• १४ पुस २०८१, आइतबार

धानमा गवारो र डढुवा प्रकोप

blog

रोगको पहिचानका लागि धानको गाँज लिएर कृषि शाखा किसान । तस्बिर : बिष्णुप्रसाद पोखरेल

बिष्णुप्रसाद पोखरेल
दमक, भदौ ४ गते ।
 झापाको कमल गाउँपालिकामा धानमा गवारो र डढुवाको प्रकोप देखिन थालेको छ । धान नफस्टाएपछि किसानहरूले धानको गाँज उखेलेर ल्याएर वडा कार्यालय तथा पालिकाको कृषि शाखामा देखाएर रोगको पहिचान र उपचारको बारेमा चासो राख्ने गरेका छन् ।

कमल गाउँपालिका वडा नं. ६ की कृषि प्राविधिक बबि कोइरालाका अनुसार धानमा गवारो र डढुवा धेरैमात्रामा देखिएको छ । यसका साथै माटोमा जिङ र पोटासको मात्र कर्मीले धानको गाँज नफस्टाउने समस्या पनि देखिएको उहाँले जनाउनुभयो । धान नफस्टाएपछि किसानहरू आएर समस्या समाधानको उपाय बताइदिन भन्ने गर्नु भएको छ, कोइरालाले भन्नुभयो ।

गाँज बढिरहेको बेलामा धानबालीमा गवारो र डढुवा बढेपछि पालिकाको कृषि शाखा र वार्ड कार्यालयमार्फत आवश्यक पर्ने परामर्शसहित औषधी एवम् विषादी उपलब्ध गराइने गरेको कोइरालाले जानकारी दिनुभयो । समयमा गवारो र डढुवा नियन्त्रणमा नलिँदा धान उत्पादन घट्ने अवस्था आउँछ ।

अधिकमात्रामा विषादी र रासायनिक मलका कारण माटोमा जिङ र पोटासका कमी भएर धान फस्टाउन नसकेको पनि भेटिएको कृषि प्राविधिकहरूले बताएका छन् ।