उत्पादन मूल्य आफैँ तोक्दा किसानलाई राहत
वर्षाले पहाडका ग्रामीण सडक भत्केपछि तरकारीको ढुवानी खर्च बढेको भन्दै व्यापारीले तरकारीको मूल्य जथाभावी बढाएका छन् । आफैँ तरकारी उत्पादन गरेर बिक्री गर्ने किसानले भने राम्रो मूल्यमा तरकारी बिक्री गर्न पाएका छन् ।
४५ दिनदेखि सुकेटारमा उडान ठप्प
ताप्लेजुङको सुकेटार विमानस्थलमा ४५ दिनदेखि उडान ठप्प भएको छ । प्रतिकूल मौसमका कारण सुकेटारमा एक मात्र नेपाल वायु सेवा निगमको उडान ठप्प भएको हो ।
विवादले घर भत्काउन ढिलाइ
तनहुँको सदरमुकाम दमौलीमा सडक केन्द्रविन्दुबारे विवाद हुँदा घर भत्काउन ढिलाइ भएपछि विस्तारका क्रममा रहेको पृथ्वी राजमार्गको मुग्लिङ–पोखरा खण्डको काम प्रभावित भएको छ । राजमार्गको काम अन्यन्त्र धमाधम भइरहेको छ । दमौलीमा भने अधिकांशले सडक सीमाभित्रको घर नभत्काउँदा सडक विस्तार हुन सकेको छैन ।
पृथ्वी राजमार्ग अवरोध कायमै
पृथ्वीराज मार्गको दमौली–डुम्रे खण्डको अवरोध तत्काल नहट्ने भएको छ । अविरल वर्षाले गर्दा तनहुँको व्यास नगरपालिका–१२ घाँसी कुवा बुधवार खसेको पहिरो हटाउन समय लाग्ने भएकोले वैकल्पिक दुई वटा मार्गको प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।
राष्ट्रिय परिचयपत्रका लागि भिड
सर्लाहीमा जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउने सेवाग्राहीको सङ्ख्या घट्न सकेको छैन ।
भैँसीगोठमा मरेकाे बाघ फेला पर्याे
पश्चिम मकवानपुरको मनहरिमा बिहीबार बिहान गोठमा बाघ मृत अवस्थामा फेला परेको छ । ३ बजेको समयमा मनहरी गाउँपालिका वडा नं.६ प्रतापपुर स्थित बल बहादुर राईको गोठमा बाघ मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
नगरप्रमुखकै घरमा चलाइयो डोजर
लामो समयदेखि सडक क्षेत्रमा परेको जग्गाको मुआब्जा पाएर पनि संरचना हटाउन स्थानीयले नमानेपछि नगरप्रमुखले आफ्नै घरमा डोजर चलाएर सडक विस्तार सुरु गर्नुभएको छ । लमही–कोइलाबास सडकखण्ड अन्तर्गत लमही नगरपालिका क्षेत्रको दायाँबायाँ दुवैतर्फ फराकिलो बनाउन काम सुरु गरिएको हो । लमही नगरपालिकाका नगरप्रमुख जोगराज चौधरीको आफ्नो घर पनि सडक क्षेत्रमा पर्ने भएकाले स्थानीयमा सकारात्मक सन्देश दिने उद्देश्यले आफूले आफ्नो घरमा डोजर लगाएको बताउनुभयो ।
सभा हल निर्माणको काम अन्तिम चरणमा
दाङको लमहीमा निर्माणाधीन सभा हलको काम अन्तिम चरणमा पुगेको छ । एकीकृत सहरी पूर्वाधार कार्यक्रम अन्तर्गत लमही नगरपालिका–५, रातोडाँडामा निर्माण हुन थालेको सभा हलको ‘स्ट्रक्चर’ निर्माणको काम सकिएको हो । एकीकृत सहरी पूर्वाधार कार्यक्रम अन्तर्गत भ्याटसहित करिब ३३ करोड २१ लाख ५३ हजार ८०१ रुपियाँमा लमहीमा सभा हल निर्माण भएको हो । धार्मिक एवं पर्यटकीय क्षेत्र रिहारमा पूर्वाधार निर्माण, जखेरा ताल सुधार र दामोदर सडक एवं नाला निर्माणको काम भइरहेको सघन सहरी तथा भवन निर्माण आयोजना दाङका प्रमुख खड्ग चौधरीले जानकारी दिनुभएको छ । कार्यालय प्रमुख चौधरीका अनुसार सभा हलको स्ट्रक्चर निर्माणको काम सकिएर अहिले ‘फिनिसिङ’ को काम भइरहेको छ । त्यसपछि टपमा ट्रस्ट राख्ने, सभा हलमा सिट राख्ने, रङरोगन, विद्युतीय जडानको कामसँगै सभा हल
विषादीका कारण पन्ध्र कट्ठाको धान बाली नष्ट
सुनसरीको प्रकाशपुरका एक किसानले धान बालीमा आएको झार मार्ने विषादी प्रयोग गर्दा पन्ध्र कट्ठाको धान बाली सुकेर गएको छ । वराहक्षेत्र १० प्रकाशपुर तमुटोलका सन्त उरावले एक हप्ताअगाडि धान बालीमा आएको झार मार्न प्रयोग गरेको विषादीकै कारण पन्ध्र कट्ठाको धान खेत नष्ट भएको हो ।
ज्येष्ठ नागरिकका लागि आश्रममा मनोमञ्जन पार्क
जेष्ठ नागरिकलाई लक्षित गरी हेटौँडामा ज्येष्ठ नागरिक मनोमञ्जन पार्क निर्माण हुने भएको छ । हेटौँडा उपमहानगरपालिका–९ स्थित मानवसेवा आश्रमको मुख्य कार्यालय परिसरमा ज्येष्ठ नागरिक मनोमञ्जन पार्क निर्माणाधीन अवस्थामा छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित उर्दु भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित उर्दु भाषा
रुकुमकोटकाे कमल दह
रुकुम पूर्व, भदौ ६ गते । रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ स्थित रुकुमकोटमा अवस्थित कमल दह । तस्बिर ः रासस
रुकुम पूर्वको तकसेरा गाउँ
रुकुम पूर्व, भदौ ६ गते । रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–१० स्थित गाउँपालिकाको केन्द्र तकसेरा गाउँ । तस्बिर ः रासस
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ह्योल्मो भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ह्योल्मो भाषा
जोखिम मोलेर विद्यालय जान्छन् चुरेका बालबालिका
चुरे गाउँपालिका–४ भएर बग्ने कालेखोलामा पुल नहुँदा यहाँका स्कुले बालबालिका जोखिम मोलेर विद्यालय जान बाध्य छन् । वर्षायाममा उनीहरू जोखिमपूर्ण यात्रा गरेर जगातिस्थित समैजी आधारभूत विद्यालय जान बाध्य छन् ।
सङ्कटमा गङ्गापूर्ण हिमताल
अन्नपूर्ण चक्रीय पदमार्गको गन्तव्यका रूपमा रहेको मनाङको गङ्गापूर्ण हिमतालको अस्तित्व सङ्कटमा परेको छ । पछिल्लो समय उक्त हिमतालको स्वरूप नै खलबलिएको छ भने बर्सेनि ताल पुरिने क्रम बढ्दो छ । जलाधार संरक्षण र पर्यावरणीय सन्तुलनका लागि गङ्गापूर्ण हिमताल जोगाउनु पर्छ । अस्तित्व सङ्कटबाट गुज्रिरहेको गङ्गापूर्ण हिमताल जोगाउने योजना बजेट अभावमा अलपत्र परेको छ । एकातिर हिमनदीको कटान, अर्कातिर माटोको लेदो र गेग्य्रान थुप्रिँदा तालको सौन्दर्य खस्किरहेको छ ।
गल्छी–रसुवागढी सडक अवरुद्ध
सडकमा ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण गल्छी–रसुवागढी सडकमा यातायात सञ्चालन बन्द भएको छ ।
पालिकालाई सुगम बनाउने प्रयासमा छौँ
बागलुङ जिल्लाका साबिकका तीन गाउँ विकास समिति बोङ्गादोभान, तमान र खुङ्गखानी समावेश गरेर बनाइएको तमानखोला गाउँपालिकामा हाल छ वटा वडा छन् । यहाँ भौगोलिक रूपमा दुर्गम र विकट बस्ती छन् । यहाँ सडक विस्तार, शिक्षा, स्वास्थ्य र खानेपानीका क्षेत्रको विकासका लागि उल्लेख्य प्रयास भएको छ । दलित र जनजाति समुदायको बाहुल्य रहेको यहाँ जोकलाल बुढामगर गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभयो । अध्यक्ष बुढामगरसँग गोरखापत्रका बेनी समाचारदाता ठाकुरप्रसाद आचार्यले गर्नुभएको कुराकानी : पालिकामा के कति काम भएको छ ?
सर्भर डाउन हुँदा भुक्तानी अवरुद्ध
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रको महसुल बुझ्ने अनलाइन (सेन्ट्रल सर्भर) सिस्टम बिग्रँदा महसुल बुझ्ने काम स्थगित गरिएको छ । करिब ९४ प्रतिशत विद्युतीकरण भएको यस जिल्लाका ग्राहकले नियमित शुल्क तिर्ने गरेका छन् । आइतबारदेखि महसुल बुझ्ने काम स्थगित गरिएको कार्यालय प्रमुख रमेश अवस्थीले बताउनुभयो । उहाँका अनुसार डाउन भएको सर्भर बनाउन काठमाडौँ पठाइएको छ । महसुल बुझ्न अनलाइन सर्भरका लागि सिपियु उपकरण आवश्यक हुन्छ ।
कैलालीमा बाढी घटेन, जनजीवन थप कष्टकर बन्दै
कैलालीको नदीमा पानीको बहाव नघटेपछि डुबान प्रभावित क्षेत्रको जनजीवन थप कष्टकर बनेको छ ।
लोमान्थाङका दुई सय १० परिवारलाई विद्युतीय चुलो वितरण
मुस्ताङको लोमान्थाङ गाउँपालिकाको दुईवटा वडाका बासिन्दालाई विद्युतीय चुलो वितरण गरिएको छ । दाउरा र ग्यासको खपत घटाएर जलवायु परिवर्तनका असर न्यूनीकरण तथा वातावरण संरक्षणका लागि लोमान्थाङ गाउँपालिकाले चुलो वितरण गरेको हो ।
नियमविपरीत नदीजन्य पदार्थ सङ्कलन गर्नेलाई १६ लाख जरिवाना
नियमविपरीत उत्खनन गरी नदीजन्य पदार्थ सङ्कलन गर्नेलाई जिल्ला समन्वय समितिले स्थानीय तहको सहयोगमा कारबाही थालेको छ ।
नियमविपरीत नदीजन्य पदार्थ सङ्कलन गर्नेलाई १६ लाख जरिवाना
बागलुङ, भदौ ६ गते । नियमविपरीत उत्खनन गरी नदीजन्य पदार्थ सङ्कलन गर्नेलाई जिल्ला समन्वय समितिले स्थानीय तहको सहयोगमा कारबाही थालेको छ । बागलुङ नगरपालिकाले कालाखोला बगर, भाटेखोला बगर, दब्ल्याङ बगर, खनियाघाटलगायत बगरबाट अवैध रूपमा उत्खननन गरी बालुवा तथा ढुङ्गा सङ्कलन गर्नेलाई कारबाही गर्न थालेको छ । नगरपालिकाले जरिवानास्वरुप क्रसर व्यवसायी तथा नदीजन्य पदार्थको अवैध दोहन गर्नेबाट रु १६ लाख २२ हजार राजस्व सङ्कलन गरेको छ । असारदेखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ निकाल्न नपाइने कानुनी व्यवस्था तथा कालीगण्डकी नदीमा नदीजन्य पदार्थको ठेक्का लगाउन नपाइने सर्वोच्च अदालतको आदेशविरुद्धमा नदीजन्य पदार्थको उत्खनन भइरहेपछि जिल्ला समन्वय समितिले निगरानी बढाएको छ । जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले राज्यलाई कर छलेर अवैध रूपमा उत्खनन गरेर थुपारेका बालुका र ढुङ्गाको परिणाम मूल्याङ्कन गरी नगरपालिकालाई दण्ड तथा जरिवाना गर्न निर्देशन दिइएको बताउनुभयो ।“अहिले कालीगण्डकीबाट बालुवा निकाल्ल पाइँदैन, तर मध्यरातमा दोहन भइरहेको छ, हामीले दोहन भएर बिक्रीका लागि राखिएको बालुवाको परिणामका आधारमा जरिवाना गर्न थालेका छौँ, यो अभियान बागलुङ नगरपालिकामा मात्र सीमित नभई जिल्लाभर चलाइनेछ, स्थानीय तहले राजस्व गुमाउने र नदीजन्य पदार्थको दोहन भइरहने परिपाटीको अन्त्य हुन आवश्यक छ”, जिसस प्रमुख थापाले भन्नुभयो । जिल्ला समन्वय समिति र बागलुङ नगरपालिकासहितको अनुगमनबाट १५ स्थानमा सङ्कलन गरिएको बालुवा तथा ढुङ्गाको दण्ड तथा जरिवाना सङ्कलनकर्तालाई तिराउनेगरी नापजाँच भइरहेको छ ।”बागलुङ नगरपालिका राजस्व शाखा प्रमुख काशिराम शर्माका अनुसार१३ स्थानमा सङ्कलन गरेको बालुवा तथा ढुङ्गाको राजस्व सङ्कलनका लागि मूल्याङ्कन भइरहेको छ । आरएस कन्ट्रक्सनले बागलुङ नगरपालिकालाई अग्रिम आयकरवापत रु १८ हजार चार सय ६३, मूल्य अभिवृद्धि करवापत रु एक लाख ६० हजार पाँच र दण्ड तथा जरिवानावापत रु १२ लाख ५५ हजार आठ सय छ गरी रु १४ लाख ३४ हजार दुई सय ७४ र विष्णु चोखालमार्फत रु एक लाख ८७ हजार नौ सय ४४ दण्ड जरिवाना तिरेको छ । जिल्ला समन्वय समितिको रोहबरमा नगरपालिका क्षेत्रका १३ स्थानमा अवैध रूपमा उत्खनन गरिएको बालुवा तथा ढुङ्गा सङ्कलनकर्तालाई जरिवाना तिराउन मूल्याङ्कन भइरहेको नगरपालिकाका इन्जिनियर सोबिन घर्तीले जानकारी दिनुभयो ।
एकल पुरुषले पाए २३ लाख २७ हजार भत्ता
देउमाई नगरपालिकाका एक सय ९८ जना एकल पुरुषले रु. २३ लाख २७ हजार सामाजिक सुरक्षा भत्ता पाएका छन् । आर्थिक वर्ष २०८०÷८१ मा उनीहरूले उक्त रकम पाएका हुन् ।