• ३ भदौ २०८१, सोमबार

सिटीको विजयी सुरुवात

blog

गोल गरेपछि खुसी मनाउँदै म्यानचेस्टर सिटीका खेलाडी ।

काठमाडौँ, साउन ३ गते । म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा विजयी सुरुवात गरेको छ । साबि विजेता समेत रहेको सिटीले आइतबार राति भएको खेलमा चेल्सीलाई उसैको मैदानमा २–० गोलले हरायो ।

सिटीको जितमा एर्लिङ हालान्ड र माटियो कोभासिसले गोल गर्नुभयो । सिसटीले पहिलो र दोस्रो हाफमा एक एक गोल गरेको हो । १८औँ मिनेटमा हालान्डले बर्नार्डो सिल्भाको पासमा गोल गर्दै सिटीको उत्साह थप्नुभयो ।

त्यसपछि ८४औँ मिनेटमा कोभासिसले गोल गर्दै सिटीलाई सजिलै जिताउनुभयो । सिजनको पहिलो जितसँगै सिटीले तीन अङ्क बनाएको छ । चेल्सीले हारबाट सिजनको सुरुवात गरेको छ । एजेन्सी