बताएका छन् । 

जातीय विभेद छिचोल्न जनै धारणसहित जनै पूर्णिमाको अवसरमा सोमबार वैदिक विधिअनुसार रुद्री पाठ र ऋषितर्पणी पाठगरी जनै धारणसहित सामूहिक रक्षाबन्धन गरिएको अध्यक्ष पण्डित तिलक विश्वकर्माले बताउनुभयो ।

रक्षा बन्धन कार्यमा पूर्ण विश्वकर्मा घिमिरे, विश्ववुढा परियार, काजी परियार माधवबहादुर विश्वकर्मा र सूर्यबहादुर परियारलगायतका दलित समुदायका पुरोहितहरू खटिनुभएको थियो । समाजद्वारा व्यास नगरपालिका –३ अनसन चौतारीमा खुला रक्षाबन्धन कार्यक्रम आयोजना गरिएको थियो ।