ल्होमन्थाङमा भोट भाषा सिकाइँदै
माथिल्लो मुस्ताङको ल्होमन्थाङ गाउँपालिकाले भोट भाषा संरक्षणको प्रयास थालेको छ । सबै वडामा भाषा कक्षा सञ्चालन गरिएको छ । ल्होमन्थाङ गाउँपालिकाका उपाध्यक्ष छयुमी विष्ट गुरुङका अनुसार भाषा र संस्कृति संरक्षण गर्ने उद्देश्यले भोट भाषाको कक्षा सञ्चालन गरिएको हो । कक्षामा बौद्ध धर्म, संस्कृतिसम्बन्धी लिपि र भोट भाषाका बारेमा पठनपाठन गरिन्छ । गाउँपालिकाले भाषा शिक्षकको व्यवस्था गरेको छ ।
काँठेमा लट्ठिँदै सरोज
काँठे लोकभाकामा ख्याति कमाएका सरोज लामिछाने गायन र सङ्गीत सिर्जनामा मात्रै होइन अभिनयमा समेत उत्तिकै लोकप्रिय छन् । गायक तथा सङ्गीतकार लामिछाने आफ्नो गीतमा प्रायः आफैँ नै अभिनय गर्नुहुन्छ ।
जात्रा बढ्यो, जात्रालु घटे
सांस्कृतिक मेला, जात्रा, पर्व संरक्षणका लागि स्थानीयस्तरमा जागरुकता आए पनि पर्व अवलोकनकर्ताको रुचि घट्दै गएको पाइन्छ । तानसेनमा जात्रा हेर्ने दर्शकको सङ्ख्या घट्दो अवस्थामा रहेको छ । सूचना र प्रविधिको विकासले प्रत्यक्ष जात्रा हेर्ने दर्शकको सङ्ख्या घटेको अनुभव स्थानीयको छ । मोबाइलसहितका प्रविधिबाट जात्राको फोटो र भिडियो घरमै बसेर पनि हेर्न सकिने भएपछि प्रत्यक्ष जात्रा हेर्ने अवलोकनकर्ता घटेका तानसेनका स्थानीय सञ्जीवलाल शाक्यले बताउनुभयो । पहिले जस्तो जात्रामा के होला, कसरी निकाल्ने होला, जात्रामा के के हुन्छ भन्ने उत्सुकता प्रविधिले घटाइदिएको उहाँको भनाइ छ । घरमै बसेर पनि जात्रामा आफैँ सहभागी भए जसरी जात्राको भिडियो हेर्न पाए पनि प्रत्यक्ष सहभागी कम हुनु स्वाभाविक भएको भएको शाक्यले बताउनुभयो ।
दुई अर्ब एकचालिस करोडभन्दा बढीको निर्यात
पश्चिम नेपालको प्रमुख व्यापारिक नाका नेपालगन्ज नाकाबाट गत आर्थिक वर्षमा विभिन्न तीन वटा देशमा दुई अर्ब ४१ करोड रुपियाँभन्दा बढीको विभिन्न सामान निर्यात भएको छ । नेपालगन्ज भन्सार कार्यालयबाट प्राप्त भएको तथ्याङ्क अनुसार गत आव २०८०/८१ मा नेपालगन्जस्थित जमुनाहा नाकाबाट भारत, म्यान्मार र संयुक्त अरब इमिरेट्समा दुई अर्ब ४१ करोड ९० लाख ८५ हजार रुपियाँको निर्यात भएको हो ।
उनन्तिस प्रतिशतमा मात्र सिँचाइ
अर्घाखाँचीको कुल खेतीयोग्य जमिनमध्ये २९ प्रतिशत जमिनमा मात्र सिँचाइ सुविधा पुगेको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय अर्घाखाँचीका अनुसार कुल ४५ हजार ७१२ खेतीयोग्य जमिनमध्ये २८ हजार ६०९ हेक्टर क्षेत्रफलमा मात्र खेती हुँदै आएको छ । खेती भएको जमिनमध्ये आठ हजार ४४४ हेक्टर क्षेत्रफलमा मात्र सिँचाइ पुगेको छ ।
श्रममन्त्रीसँग कोइका र आइओएमका प्रतिनिधिको भेट
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) का निर्देशक जोसफ समुएल एमियाह र दक्षिण कोरिया (कोइका) का देशीय निर्देशक किम ह्युआङ क्युले छुट्टाछुट्टै भेट गर्नुभएको छ । श्रममन्त्री भण्डारीले बिहीबार मन्त्रालयमा आइओएमका निर्देशक जोसफ र कोइका नेपालका निर्देशक किमसँग भेट गर्नुभएको हो ।
‘बिउ उत्पादनका लागि नेपाल उत्कृष्ट गन्तव्य’
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालमा रहेका स्थानीय तथा रैथाने जातको संवर्धन गर्दै उच्च उत्पादन दिने बिउ तथा प्रविधि आयात गरी उत्पादन बढाउनुपर्ने बताउनुभएको छ । काठमाडौँमा बिहीबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय बिउ सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले हावापानी र भौगोलिक अवस्थितिका कारण गुणस्तरीय बिउबिजन उत्पादनका लागि नेपाललाई उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न सकिने उल्लेख गर्दै मन्त्री अधिकारीले यसका लागि सरकारी, सहकारी र निजी क्षेत्रबिच सहकार्य आवश्यक छ भन्नुभयो ।
औसतमा वार्षिक सात लाख तेह्र हजार नेपाली वैदेशिक रोजगारीमा
गत आर्थिक वर्ष २०८०/८१ को साउनको तुलनामा चालु आव २०८१/८२ साउनमा श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आवको पहिलो महिना साउनमा ५९ हजार ५७५ जनाले श्रम स्वीकृति लिएर विदेश गएका छन् भने गत आवको सो अवधिमा श्रम स्वीकृति लिएर बिदेसिनेको सङ्ख्या ५५ हजार ५७५ थियो । चालुु आवको पहिलो महिना साउनमा श्रम स्वीकृति लिने महिलाको सङ्ख्या आठ हजार १४५ रहेको छ ।
सडकमै जान्छ ज्यान
साहित्यकार मनीषा गौचनले मङ्गलबार भएको एक सडक दुर्घटनामा परेका दुई जनाको उपचारका लागि आकस्मिक सेवा पाउन भोगेको पीडा सामाजिक सञ्जालमा पोस्ट गर्नुभयो । उहाँले पोखराबाट मुस्ताङ जाँदा म्याग्दीमा पहिरोबाट खसेको ढुङ्गाले दुई यात्रु घाइते भएको तर प्रहरी र एम्बुलेन्सको सहयोग कतैबाट नपाएको गुनासो गर्नुभयो । उहाँले आफ्नै पहलमा बोलेरो भाडामा लिई घाइते दुईको उपचार गराएको स्मरण गर्नुभयो । प्रहरी आएको तर कपी र कलम लिएर विवरण मात्र टिपेको उहाँको गुनासो छ । अर्को दुर्घटनामा हुम्लाको
मासियो पितृ नचाउने थलो
माझी समुदायका पितृ नचाउने ठाउँ मासिएको छ । काभ्रेपलाञ्चोक जिल्लाको भुम्लुका माझीले हरेक वर्ष दसैँको टीकाको अघिल्लो दिनदेखि टीकाको पर्सिपल्टसम्म पितृ नचाउने गर्छन् । ठाँटीडाँडामा रहेको सो स्थानमा सिँचाइका लागि पोखरी खनिएपछि उनीहरूको सांस्कृतिक कर्ममा समस्या भएको छ ।
प्रधानमन्त्री ओलीसँग चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकाय उपाध्यक्षको भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेईकुनले बिहीबार शिष्टाचार भेट गर्नुभएको छ ।
प्रहरीको ३० वर्षे तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश
सर्वोच्च अदालतले प्रहरीको ३० वर्षे प्रावधान तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।
श्रीलङ्का स्थानीय निर्वाचन ढिलाइमा राष्ट्रपति दोषी ठहर
श्रीलङ्काको सर्वोच्च अदालतले स्थानीय निर्वाचनलाई अनिश्चित कालका लागि ढिलाइ गरेकामा बिहीबार राष्ट्रपति रनिल विक्रमासिङ्घेलाई ‘गैरकानूनी आचरण’ को दोषी ठहर गरेको छ । स्थानीय निर्वाचनलाई अर्थतन्त्रको व्यवस्थापनमा अनौपचारिक जनमत सङ्ग्रहका रूपमा हेरिएको छ ।
टिकटक खुला गर्ने सरकारको निर्णय
सरकारले सर्तसहित टिकटक खुला गर्ने निर्णय गरेको छ। बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सर्तसहित टिकटक खोल्न दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो।
कांग्रेसको महिला विभाग र शुभेच्छुक संस्था समन्वय विभागमा सदस्य थप
नेपाली कांग्रेसले महिला विभाग र शुभेच्छुक संस्था समन्वय विभागमा सदस्य थप गरेको छ।
अस्ट्रेलियाको फुटबल प्रतियोगितामा नेपाली टोली विजयी
अस्ट्रेलियाको तास्मानियास्थित होवार्ट सहरमा आयोजित बहुसंस्कृतिक फुटबल प्रतियोगितामा नेपाली टोली विजयी भएको छ ।
मृत चिकित्सकको न्यायका लागि माइतीघरमा विरोध (फोटो फिचर)
भारतको कोलकाताको एक अस्पतालमा मृत भेटिएकी चिकित्सकको न्यायका लागि काठमाडौं माइतीघरमा विरोध भएको छ ।
बागमतीका मुख्य न्यायाधिवक्ता काफ्लेद्वारा शपथ
बागमती प्रदेशको मुख्य न्यायाधिवक्ता शुकदेव काफ्लेले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
पोखरा विमानस्थलको ऋण अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाई आग्रह
सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाई आग्रह गरेको छ। अर्थ मन्त्रालयले ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गर्दै चिनियाँ पक्षलाई पत्र लेखेको छ।
पृथ्वीराजमार्गको डुम्रे–दमौली खण्ड एकतर्फी सञ्चालन
पहिरोले अवरुद्ध भएको पृथ्वीराजमार्गको डुम्रे–दमौली खण्ड एकतर्फी सञ्चालनमा आएको छ। अवरुद्ध भएको करिब २६ घण्टापछि बिहीबार साँझबाट एकतर्फी सञ्चालनमा आएको हो।
शरणार्थी शिविरमा इजरायली आक्रमण हुँदा तीनको मृत्यु
वेस्ट बैङ्कस्थित प्यालेस्टिनी शरणार्थी शिविरमा बिहीबार भएको इजरायली आक्रमणमा तीन जनाको मृत्यु भएको कब्जा गरिएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
धान आत्मनिर्भरका लागि कार्यक्रम सञ्चालित छन् : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई धान उत्पादनमा आत्मनिर्भर बनाउने गरी कार्यक्रम सञ्चालन भइरहेको जानकारी गराउनुभएको छ।
संविधान सबैको सहमतिमै संशोधन हुन्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन सबैको सहमतिमा हुने विश्वास दिलाउनुभएको छ।
गोरखामा करेन्ट लागेर एक जनाको मृत्यु
गोरखामा करेन्ट लागेर एक जना युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा नगरपालिका–९ लक्ष्मीबजारका २४ वर्षीय सुनिल मगर भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो ।