डियर तलब, आई लभ यु
श्री तलब महोदय, एक तलबजीवी तलबपीडित कर्मचारीको न्यानो अभिभादन स्वीकार गर । इच्छा, आकाङ्क्षा निरन्तर बेलुन जसरी फुल्दै छ । महँगीको चरमचुलीले सगरमाथा छेक्न आँटिसक्यो
कन्सुलर सेवा दिन फ्रान्स दूतावासको टोली पोर्चुगल आउने
पोर्चुगलमा कागजात प्रमाणीकरणसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने भएको छ ।
मात लागेका मन्त्रीको मस्ती
मैले भन्या हैन बुढी ! देखिस् त मन्त्री भएपछि सबै लडी लडी आउँछन् । कति ढोका धाउँछन् । चोकमा हेर त कति मान्छे थुप्रेका ! हेर ! कतिले के के बोकेर आ’का छन् । कतिले के के ल्या’का छन् ।
ज्येष्ठ नागरिक (कथा)
ज्येष्ठ नागरिक सिटमा कोही न कोही बसेकै हुन्थे । ज्येष्ठ होइन, कनिष्ठ । सिट अरू खाली हुँदा म खाली सिटमै गएर बसिदिन्थेँ । खाली नहुँदा के गर्ने, दुबिधामा पर्थें । भन्न अप्ठ्यारो लाग्थ्यो, “उठिदिनुस्, यो मेरो सिट हो ।” माने ज्येष्ठ नागरिकको । आज पनि म बसमा चढ्दा कोही बसेकै थिए, देखिए । बस भरिएको थियो, सिट एउटै खाली थिएन । म ज्येष्ठ नागरिक सिटकै छेउमा गएर उभिएँ र त्यहाँ बसेको, सिट छोड्न तत्परता नदेखाएको एक युवकको आँखामा आँखा गाडेर हेरेँ, हेर्न खोजेँ । मानौँ यसरी भन्न खोजेँ, “यो सिट मेरो हो । उठ्नुस्, मलाई बस्न दिनुस् ।” ऊ लाज पचाइरहेथ्यो । म बुझिरहेथेँ । एक जना अप्ठ्यारो मानेर असजिलो गरी उभिरहेकी बैनीले भनिन्
रुकुमको हुकाम गाउँ
रुकुमपूर्व, भदौ ८ गते । रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका ५ स्थित हुकाम गाउँ र आसपासको दृश्य । तस्बिर: रासस
प्रदीप्त देश (कविता)
अधैर्य धैर्यमा भयो अस्वस्थ स्वस्थमा गयो कुकृत्य कृत्यले गरी हराम राम झैँ भयो विशेष शेष भैसक्यो सुधार धार नै गयो प्रचार चारले गरे प्रवास बास नै भयो ।।१।।
सुन्दरताको खानी (कविता)
हिमाल पहाड तराई नेपालको भूमि स्वर्ग तुल्य बन्छ मानवको यहाँ जुनी भाषा भेष जात संस्कृतिमा विविधता बनेको छ विशेष पहिचान अनि एकता ।
वातावरण संरक्षणको नमुना ‘ढाप पोखरी’
इलामको सन्दकपुर गाउँपालिकास्थित जमुनामा मानव निर्मित ढाप पोखरी पानी संरक्षण र वातावरण संरक्षणका लागि अनुकरणीय उदाहरण बनेको छ । स्थानीयले आफूहरूको
हरियाली खहरेको फाँट
गलकोट, भदौ ८ गते । बागलुङ नगरपालिका–३ स्थित खहरेको हरियाली धानफाँट । खहरेको धानफाँटमा एक वर्षमा दुई पटक धान खेती गरिन्छ । तस्बिर ःरासस
भूकम्पपछि पुनर्निर्माणका अनुभव
स्रष्टा गणेशराज वस्ती एक कुशल, प्रतिभाशाली, मेहनती र कर्तव्यनिष्ठ आफ्नो कामप्रति बफादार हुनुहुन्छ । उहाँ ‘गोरखा भूकम्प, पुनर्निर्माण र म’ शीर्षकको आत्मानुभूति कृति लिएर पाठकसामु प्रस्तुत हुनुभएको छ । पेसाले उहाँ इन्जिनियर हुनुहुन्छ । भौतिक संरचना निर्माणमा विषयविज्ञता हासिल गरेका वस्ती साहित्य सर्जकका रूपमा पनि उत्तिकै परिचित व्यक्तित्व हुनुहुन्छ । खास गरी कविता, गीत र यात्रा साहित्यमा उहाँको लगाव देखिन्छ, तथापि उहाँका साहित्येतर कृति पनि बग्रेल्ती प्रकाशित छन् । पछिल्लो चरणमा गीतकारका रूपमा समेत सशक्त ढङ्गले उदाएका उहाँका फुटकर साहित्य–रचना विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका छन् । हालसम्म प्रकाशित एक दर्जन पुस्तक/कृतिमध्ये यो १२ औँ हो । २०७२ साल वैशाख १२ गते गोरखा जिल्ला केन्द्रविन्दु भई आएको विनाशकारी भूकम्पको परिवेशका चित्रहरूलाई उहाँले शब्दमा उतार्नुभएको । ‘कम्प, भूकम्प र परकम्प’ बाट सुरु भई ‘अगाडिका दिन’ सम्मका ३
सुन्दर सभापोखरी
बेलायती साहित्यकार जेम्स हिल्टनद्वारा लिखित उपन्यास ‘लस्ट होरिजन’ मा वर्णन गरिएको काल्पनिक संसारको नाम हो ‘साङ्ग्रिला’ । उपन्यासमा हिल्टनले साङ्ग्रिलालाई रहस्यमयी, सुन्दर र पृथ्वीको स्वर्गका रूपमा चित्रित गरेका छन् । सयौँ वर्ष बाँच्ने साङ्ग्रिलावासी सधैँ खुसी र सुखी रहने उपन्यासमा उल्लेख छ । हिल्टनले कल्पना गरे जस्तै साङ्ग्रिला यस पृथ्वीमा होला, नहोला तर नेपालमै केही यस्ता स्थान छन्, जो हिल्टनको साङ्ग्रिलाभन्दा कम लाग्दैन । यसरी आफ्नो प्राकृतिक छटाले हरमानवलाई मन्त्रमुग्ध पार्ने एक साङ्ग्रिला हो सभापोखरी ।
सय वर्षअघि चलेको रेल
आजभन्दा सयौँ वर्षअघि मानिस नेपाल खाल्डोबाट चारभन्ज्याङ काटेर कुन बाटो जान्थे र भित्रिन्थे होला । युरोपियन पादरीहरू तथा काश्मीरी मुसलमानहरू भारत, नेपाल हुँदै तिब्बत पुग्दथे, चिनियाँ भिक्षुहरू तिब्बतबाट नेपाल हुँदै भारत पुग्दथे । त्यसबेला भारतबाट ब्रिटिसहरूले तिब्बतसँग व्यापार गर्थे । सन् १८४९ मा अङ्ग्रेज अफिसरका रूपमा कर्कपेट्रिक पहिलो पटक राजधानी काठमाडौँ उपत्यका भित्रिएका थिए । त्यसताका तत्कालीन श्री ३ जङ्गबहादुर राणा बेलायतको यात्रामा निस्किनुभएको थियो । तत्कालीन समयको त्यो बाटो थियो थानकोट–चन्द्रागिरि पर्वत हुँदै चित्लाङ, भीमफेदी, कुलेखानी, वीरगन्ज रक्सौल पुग्ने एक मात्र बाटो थियो । यही बाटो तराईका जङ्गलमा सिकार खेल्न तत्कालीन श्री ३ महाराजहरूका परिवार, पाहुनापासा
बुढीनन्दाको महिमा
बुढीनन्दा’ बाजुराको ऐतिहासिक एवं पर्यटकीय महत्व बोकेको प्रसिद्ध तीर्थस्थल अर्थात् धार्मिक क्षेत्र हो । बुढीनन्दा हिमशिखरमा वरदायनी बुदीनन्दा देवी विराजमान छन् । सेती र कर्णाली क्षेत्रमा यी देवीलाई सत्यदेवीका रूपमा मान्छन् । यो क्षेत्र बाजुराको बुढीनन्दा नगरपालिका अर्थात् समुद्र सतहबाट चार हजार ८८८ मिटर उचाइमा रहेको छ । यसको पूर्वमा रुगिन, पश्चिममा दहकोट र बझाङको भूभाग, सैपाल हिमालको दक्षिणी हिमशृङ्खला, उत्तरमा फुलैगुम्बा, सैनपाटन र दक्षिणमा कोल्टी कुरुगाड, बड्डाला, तलिगोठीलगायतका गाउँबस्ती पर्छन् । यसको वरिपरि दैवीय न्यायालयको प्रतीकका रूपमा रहेका तलिगोठी कैलाश देवता, खापर जगन्नाथ, चन्दननाथ, दत्तात्रय, खोचरनाथ, स्वामीकार्तिक, पादुका, कर्णाली नदी, रारा ताल रहेका छन् ।
अधिकांश कानुन प्रत्यायोजित विधायनको मान्यताविपरीत,प्रतिवेदन कार्यान्वयन गरिएन
बागमती प्रदेश सभाको अर्थ तथा विकास समितिले बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र अन्तर्गतका निकायसँग सम्बन्धित प्रत्यायोजित विधायनको अध्ययन
मनै लोभ्याउने बुकी फूल
बुकी फूल भन्नाले हिमाली क्षेत्रका पाटनमा बर्सातको समयमा फुल्ने फूललाई जनाउँछ । स्थानीय बासिन्दाले हिमाली क्षेत्रका पाटनलाई बुकी भन्ने हुँदा त्यहाँ फुल्ने फूललाई बुकी फूल भन्ने गरिएको हो । अन्यत्रको तुलनामा ढोरपाटन सिकार आरक्ष क्षेत्रभित्रका पाटन चौडा र समथर रहेकाले यहाँका पाटन बढी आकर्षक र मनमोहक देखिन्छन् । बुकी फुल र चाडपर्वको सम्बन्ध बुकी फूलको सम्बन्ध ढोरपाटन र आसपासका गाउँमा मनाउने चाडबाड र धर्म, संस्कृतिसँग
ढुङ्गा लागेर विद्यार्थीको मृत्यु
पूर्वी मकवानपुरको बकैयामा सडक माथिबाट खसेको ढुङ्गा लागेर एक जना विद्यार्थीको मृत्यु भएको छ । विद्यालयबाट घर फर्किँदै गर्दा बकैया गाउँपालिका–६ सानो ज्यामिरेमा बाटो माथिबाट खसेको ढुङ्गाले लागेर ८ वर्षीया सुष्मा थिङको मृत्यु भएको हो ।
घाँस बोकेर घरतर्फ आउँदै महिला
कञ्चनपुर, भदौ ८ गते । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ ढाँणका राना थारु समुदायका महिला खेतबाट घाँस लिएर घरतर्फ आउँदै । राना थारु समुदायका महिलाहरुले घर खर्च चलाउनका लागि बाख्रापालन गरेका छन् । तस्बिर : रासस
थारू बरघर
प्रज्ञा नेपाली बृहत् शब्दकोशका अनुसार ‘बरघर’ लाई ‘गाउँलेहरू मिलेर एक वर्षका लागि चुनेर बनाइएको मुखिया, गाउँको अगुवा, बडघर’ भनिएको छ । थारू गाउँको कार्यकारी प्रमुख बरघर हुन्छ । पश्चिम नेपालको कैलाली र कञ्चनपुरमा बरघरलाई ‘भलमन्सा’ भनिन्छ । बर्दिया, बाँके जिल्लामा यसलाई बरघर भन्छन् । दाङ, सुर्खेतमा यसलाई ‘मटावाँ’ भन्ने चलन छ । गैरथारू समुदायले बरघरलाई ‘बडघर’ भन्ने गरे पनि ‘बड’ को अर्थ थारूमा केही नलाग्ने भएपछि थारू अगुवाले यसलाई बरघरका रूपमा परिभाषित गरेका छन् । ‘बर’ भनेको ‘ठुलो’ अर्थ लाग्छ । ठुलो घर भएको सम्पन्न व्यक्ति बरघरको जिम्मेवारीमा रहने परम्परा भएकै कारण बरघर भनिएको विश्वास गरिन्छ । विकिपिडियाले भन्छ, ‘नेपालको पश्चिम तराईका थारू तथा बसाइँ सरेर आएका पर्वतेले मान्ने र सही निर्णय गर्नमा पोख्त व्यक्तिलाई आफ्नो बरघरका रूपमा चयन गर्ने चलन छ । यस्ता बरघर एकताको प्रतीक पनि मानिन्छन् । यी बरघरले प्रत्येक गाउँमा हुने गरेका कामका
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बाहिङ भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बाहिङ भाषा
बजेट सुनिश्चित नगरी बोलपत्र नखोलिने
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विगतमा जे जस्तो भए पनि अबदेखि बजेटको सुनिश्चित नगरी नयाँ योजनाको बोलपत्र नखोल्ने उद्घोष गर्नुभएको छ । उहाँले विगतमा हचुवाका भरमा बोलपत्र खोल्दा अहिलेसम्म धेरै योजना अलपत्र परेको बताउनुभयो । यसो हुँदा निर्माण व्यवसायी तथा सरकारमाथि दोष थुपार्ने प्रवृत्ति बढेको हुँदा अबदेखि बजेट सुनिश्चित नगरी बोलपत्र नखोल्ने अवस्थामा सरकार पुगेको बताउनुभयो । कर्णाली प्रदेश निर्माण व्यवसायी महासङ्घको पाँचौँ वार्षिक साधारण सभामा बोल्दै मुख्यमन्त्री कँडेलले बजेटको सुनिश्चित नगरी योजनाको बोलपत्र खोल्दा काम सम्पन्न नहुँदै अलपत्र पर्ने गरेकाले वर्तमान प्रदेश सरकारले त्यस्तो गल्ती नगर्ने जनाउनुभयो । उहाँले विगतका योजना पूरा गरेर मात्रै नयाँ बोलपत्र खोलिने पनि बताउनुभयो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित भोजपुरी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित भोजपुरी भाषा
अण्डाको माग बढ्यो, मूल्य बढाइयो
अण्डाको माग बढेको छ । साउनमा व्रत बस्ने र चोखो खाने धार्मिक मान्यतालगायतका कारण अण्डा उपभोग घटेकोमा भदौ लागेसँगै माग बढेको व्यवसायीले बताएका छन् ।
व्यवस्थित भएन घोडाघोडी मन्दिरको आम्दानी
विश्व सिमसार क्षेत्र घोडाघोडी जैविक विविधतासँगै धार्मिक दृष्टिले समेत महत्वपूर्ण मानिन्छ । थारू र पहाडी समुदायका पुजारी रहने घोडाघोडी धार्मिक क्षेत्रमा मन्दिरैपिच्छे पुजारी बस्ने गरेका छन् । विशेष तिथि तथा पर्वमा भिडभाड हुने घोडाघोडी धार्मिक क्षेत्रमा टाढा टाढाबाट समेत दैनिक दर्शन गर्न धार्मिक पर्यटक आउने गर्छन् तर मन्दिरको आम्दानी भने अहिलेसम्म लेखाजोखा सार्वजनिक गरिएको पाइँदैन । घोडाघोडी धार्मिक क्षेत्रमा मुख्य गरी घोडाघोडी देवीको मुख्य मन्दिर भए पनि यहाँ शिव, विष्णु, दुर्गा भगवती, हनुमान, महोन्याल बाबाको अलग अलग मन्दिर रहेका छन् । मुख्य घोडाघोडी मन्दिर र होमकुण्ड शिव मन्दिरमा बढी भक्तजनको भिडभाड हुने गर्दछ । जनैपूर्णिमाको दिन मात्र होमकुण्ड शिव मन्दिरमा आउने दर्शनार्थीले रक्षाबन्धन बाँधेबापतको १८ हजार दक्षिणा उठेको उक्त मन्दिरका पुजारी शङ्करप्रसाद सन्ज्यालले बताउनुभयो । उहाँले सनातन धर्म संस्कृति वेदविद्या आश्रमको बैङ्क खातामा उक्त रकम जम्मा गरेको
बाढी सुकेपछि घर फर्कन थाले विस्थापित
घर डुबेपछि विस्थापित भएका कैलालीका बाढी प्रभावित घर फर्कन थालेका छन् । बाढी घटेकाले दुई दिनपछि स्थानीय आआफ्नो घर फर्कने क्रम सुरु भएको हो तर घरभित्र हिलो भएका कारण कतिपयको बास अझै सडकमै रहेको छ । अविरल वर्षाका कारण कैलालीको कैलारी गाउँपालिकासहित भजनी नगरपालिकाको अधिकांश भूभाग बुधबारदेखि जलमग्न भएको थियो । बाढी घट्दै गएपछि प्रभावितको जनजीवन केही सहज बन्न थालेको छ । मोहना, कान्द्रा, पथरैया, काँढालगायतका साना ठुला नदीनालामा आएको बाढीले डुबान गरेपछि सो पालिकाको सबै वडाका ७५० घरपरिवार विस्थापित भएका थिए । प्रभावितहरू हुलाकी राजमार्ग, सुरक्षित भवन, आफन्तको घरमा बस्न बाध्य भएका थिए । डुबानबाट भजनी नगरपालिकामा मात्रै चार हजार ३३७ घरपरिवार प्रभावित भएको जनाइएको छ ।