• १० मंसिर २०८१, सोमबार

आइसिसी विश्वकप लिग–२ : क्यानडाको चौथो हार

blog

काठमाडौँ, भदौ ४ गते । क्यानडाले आइसिसी विश्वकप लिग–२ मा लगातार चौथो हार खेपेको छ । सोमबार राति भएको खेलमा क्यानडा अमेरिकासँग ५० रनले पराजित भयो ।

क्यानडाले नरदरल्यान्ड र अमेरिका सम्मिलित सिरिजमा चार खेल गुमाएको हो । क्यानडा पहिलो खेलमा नेदरल्यान्ड्ससँग पाँच विकेट, दोस्रो खेलमा अमेरिकासँग १४ रन र तेस्रो खेलमा नेदल्यान्ड्सँग ६३ रनले पराजित भएको थियो । 

खेलमा पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ७६ रन बनाएको थियो । जितका लागि दुई सय ७७ रनको लक्ष्य पछ्याएको क्यानडा ४७ ओभरमा सबै विकेटको क्षतिमा दुई सय २५ रनमा समेटिएको थियो । यसअघि क्यानडाले अमेरिका र स्कटल्यान्ड सम्मिलित सिरिजमा चार खेले जितेको थियो । 

लिग–२ मा आठ खेल सकेको क्यानडा आठ अङ्कसहित तेस्रो स्थानमा छ । शीर्षस्थानमा रहेको नेदरल्यान्ड्सले सात खेलबाट १० अङ्क बनाएको छ । दोस्रो स्थानमा रहेको स्कटल्यान्डको सात खेलबाट ९ अङ्क छ । 

यस्तै चौथो स्थानमा रहेको नामिबियाको आठ अ‍ेलबाट आठ अङ्क, पाँचौँ स्थानमा रहेको अमेरिकाको तीन खेलबाट चार अङ्क, छैटौँ स्थानमा रहेको ओमानको चार खेलबाट तीन अङ्क, सातौँ स्थानमा रहेको नेपालको चार खेलबाट दुई अङ्क र अन्तिम तथा आठौँ स्थानमा रहेको संयुक्त अरब इमिरेट्स (युएई) ले तीन खेल सकेपनि अङ्क जोड्न सकेको छैन । 

विश्वकप लिग–२ अन्तर्गत नेपाल अहिले आगामी सेप्टेम्बरमा क्यानडामा हुने नेपाल, क्यानडा र ओमान सम्मिलित एक दिवसीय त्रिकोणात्मक सिरिजको तयारीका लागि भारतमा अभ्यास गरिरहेको छ । लिग–२ को शीर्ष चार टोलीले सन् २०२७ मा आयोजना हुने एक दिवसीय विश्वकप छनोटमा स्थान बनाउनेछन् ।