• ३ भदौ २०८१, सोमबार

पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

blog

बोमलाल गिरी

नवलपुर, भदौ ३ गते । पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । कावासोती नगरपालिका वडा नं. ३ मानचोकका सुरज विकका छोरा १३ वर्षीय शिशिरको साथीहरूसँग पौडी खेल्ने क्रममा स्थानीय हसौरा खोलामा डुबेर मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कावासोतीस्थित चिलाहा पुच्छरमा रहेको हसौरा खोलामा अन्य दुई जना साथीसहित पौडी खेल्न गएका थिए । खोलामा डुबेर बेपत्ता भएका उनलाई प्रहरीले खोजी गर्ने क्रममा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय वनलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।