• ४ भदौ २०८१, मङ्गलबार

साफ यु–२० फुटबल : नेपाल र बङ्गलादेश एक खेल अगावै सेमिफाइनलमा

blog

बल खोस्ने प्रयास गर्दै बङ्गलादेश र श्रीलङ्काका खेलाडी । तस्बिर : एन्फा

काठमाडौँ, भदौ ४ गते । नेपाल र बङ्गलादेश दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेका छन् ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा सोमबार बङ्गलादेशले श्रीलङ्कालाई २-० गोलले हरायो । बङ्गलादेशको जितमा मिराजुल इस्लामले १८औँ र पिएश अहमद नोभाले खेलको अन्तिममा गोल गर्नुभयो । 

यस नजितासँगै समूह ‘ए’ बाट सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लागेको छ । बङ्गलादेशको जितसँगै आयोजक नेपाल र बङ्गलादेश एक खेल अगावै अन्तिम चारमा पुगेका हुन् । दुई खेल हारेको श्रीलङ्का प्रतियोगिताबाट बाहिरिएको छ । 

श्रीलङ्का पहिलो खेलमा नेपालसँग १–० गोलले पराजित भएको थियो । अब बिहीबार हुने नेपाल र बङ्गलादेशबिचको खेलले समूह विजेता टोलीको निर्क्योल गर्नेछ ।