परराष्ट्रमन्त्री डा. राणालाई जनसम्पर्क समिति भारतको बधाई
हाल भारतको औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई नेपाली कांग्रेस जनसम्पर्क समिति भारतले बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
लोभलाग्दो रुइसेको सुन्दरता
रूखबिरुवा नभएको हरियाली भिरालो पाखोको पृष्ठभूमिमा देखिने हिमशृङ्खला । पाखाको चरनमा रमाइरहेका गाईभैँसी, भेडाबाख्राका बथान ।
अरिङगालको टोकाइबाट एकको मृत्यु, एक घाइते
रुकुम पूर्वमा अरिङगालको टोकाइबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते हुनुभएको छ ।
सुनिन छाडे ‘यानीमाया’, ‘सुनीमाया’
धौलागिरिलाई लोक गीत सङ्गीतको उर्वर क्षेत्रका रूपमा मानिँदै आएको छ । यानीमाया होस् या, सुनिमाया, झ्याउरे होस् या सालैजो ।
गाजा सम्झौताका लागि बाइडेनद्वारा नेतान्याहुलाई दबाब
मध्यस्थकर्ताहरूको आग्रहमा आयोजित गाजा युद्धविराम वार्ता अवरुद्ध भएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई हमाससँग गाजा युद्धविराम सम्झौताका लागि दबाब दिनुभएको छ ।
दैलेखका स्थानीय तहको बेरुजु डेढ अर्ब
नागरिकको सेवा प्रवाहलाई प्रभावकारी बनाउने र सुशासन कायम गर्ने भन्दा पनि आफू अनुकूल प्रशासन चलाउने र आर्थिक अपचलन गर्ने तर्फ उन्मुख हुँदा स्थानीय तहमा बेरुजु बढ्दै गएको छ ।
गोल्डकपलाई वडाअध्यक्षको अढाइ लाख सहयोग
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका –७ खेबाङका वडाध्यक्ष बुद्धिप्रसाद दाहालले अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितालाई अढाइ लाख रुपियाँ नगद सहयोग गर्नुभएको छ ।
गण्डकी प्रदेश : काँग्रेस–एमाले सत्ता सहकार्यमा अझै सहमति जुटेन
गण्डकी प्रदेशमा नेपाली काँग्रेस र नेकपा (एमाले)बीच सत्ता सहकार्यमा ढिलाइ भइरहेको छ । नयाँ सत्ता समीकरण अनुसार सङ्घ सरकार गठन भएको डेढ महिना बितिसक्दा यहाँ भने सत्ता गठबन्धनको मुख्य घटक एमाले सरकारबाहिर छ । सत्ता साझेदारीका विषयमा पटकपटक गरिएका छलफल निष्कर्षविहीन भएका दुवै दलका नेताले जनाएका छन् ।
राष्ट्रिय वाणिज्य बैंकले ल्यायो ७.७७ प्रतिशत ब्याजदरमा निजी गाडी कर्जा योजना
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नजिकिँदै गरेको नेपालीहरुको महान चाडपर्व उत्सव योजनाअन्तर्गत ७.७७ प्रतिशत स्थिर ब्याजदरमा निजी सवारी (रातो प्लेट) प्रयोजनको लागि चाडपर्व विशेषमा गाडी कर्जा योजना ल्याएको छ ।
देवेन्द्र गौतम पत्रकारिता पुरस्कार श्रेष्ठलाई
वरिष्ठ पत्रकार देवेन्द्र गौतमको स्मृतिमा करेन्ट मिडिया एण्ड रिसर्च सेन्टर प्रालिले स्थापना गरेको ‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार’ यसवर्ष वरिष्ठ पत्रकार दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई प्रदान गरिने भएको छ ।
हुम्ला जिप दुर्घटना : एक घाइतेको उपचारका क्रममा मृत्यु
बुधबार हुम्लाको चङ्खेलीमा भएको जिप दुर्घटनामा परी गम्भीर घाइते भएका रमेश मल्लको उपचारको क्रममा मृत्यु भएको छ ।
बाढीबाट डेढ हजार परिवार प्रभावित
कैलालीमा बाढी डुबानका कारण डेढ हजार परिवार प्रभावित भएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार कैलारी गाउँपालिका, भजनी नगरपालिका, गौरीगंगा नगरपालिका र घोडाघोडी नगरपालिकाको विभिन्न स्थानमा डुबान भएको छ ।
आन्ध्र प्रदेशस्थित रिएक्टर विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या १७ पुग्यो
आन्ध्र प्रदेशको अनाकपल्लीको अच्यतापुरम्स्थित विशेष आर्थिक क्षेत्र (सेज) मा रहेको एक औषधी कम्पनीमा भएको विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या बिहीबार १७ पुगेको छ ।
नमस्ते सहकारीमा ठगी, मुद्दा दर्ताको तयारी
बाँकेको नेपालगञ्जस्थित नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा भएको आर्थिक हिनामिनाको प्रारम्भिक अनुसन्धान पूरा गरी मुद्दा दर्ताको तयारी गरिएको छ ।
प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन माग गरिएको दायर रिटमा सुनुवाइ जारी
सर्वोच्च अदालतमा प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै दायर भएको रिटमा सुनुवाइ जारी छ ।
मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा
गोरखामा अविरल वर्षाका कारण पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग अन्तर्गत निबेल घ्याम्पेसाल सडक एकतर्फी सञ्चालनमा आएको छ ।
सुतली बम पड्काएर भाग्ने क्रममा दुई जना पक्राउ
घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान क्याम्पस परिसरमा बम पड्काएर भाग्न खोज्ने क्रममा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक, प्रहरी प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।
४० वर्षपछि मतया जात्रा प्रदर्शन
श्री ७ सूर्यविनायक मन्दिर दाफा भजन खलका अध्यक्ष मङ्गलमान बज्राचार्यको अगुवाइमा मतया जात्रा निकालिएको छ । ४० वर्षपछि बुधबार मतया जात्रा निकालिएको हो । यसलाई दीपयात्रा पनि भनिन्छ ।
अस्ट्रेलियाद्वारा विश्वको ‘सबैभन्दा ठुलो’ सौर्य केन्द्रलाई स्वीकृति
अस्ट्रेलियाले ‘विश्वको सबैभन्दा ठुलो सौर्य क्षेत्र’ का रूपमा चिनिएको सौर्य तथा बेट्री फर्मको परियोजनालाई अनुमति दिएको छ । उक्त परियोजनाले सिङ्गापुरलाई ऊर्जा निर्यात गर्नेछ ।
भोट भाषा सिक्दै लोमान्थाङका आमाहरु
मुस्ताङको लोमान्थाङ गाउँपालिकाका आमाहरुले भोट भाषा र लिपि सिक्न थालेका छन् ।
सरकार विधिको शासन कायम गराउँछ : गृहमन्त्री लेखक
सङ्घ सरकारका गृहमन्त्री रमेश लेखकले दिगो शान्ति, विकास, सुशासन र समृद्धिको लागि वर्तमान सरकार अग्रसर रहेको दाबी गर्नुभयो ।
बलम्बुमा भेटिएको शङ्कास्पद वस्तु डिस्पोज
चन्द्रागिरि नगरपालिका –१२ स्थित बलम्बु विद्यालय नजिक एक घरको आँगनमा शङ्कास्पद वस्तु फेला परेपछि नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।
डुबेर एक युवाको मृत्यु
पौडी खेल्ने क्रममा डुबेर एक युवाको मृत्यु भएको छ । जिल्लाको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४,तिरी गाउँ नजिकै दिउँसो पौडी खेल्ने क्रममा पोखरीमा डुबेर ३५ वर्षीय विकल गुरुङको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रनाउ भोजराज पाण्डेयका अनुसार ,करिब ४ बजेको समयमा आफ्ना साथीहरूसँग पौडी खेल्न जानुभएका सोही गाउँपालिका–१, खिङ्गाका गुरुङको पौडी खेल्ने क्रममा अचानक डुबेर मृत्यु भएको हो ।
खुट्टामै जोडियो हत्केला !
चिनियाँ फ्याक्ट्रीमा काम गर्ने श्रमिक सी वेको हत्केलालाई सन् २०१३ मा विशिष्ट चिकित्सा पद्धतिद्वारा जीवित राखिएको थियो । चिकित्सकले उनको हत्केलालाई उनको बायाँ गोलीगाँठोमा जोडिदिए र त्यसमा खुट्टामा हुने रक्तसञ्चार प्रणालीद्वारा रक्तप्रवाह गरे । यति गर्दा हत्केला जीवित रह्यो र तातो पनि भयो तर स्नायु प्रणाली नजोडिएका कारण बोधो भयो । कलमी गरिएको हत्केलामा रक्तसञ्चार मात्र थियो । सी वेका अनुसार खुट्टामा कुनै परिवर्तन भएको यिनलाई महसुस भएन तर अलि गह्रौँचाहिँ लाग्यो ।