• ११ मंसिर २०८१, मङ्गलबार

जहाज दुर्घटनामा ज्यान गुमाएकाको स्मृतिमा अक्षयकोष स्थापना

blog

अक्षय कोषको लागि बालगृहकी आमा (सञ्चालिका) कमला पराजुलीलाई चेक हस्तान्तरण गर्नुहुँदै सीता साप्कोटा । तस्बिर : राधाकृष्ण डुम्रे ।

राधाकृष्ण डुम्रे

वालिङ, भदौ ५ गते । जहाज दुर्घटनामा ज्यान गुमाएका राजन र अनिसाको स्मृतिमा बालगृहमा अक्षयकोषको स्थापना गरिएको छ । पोखरा महानगरपालिका–२५ हेम्जाकी सीता सापकोटाले आफ्ना छोरा राजन साप्कोटा र बुहारी अनिसा साप्कोटाको स्मृतिमा अक्षय कोषको स्थापना गर्नुभएको हो। 

स्याङ्जाको फेदीखोलामा रहेको अमोर सेवा नेपालको बालगृहमा एक लाख ११ हजार १११ को अक्षय कोषको स्थापना गर्नुभएको हो । सीताले बालगृहमा रहेका बालबालिकाहरूको पढाईलाई सहयोग पुर्‍याउने उद्देश्यले अक्षयकोषको स्थापना गरेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “बालगृहमा अभिभावकविहीन नानीबाबु छन् उनीहरूको शिक्षामा सहयोग पुगोस् भनेर कोषको स्थापना गरेकी हुँ ।”

बालगृहमा ३४ जना बालबालिकाले आश्रय लिएर बसेका गृहकी आमा कमला पराजुलीले बताउनुभयो । विभिन्न व्यक्ति र सङ्घ संस्थाको सहयोगमा आफूले काम गर्दै आइरहेको उहाँको भनाइ छ । 

२०७९ साल माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर राजन र अनिसाको मृत्यु भएको थियो ।