बसमाथि ढुङ्गा खस्दा १९ जना घाइते, दुईको अवस्था गम्भीर
मुग्लिन नारायणगढ सडकखण्डको सत्रकिलोमा गुडिरहेको बसमा पहाडबाट खसेको ढुङ्गा लाग्दा १९ जना घाइते भएका छन् ।
मन्त्रिपरिषद् बैठकका नौ निर्णय (सूचीसहित)
सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।
सिंहदरबारभित्रै सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी आन्दोलित
सरकारी सवारी साधन चलाउने ड्राइभरको जीवन बिमा (इन्स्योरेन्स) गर्न माग गर्दै सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरु आन्दोलिन भएका छन् ।
सरकारले उद्योगका लागि सस्तोमा विद्युत् उपलब्ध गराउनुपर्छः अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासङ्घले सस्तोमा विद्युत् उपलब्ध गराउन सरकारसँग माग गरेको छ । नेपाल उद्योग व्यवसायी महासंघले शुक्रबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्नुहुँदै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विद्युतलाई कब्जा पदार्थको रुपमा सस्तोमा उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको हो ।
थाइल्याण्डमा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु
थाइल्याडको राजधानी बैङ्ककको दक्षिणपूर्वमा टर्बोप्रप इन्जिनबाट चल्ने एक विमान दुर्घटना भई जङ्गलमा खस्दा बेपत्ता भएका नौ जनाको मृत्यु भएको उद्धारकर्ताहरूले शुक्रबार जनाएका छन् ।
स्थानीय तह संस्थागत स्वमूल्याङ्कनः जिल्लामा घोडाघोडी उत्कृष्ट
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत स्वमूल्याङ्कनको गुणस्तर परीक्षण पश्चात प्रकाशन गरेको अन्तिम नतिजामा कैलाली जिल्लामा घोडाघोडी नगरपालिका उत्कृष्ट नगरपालिका भएको छ ।
आँखा उपचार केन्द्रमा स्वास्थ्य बिमा सेवा सुरु
नेपाल नेत्र ज्योति सङ्घ आँखा उपचार केन्द्र तम्घासमा स्वास्थ्य बिमा सेवा सुरु गरिएको छ । नेपाल सरकार स्वास्थ्य बिमा बोर्डअन्तर्गतको स्वास्थ्य बिमा कार्यक्रमको उपचार सेवा यस आँखा उपचार केन्द्रबाट पनि सुरु गर्न लागिएको बताइएको छ ।
नाति पुस्तालाई परम्परागत बाजा सिकाइँदै
बाँकेको खजुरा गाउँपालिका –४ एफगाउँका खेमबहादुर विक ११ वर्षको हुनुभयो । गाउँघरमा हुने विवाह पूजा, धार्मिक कार्यक्रम र अन्य कार्यक्रममा उहाँ आफ्ना हजुरबुवा तिलबहादुरसँगै बाजा बजाउन जानुहुन्छ ।
बङ्गलादेशबाट फर्केका विद्यार्थीलाई इन्टर्नको व्यवस्था मिलाउन पहल गर्छु : अध्यक्ष प्रचण्ड
पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बङ्गलादेशबाट फर्केका मेडिकल विद्यार्थीहरुलाई देशभित्रै इन्टर्नको व्यवस्था मिलाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
‘आँखा उपचार केन्द्र’को सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
पछिल्लो समय नेपाल नेत्रज्योति संघ चितवनले आफ्नो सञ्जाल शहरदेखि ग्रामीणतहसम्म विस्तार गरेको छ । यहाँस्थित भरतपुरमा संघद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले छिमेकी जिल्लाहरुमा समेत आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको छ ।
मङ्कीपक्स रोग लाग्नै नदिने यस्ता छन् उपाय
हाल अफ्रिकी मुलुकमा तीव्र रूपमा फैलिरहेको मङ्कीपक्स सङ्क्रमणबाट पाँच सयभन्दा बढीको मृत्यु भइसकेको छ । अफ्रिकी मुलुकमा मात्र सीमित यो रोग केही वर्षदेखि विश्वका विभिन्न देशमा देखिँदै आएको छ ।
शेख हसिनाको कूटनीतिक राहदानी खारेज
बङ्गलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको कूटनीतिक राहदानीलाई बिहीबार रद्द गरेको छ ।
ऐतिहासिक ‘बटौली’ बजार संरक्षण गरिँदै
बुटवलको पुरानो एवम् ऐतिहासिक बजार ‘बटौली’ लाई सम्पदा संरक्षित क्षेत्रको रुपमा विस्तार गर्नेगरी संरक्षण गरिने भएको छ ।
ह्यारिसद्वारा राष्ट्रपतिको उम्मेदवारका लागि मनोनयन दर्ता
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले बिहीबार राती शिकागोको युनाइटेड सेन्टरमा आयोजित डेमोक्र्याटिक पार्टीको राष्ट्रिय सम्मेलनमा राष्ट्रपतिको उम्मेदवारका लागि मनोनयन दर्ता गर्नुभएको छ ।
अत्याधुनिक पेट्रोल पम्प बनाउँदै प्रहरी
पूर्वी नवलपरासीको कावासोतीमा अत्याधुनिक प्रविधिसहितको नयाँ पेट्रोल पम्प निर्माणको काम सुरु भएको छ । प्रहरीको नाममा महेन्द्र राजमार्गमा रहेको २२ कठ्ठा जग्गामा अत्याधुनिक पम्पमा इभी चार्जिङ स्टेशन, कफीसप रहनेगरी प्रहरीले पम्प खोल्न लागेको हो ।
कार्य सम्पादनमा हलेसी तुवाचुङ उत्कृष्ट
स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा खोटाङ जिल्लाको स्थानीय तहमध्ये हलेसी तुवाचुङ नगरपालिका उत्कृष्ट बनेको छ ।
तनहुँ बस दुर्घटना : १४ जनाको मृत्यु, १६ घाइते
तनहुँको आँबुखैरेनीमा शुक्रबार बिहान भएको भारतीय बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले घटनास्थलबाट १४ जनाको शव निकालिएको र १६ जनाको उद्धार गरिएको जानकारी दिनुभयो ।
‘विदेशमा दुःख गर्नुभन्दा बुकीमै भैँसी पाल्दा सजिलो लागेको छ’
परम्परादेखि भेडा पाल्दै आएका बागलुङको तमानखोला गाउँपालिका–५ खुङखानीका ७२ वर्षीय रनबहादुर विकले भेडाबाख्राको संख्या घटाउदै जानु भएको छ । पूर्वी रुकुम, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटन शिकार आरक्षको गर्पाछोडाको बुकी पाटनमा गत साउन अन्तिम साता भेटिएका विकले ३२ वर्र्षदेखि पाल्दै आएको भेडाको गोठ बेच्ने योजना रहेको जानकारी दिनुभयो ।
कमला नदीमा नयाँ पुल निर्माण गर्ने सहमति
मधेश प्रदेश सरकार र कमला नदीमा नयाँ पुल निर्माणका लागि आमरण अनशनरत सङ्घर्ष समितिबीच शुक्रबार चार बुँदे सहमति भएको छ । सहमतिपछि भदौ ४ गतेदेखि जारी आमरण अनसन स्थगित भएको छ ।
प्रतिष्ठानको दीक्षान्त समारोहमा प्रधानमन्त्री ओली आउनुहुने
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको दिक्षान्त समारोहका लागि प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओली जुम्ला आउनु हुने भएको छ ।
अबुवाँ-बिर्दी-सेरा-पौवाटार सडक १० घण्टापछि सुचारु
गोरखामा अविरल वर्षाका कारण बन्द भएको अबुवाँ-बिर्दी-सेरा-पौवाटार सडक खण्ड १० घण्टापछि सुचारु भएको छ ।
भारतीय प्रधानमन्त्री मोदी युक्रेनमा, शान्तिका दूतका रूपमा प्रस्तुत हुने
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी युरोपेली दुई मुलुक पोल्याण्ड र युक्रेनको भ्रमणका सिलसिलामा शुक्रबार युक्रेनको राजधानी किएभ आइपुग्नुभएको छ ।
लिजाको नतिजा गुणस्तर परीक्षणमा रुरुक्षेत्र उत्कृष्ट
कार्यसम्पादनमा अब्बल बन्दै गएको गुल्मीको रुरुक्षेत्र गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) को नतिजा गुणस्तर परीक्षणमा पनि देशमै उत्कृष्ट बनेको छ ।
तनहुँमा डेङ्गी सङ्क्रमित बढ्दै
जिल्लामा डेङ्गी सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । यही भदौ १ गते एक हजार ८२ जनामा सङ्क्रमण देखिएकामा अहिले एक हजार तीन सय २३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।