• १३ मंसिर २०८१, बिहिबार

विद्युत सर्ट हुँदा पाँच लाख बराबरको क्षति

blog

केदार तिमल्सिना
बनेपा, भदौ ५ गते ।
काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–४ आँगलमा विद्युत सर्ट भई आगलागी हुँदा पाँच लाख रुपियाँ बराबरको क्षति भएको छ । बुधबार बिहान करिब ४ः१५ बजेको समयमा स्थानीय गोबिन्द सापकोटाको कच्ची गोठमा विद्युत सर्ट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

आगलागीबाट सापकोटाको गोठमा रहेको एउटा गाई जली मरेको छ भने गोठभित्र रहेको भुसा काट्ने मेसिन, मेसिनको मोटर, पराल, भुसा र गोठ जली नष्ट भएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी, स्थानीयवासी र बनेपा नगरपालिकाको मिनी दमकलको सहायताले बुधबार बिहान ५ बजेको समयमा आगलागी नियन्त्रणमा लिइएको हो । आगलागीबाट अन्दाजी पाँच लाख रुपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।