• ३ भदौ २०८१, सोमबार

किसानलाई प्रोत्साहन रकम प्रदान

blog

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङको कार्यालय ।

लीलाधर वली

घोराही, भदौ ३ गते । दाङमा ९६ लाख बढी रुपियाँ किसानलाई प्रतिफलमा आधारित प्रोत्साहन प्रदान गरिएको छ । आर्थिक वर्षमा २०८०–८१ मा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङले किसानलाई ९६ लाख २० हजार सातसय सात रुपियाँ किसानलाई प्रदान गरेको हो । 

दुग्ध, खसी–बोका, बङ्गुर, माछा तथा अण्डा उत्पादन गर्ने किसानलाई उत्पादनमा  आधारित प्रोत्साहन रुपियाँ प्रदान गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी कृष्ण न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार किसानलाई सहकारीमार्फत उक्त रुपियाँ प्रदान गरिएको हो । 

जिल्लामा दुधमा प्रतिलिटर दुई रुपियाँ, खसी–बोकामा प्रतिकेजी २५ रुपियाँ, बङ्गुरमा प्रतिकेजी १५ रुपियाँ र अण्डामा हजारको दुईसय ५० रुपियाँ प्रदान गरिएको छ । किसानलाई उत्पादनको आधारमा प्रोत्साहन रुपियाँ प्रदान गर्दा कृषिमा लाग्न हौसला मिल्ने भन्दै सूचना अधिकारी न्यौपानेले भन्नुभयो, ‘किसानलाई प्रोत्साहन गर्न र नयाँ पुस्तालाई आकर्षित गर्न सहयोग पुग्नेछ ।’

जिल्लामा बाघमारे सहकारी लिमिटेडबाट ३४ हजार दुईसय ३२.६८ लिटरबापतको ६८ हजार चारसय ६४ रुपियाँ चार पैसा, किसान दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडमार्फत एक लाख चार हजार चारसय सात लिटर दुदबापत दुई लाख आठ हजार आठसय १४ रुपियाँ, निलकमल सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडबाट दुई लाख चार हजार तीनसय ९४.२५ लिटर दुदबापतको चार लाख आठ हजार सातसय ८८ रुपियाँ पाँच पैसा, दीप कृषि सहकारी संस्था लिमिटेडबाट एक लाख २४ हजार चारसय ८१ लिटर दुदबापत दुई लाख ४८ हजार नौ सय ६२ रुपियाँ गरी दुग्धमा नौ लाख ३५ हजार २९ रुपियाँ ९० पैसा प्रोत्साहन रुपियाँ प्रदान गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी न्यौपानेले जानकारी दिनुभयो ।  

उहाँका अनुसार खसी बोकातर्फ ज्यामिरे सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडबाट ११ हजार दुईसय २५ केजीको दुई लाख ८० हजार छसय २५ रुपियाँ, समुन्नति सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडबाट नौ हजार छसय ५९.६ केजीको दुई लाख ४१ हजार चारसय ९० रुपियाँ, कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडबाट ६६ हजार तीनसय ४१ केजीको १६ लाख ५८ हजार पाँचसय ५२ रुपियाँ प्रदान गरिएको छ । 

त्यसैगरी निलकमल सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडबाट १० हजार चारसय ११.६ केजीको दुई लाख ६० हजार दुईसय ९० रुपियाँ, दीपन सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडबाट ४४ हजार चारसय ६.९५ केजीको ११ लाख १० हजार एकसय ७३ रुपियाँ आठ पैसा, गाउँबेसी सहकारी संस्था लिमिटेडबाट १९ हजार एकसय ५९.१७ केजीको चार लाख ७८ हजार नौसय ७९ रुपियाँ तीन पैसा, सुधार सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको पाँच हजार आठसय ७७.८ केजीको एक लाख ४६ हजार नौसय ४५ रुपियाँ प्रोत्साहन रकम प्रदान गरिएको छ । 

सुधार सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडबाट ४३ हजार दुई सय ९९ केजीको बङ्गुरको ६ लाख ४९ हजार चारसय ८५ रुपियाँ, दीपन कुखुरा फर्मबाट चार लाख ९९ वटा अण्डाबाट एक लाख २४ हजार सातसय ५० रुपियाँ, खजाना एग्रो फार्मबाट ९७ लाख ७३ हजार आठसय २० वटा अण्डाबापत २४ लाख ४३ हजार चारसय ५५ रुपियाँ, न्यु स्वर्गद्वारी कृषि फर्मबाट ४५ हजार ६८ केजीको ६ लाख ७६ हजार २० रुपियाँ प्रोत्साहन रकम प्रदान गरिएको छ । 

निक मत्स्यपालनबाट १५ हजार चारसय २१ केजी माछाको दुई लाख ३१ हजार तीन सय १५ रुपियाँ, अस्ट्रेलियन बोयर गोट एण्ड मल्टी लाइभस्टक फर्मबाट १८ हजार चारसय २५ केजी माछाको दुई लाख ७६ हजार तीनसय ७५ रुपियाँ, आराशी कृषि माछा तथा पशुपन्छी फर्मबाट सात हजार एकसय ५० केजी माछाको एक लाख सात हजार २५ रुपियाँ प्रोत्साहन रकम प्रदान गरिएको कार्यालयले जनाएको छ ।