काठमाडौँ, वैशाख १६ गते । पर्वतारोहण प्रशिक्षक सङ्घका पूर्व अध्यक्ष एवं माउन्टेन गाइड लाक्पा शेर्पा सगरमाथा आधार शिविरमा बिरामी हुनु भयो तर उहाँलाई कम्पनीले हेलिकप्टर बोलाएको भन्दै करिब ६ घण्टा भन्दा बढी कुरायो, तत्काल उद्धार र उपचार नहुँदा उहाँ अहिले मुटुसम्बन्धी गम्भीर बिरामी पर्नु भएको छ । तर हेलिकप्टरलाई काठमाडौँबाट आधार शिविर पुग्ने समय बढीमा एक घण्टा हो ।
उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँलाई तत्काल उद्धार गरी उपचार पाएको भए मुटुको रक्त नलीमा खराबी हुने थिएन किनकि उहाँ धेरै चिसो ठाउँमा हुनुहुन्थ्यो । यो नेपालको हेलिकप्टर रेस्क्यूको एउटा ज्वलन्त उदाहरण मात्र हो ।
नेपाली सेनाका बाहेक निजी कम्पनीका करिब ३० वटा बढी हेलिकप्टर नेपालका आकाशमा उड्ने गर्छन् । यी कम्पनीहरूको प्रतिस्पर्धा र कमाऊ धन्दाले गर्दा उद्धार प्रयोजनमा उडेका हेलिकप्टरहरू उड्ने र बस्ने दुवै ठाउँमा यात्रु र सामाग्रीहरू खोजी गर्ने गर्छन् । यो तितो सत्य आम सेवाग्राही र बिरामीले भोग्नु परेको भन्दै सरकारले हेलिकप्टरको प्रयोग बारे गम्भीर भएर नियमन गर्नु पर्ने जरुरी भएको लाक्पा शेर्पाको माग छ । अव त यस्तो हुन थाल्यो की उद्धारका लागि उडेको हेली तोकिएकै समयमा पुगेर उद्धार गरेको तथ्य कमै मात्र पाइन थालेको छ ।
काठमाडौँबाट बिरामी लिन उडेको हेली लुक्ला, नाम्चे, एभरेस्ट होटेल, अनि पाङबोचे हुँदै ७ ठाउँमा अवतरण भएर आधार शिविर पुग्ने गरेकाे छ ।
रेस्क्यू भन्नसाथ आपत्कालीन उद्धार भनेर मानिन्छ तर पछिल्लो समय नेपालमा हेलिकप्टरको बढ्दो प्रयोगसँगै रेस्क्यू प्रयोजनमा उड्ने हेलिकप्टरले प्यासेन्जर र सामाग्री पुर्याउने गर्नाले प्रभावकारी उद्धार नहुने गरेको गुनासो पर्यटन व्यवसायीबाटै आएसँगै खुम्बु पासाङल्हामु गाउँपालिकाले सोमबार हेलिकप्टर उडान सम्बन्धि निर्देशन सहितको सूचना जारी गरेको छ ।
पालिकाका अध्यक्ष मिङमाछिरी शेर्पाले जनताबाटै गुनासो आएको र खुम्बु क्षेत्रमा हेलिकप्टरको प्रयोग माथि प्रश्न उठेपछि स्थानीय सरकारले नियमन थालेको उहाँले बताउनुभयो । हेलिकप्टर व्यवसाय बचाउन सरकारले सहयोग गरेको छ र गर्छ पनि तर उद्धार जस्तो संवेदनशील विषयमा खेलाँची गर्न नहुने उहाँ भन्नुहुन्छ ,। यो विषयमा हेली कम्पनी नै गम्भीर नभए भोली बिरामी तलमाथि भएमा ज्यान केस सम्म लाग्न सक्ने अवस्था सिर्जना नहोला भन्न सकिन्न ।
नेपाल भ्रमणमा आउने पर्यटकले रुस र युक्रेनको स्तरमा बिमा प्रिमियम बुझाउनु बाध्य छन् । यसले गर्दा पर्यटन व्यवसायमा प्रत्यक्ष असर परेको छ ।
काठमाडौँबाट बिरामी लिन उडेको हेली लुक्ला, नाम्चे, एभरेस्ट होटेल, अनि पाङबोचे हुँदै ७ ठाउँमा अवतरण भएर आधार शिविर पुग्नु पर्ने जरुरी नभएको र यो उद्धारका लागि आएको भन्ने पुष्टि नहुने गाउँपालिकाको तर्क छ । आधार शिविरबाट फर्केको हेली समेत सिधै काठमाडौँ जाँदैन त्यो पनि अर्को प्रश्न छ । नागरिक उड्डयन प्राधिकरण आफू नियमनकारी निकाय भन्ने गरे पनि कुनै पनि चासो देखाएको पाइँदैन । हेलिकप्टरले टावरमा समेत जानकारी नदिई उड्ने गरेको गुनासो एयर ट्राफिक कन्ट्रोलरहरूको छ ।
तत्काल हाइ लागेका पर्यटकको उद्धार नभएको भन्दै विदेशी बिमा कम्पनीहरूले पटक पटक प्रश्न उठाएर भुक्तानीमा समेत कडाइ गर्न पर्यटन व्यवसायी वाङछु शेर्पाले बताउनुभयो । फेक रेस्क्यू काण्ड अझै पनि बाँकी नै छ । यसको प्रभावले नेपाल भ्रमणमा आउने पर्यटकले रुस र युक्रेनको स्तरमा बिमा प्रिमियम बुझाउनु बाध्य छन् । यसले गर्दा पर्यटन व्यवसायमा प्रत्यक्ष असर परेको छ यसको नियमन राज्यले कडाइका साथ गर्नु पर्छ, हेलिकप्टर कम्पनीले पनि सचेत बनेर व्यवसायलाई दिगो बनाउनु जरुरी छ उहाँले भन्नुभयो ।
यता पर्यटक उद्धारमा हेलिकप्टर कम्पनीले गरेको बदमासी र उपचारका नाममा हेलिकप्टर कम्पनीकै सञ्चालकहरूले खोलेका अस्पतालमा पर्यटक माथि उपचारमा लुट मच्चाएको बारे सरकारले कुनै चासो देखाउने नगरेको गुनासो पर्यटकहरूको छ । पर्यटक प्रहरी, पर्यटन विभाग र आरोहण मौसममा खटिएका सम्पर्क अधिकृतहरूले यस्ता घटनामा नियमन गर्नु पर्ने देखिएको छ ।