• ३ भदौ २०८१, सोमबार

राष्ट्रपतिद्वारा नवयज्ञोपवीत जनै एवम् रक्षा बन्धन ग्रहण

blog

रक्षाबन्धन ग्रहण गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेल । तस्बिर सौजन्य : राष्ट्रपतिको सचिवालय

काठमाडौँ, भदौ ३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले महत्त्वपूर्ण सांस्कृतिक पर्व  रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा वैदिक विधिअनुरूप नवयज्ञोपवित जनै एवम्  रक्षा बन्धन ग्रहण गर्नुभएको छ।

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले पण्डित अर्जुनप्रसाद न्यौपानेबाट साइत अनुसार सोमबार दिउँसो जनै एवम् रक्षा बन्धन ग्रहण गर्नुभएको हो ।