• १६ वैशाख २०८१, आइतबार

सगरमाथा आरोहणका क्रममा तीनजना शेर्पा वेपत्ता

blog

हिमाल आरोहण गरिँदै । फाइल तस्बिर

काठमाडौं, चैत २९ गते । सगरमाथा आरोहणका क्रममा आज बुधबार बिहान हिमपहिरोमा परेर तीनजना शेर्पा वेपत्ता भएका छन् । 

क्याम्प एकभन्दा तल पाँच हजार ७ सय मिटरको खुम्बु आइसफलमा हिमपहिरोमा परी खुम्बु पासाङ गाउँपालिका ५ का दाछिरी शेर्पा, पेम्वा तेन्जिङ शेर्पा र लाक्पा रीता शेर्पा वेपत्ता भएको सगरमाथा आधार शिविरबाट लाक्पा शेर्पाले जानकारी दिनुभयो ।

उनीहरुको उद्धारका लागि सिम्रिक एयरको हेलिकप्टरबाट प्रयास गरिए पनि  हिउँ पहिराेबाट निकाल्न नसकिएको उद्धारकर्ता शेर्पाले बताउनुभयो । 

क्याम्प १ तर्फ जानेक्रममा एक्कासि हिमपहिरो आएपछि तीनै जना शेर्पा करिब ५० मिटर तल बगेर पुरिएपछि निकाल्न नसकिएको शेर्पाले जानकारी दिनुभयो । इमाजिन ट्रेक प्रालिबाट हिमाल आरोहणका लागि तीनै जना शेर्पाहरू गाइडको रूपमा चुचुरोतर्फ हिँडेका थिए ।

Author
छेटु शेर्पा

शेर्पा, पर्यटन र समसामयिक विषयमा रिर्पोटिङ गर्नुहुन्छ।