तनहुँ बस दुर्घटना : सबै शव भारत पठाइयो
शुक्रबार तनहुँमा भएको बस दुर्घटनामा ज्यान गुमाएका २७ यात्रुको शव भारत पठाइएको छ । मृतकमध्ये २५ वटा शव भारतीय सेनाको विशेष विमानबाट महाराष्ट्र पठाइएको हो । अन्य दुई शव भने स्थलमार्ग हुँदै उत्तर प्रदेशको गोरखपुर पठाइएको छ ।
हरियाली धानखेत
नुवाकोटको विदुर नगरपालिका–४ स्थित हरियाली धानखेत । जिल्ला सदरमुकाम र बाक्लो बस्तीको बिचमा स्थानीय किसानले लगाएको कृषिबालीले बजारक्षेत्रको समेत सौन्दर्ययता बढाएको छ ।
बाढीले विस्थापित करिब तीन लाख बङ्गलादेशी आपत्कालीन आश्रय स्थलमा
भारी वर्षाले निम्त्याएको बाढीका कारण विस्थापित भएका करिब तीन लाख बङ्गलादेशी नागरिकले आपत्कालीन आश्रयमा शरण लिइरहेको विपद् व्यवस्थापन अधिकारीहरूले शनिबार बताएका छन् ।
कान्ति तालमा मोटरबोट नचलाउन दबाब, चरा पार्क बनाउन विज्ञको माग
विश्वमै दुर्लभ मानिने चरा सारसको प्रजनन् गर्ने ठाउँ बनेको नेपालगन्जको कान्ति तालमा मोटरबोट नचलाउन स्थानीयले दबाब दिएका छन्।
नाइजेरियामा अपहरणमा परेका २० जना मेडिकल विद्यार्थीको उद्धार
अपहरणमा परेका २० जना नाइजेरियाका मेडिकल विद्यार्थी एक हप्ताभन्दा लामो समयपछि उद्धार गरिएको प्रहरीले शनिबार जनाएको छ ।
बल्दे–अम्कोट सडक मर्मत कार्य तीव्र
बाजुराको साँफे–मार्तडीअन्तर्गत पर्ने बल्दे–अम्कोट सडकको मर्मत कार्य तीव्र रूपमा अघि बढाइएको छ । गत वर्ष लामो समयदेखि अवरुद्ध बन्दै गएको यो सडक अवरुद्ध नहुनदिने गरी सडक डिभिजन कार्यालय अछामले मर्मत कार्य तीव्र रूपमा अघि बढाइएको हो ।
मध्यविन्दुमा ‘हाम्रो खुसी’ पाठ्यक्रम सुरु
नवलपुरको मध्यविन्दु नगरपालिकाले ‘हाम्रो खुसी’ पाठ्यक्रम सुरु गरेको छ । स्थानीय पाठ्यक्रमलाई निरन्तरता दिँदै सबै शिक्षक र विद्यार्थी खुसीसाथ विद्यालय हाता भित्र प्रवेश गर्ने र नगरवासीलाई नै खुसी के हो भनेर जोड्ने गरी ‘हाम्रो खुसी’ पाठ्यक्रम नेपालमा नै पहिलो पटक सुरु गरिएको जनाइएको छ ।
सप्तरीमा सवारी दुर्घटनामा एकको मृत्यु, एक घाइते
सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिका–५ स्थित कोशी बाँधको सडकमा शनिबार मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।
दिक्तेल बजारमा वृहत् लाखे नाच प्रदर्शन
खोटाङको दिक्तेलबजारमा वृहत् लाखे नाच प्रदर्शन गरिएको छ । जिल्ला सदरमुकाममा दिक्तेलबजार सामाजिक गुठीको आयोजनामा शनिबार विभिन्न ठाउँको लाखे नाच प्रदर्शन गरिएको हो ।
प्युठानमा दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
प्युठानमा सवारी दुर्घटना र मानवीय क्षति घटेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो दुई वर्षमा प्युठानमा दुर्घटना र त्यसबाट हुने मानवीय क्षति घट्दो क्रममा रहेको देखिएको हो ।
सामाजिक सुरक्षा भत्ता : ज्येष्ठ नागरिकको परिचयपत्र नवीकरण घरमै
आँधीखोला गाउँपालिकाले प्रदेश राजधानी पोखरा पुगेर सामाजिक सुरक्षा भत्ताको परिचयपत्र नवीकरण गरेको छ। नागरिकलाई सङ्घीयताको प्रत्याभूति र घरघरमा सेवा दिने उद्देश्यले पालिकाले पोखरा महानगरपालिका–१७ बिरौटा पुगेर परिचयपत्र नवीकरण गरेको हो।
प्रधानमन्त्रीलाई टरीगाउँ विमानस्थल स्तरोन्नतिका लागि आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष दाङका राजनीतिक नेता, सांसद र स्थानीय तहका जनप्रतिनिधि एवम् निजी क्षेत्रका प्रतिनिधिले तुलसीपुरको टरीगाउँ विमानस्थल स्तरोन्नतिसहित जिल्लाको समग्र आर्थिक र भौतिक विकासबारे शनिबार ध्यानाकर्षण गराउनुभएको छ ।
भलिबल खेलाडीलाई सङ्घको सम्मान
नेपाल भलिबल सङ्घले काभा महिला नेसन्स लिग भलिबल प्रतियोगितामा उपविजेता बन्न सफल राष्ट्रिय महिला टोलीका खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।
जेभालेमा आन्तरिक पर्यटकको आकर्षण (फोटो फिचर)
चट्टानी पहाडको टाकुरो । टाकुरामा ठुलठुला ढुङ्गा । तिनै ढुङ्गा काटेर आकर्षक रूपमा कुदिएका किरात, हिन्दु र बौद्ध धर्मावलम्बीले मान्ने देवता ।
आरोप पुष्टि नहुने गरी प्रमाण बुझाएको छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू संलग्न नभएको कागजपत्र छानबिन समितिलाई बुझाएको बताउनुभएको छ ।
तनहुँ बस दुर्घटना : शव भरतपुर विमानस्थल पठाइयो
दुर्घटनामा परी ज्यान गुमाएका भारतीय यात्रुको शव भारत लैजान भरतपुर विमानस्थल लैजान थालिएको छ ।
बस दुर्घटनाका घाइतेको उपचारप्रति भारतीय राज्यमन्त्रीद्वारा सन्तोष व्यक्त
भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेले मर्स्याङ्दी नदी किनारामा भएको भारतीय पर्यटक सवार बस दुर्घटनाका घाइतेहरूको उपचारप्रति सन्तोष व्यक्त गर्नुभएको छ ।
आचार्य कृष्णलाई सम्मान
धनगढी उपमहानगरपालिकाले आचार्य कृष्ण दमाईलाई आज सम्मान गरेको छ । सो पालिकाले नगद एक लाख ५१ हजार रुपियाँ सहयोगसहित सम्मान गरेको हो ।
इरानमा बस दुर्घटनामा परी मृत्यु भएका पाकिस्तानी तीर्थयात्रीको शव स्वदेश फिर्ता
प्रमुख शिया मुस्लिम अनुष्ठानमा जाने क्रममा इरानमा बस दुर्घटनामा परी मृत्यु भएका २८ जना पाकिस्तानी तीर्थयात्रीको शव स्वदेश फिर्ता ल्याइएको छ ।
अमेरिकाद्वारा युक्रेनलाई थप सैन्य सहयोगको घोषणा
अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँगको वार्ताका क्रममा कियभका लागि १२ करोड ५० लाख डलर मूल्यको थप सैन्य सहयोगको घोषणा गर्नुभएको छ ।
डब्लुएचओद्वारा एमपक्स नियन्त्रण योजनाको घोषणा
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले शुक्रबार एमपोक्स भाइरसको नयाँ अधिक सङ्क्रामक ‘क्लेड १ बी’ भेरियन्ट नियन्त्रणका लागि आगामी छ महिनामा कम्तीमा १३ करोड ५० लाख अमेरिकी डलर लागतको प्रकोप नियन्त्रण योजना घोषणा गरेको छ ।
कायरोमा जारी गाजा युद्धविराम वार्तामा प्रगति भइरहेको अमेरिकाको दाबी
संयुक्त राज्य अमेरिकाले शुक्रबार इजिप्टको सीमामा इजरायली सेनाको उपस्थिति प्रमुख अवरोधका रूपमा देखापरेपछि गाजा युद्धविराम वार्ताको पछिल्लो चरणमा प्रगति भएको अमेरिकाले बताएको छ ।
संसद्को भूमिका बदल्न कार्यकारी राष्ट्रपतीय पद्धतिमा जानुपर्छ : जनार्दन शर्मा
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव, पूर्वमन्त्री एवम् रुकुम पश्चिमका प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले संसद्को भूमिका बदल्न कार्यकारी राष्ट्रपतीय पद्धतिमा जानुपर्ने विषयमा आफूले बहस गरिरहेको बताउनुभएको छ ।
नुहाउन गएका बालकको पोखरीमा डुबेर मृत्यु
सर्लाहीको ब्रह्मपुरीमा शनिबार बिहान पोखरीमा नुहाउन गएका एक बालकको डुबेर मृत्यु भएको छ । ब्रह्मपुरी गाउँपालिका–२, निवासी सञ्जय साहका छोरा ६ वर्षीय अङ्कित साहको पोखरीको पानीमा डुबेर मृत्यु भएको हो ।