सुनको मूल्य तोलामा एक हजारले वृद्धि
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु. एक लाख ५१ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५२ हजार चार सय निर्धारण भएको छ ।
मुख्यमन्त्री सिंहद्वारा प्रादेशिक अस्पतालको निरीक्षण
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बिरामीको उपचारमा ढिलासुस्ती र हेलचेक्रयाइँ भइरहेको गुनासा आएपछि शनिबार राति ११ बजे प्रादेशिक अस्पतालको निरीक्षण गर्नुभएको छ ।
करेन्ट लागेर बालकको मृत्यु
फिदिम नगरपालिका –२ पल्लोटारमा करेन्ट लागेर १५ वर्षीय एक जना बालकको मृत्यु भएको छ ।
तुम्लिङटार विमानस्थल र आसपासको क्षेत्र
भोजपुरको षडानन्द नगरपालिका वडा नं १२ पात्लेधाराबाट आइतबार बिहान लिएको अरुण उपत्यकामा पर्ने सङ्खुवासभाको खांदबारीमा अवस्थित तुम्लिङटार विमानस्थल र आसपासको क्षेत्र ।
निगुरो व्यापार : लगानी बिना नै लोभलाग्दो आम्दानी
पर्याप्त पोषणतत्व भएको निगुरोलाई गृहिणीहरू स्वादिलो तरकारी र अचारको सूचीमा राख्ने गरेका छन् । हाम्रो देशमा निगुरोको अचार नखाने विरलै होलान् । निगुरो पाइने याममा प्रायः गृहिणीले हाटबजारमा यो बहुपयोगी वनस्पति किन्ने गरेका छन् ।
चेपाङको घरमा हात्तीले गर्याे क्षति
पश्चिम मकवानपुरको मनहरीमा जङ्गली हात्तीले घरमा क्षति गरेको छ । शनिवार राति साढे ९ बजे मनहरी गाउँपालिका –८, सिमपानीस्थित माइला चेपाङको जस्ताले छाएको काठको एक तले घरमा आंशिक क्षति गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
व्यावसायिक रुपमा भेडापालन
जाजरकोट, भदौ ९ गते । जाजरकोटको बारेकोट गाउँपालिका–४ स्थित लाग्ना पाटनमा चरिचरनका लागि गोठ बनाएर राखिएका भेडा । यहाँका किसानले व्यावसायिक रुपमा भेडापालन गर्दै आएका छन् । तस्बिरः रासस
शङ्कास्पद् वस्तुभित्र माटो
पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटिएको छ ।
मुगुमा ५७ प्रतिशत गर्भपतन असुरक्षित
मुगुमा ५७ प्रतिशत महिलाले सुरक्षित गर्भपतनको सेवा लिने गरेको पाइएको छ । १ वर्षको तथ्याङ्क हेर्दा यस्तो देखिएको हो ।
बिग्रँदै माटोको स्वास्थ्य
अहिले स्थानीय तहमा मौलाएको नारा हो ‘सोइल टेस्ट’ अर्थात् माटोको परीक्षण । हरेक वर्ष स्थानीय तहले माटोको परीक्षणकै लागि भनेर लाखौँ रुपियाँ खर्च गर्दछन् । माटो परीक्षणपछिको नतिजा कस्तो आयो भनेर सार्वजनिक चाहिँ गरिँदैन तर सत्य के हो भने प्रतिवर्ष नेपालमा माटोको अवस्था बिग्रँदै गएको छ । मानिसले आफ्नो स्वास्थ्य जाँच नियमित रूपमा गराउँछन् होला तर आफूले दैनिक रूपमा उपभोग गर्ने खाद्यान्न, तरकारीबाली उमार्ने माटोको स्वास्थ्यका बारेमा भने त्यति धेरै ध्यान दिइँदैन । हामीले माटो
मुलाको सर्वव्यापकता
मुला सर्वव्यापी छ । सर्वत्र मुला छाएको देखिन्छ । खान मात्र होइन गाली गर्नसमेत मुला नै प्यारो भएको छ । मुला पार्टीहरू । मुला नेताहरू ।’ मुलाहरू काम नपाएर सडकमा नारा जुलुस गर्छन् ।
रामेछाप पहिरो : छजनाको शव भेटियो, चारजनाको खोजी हुँदै
रामेछापको दोरम्बा सैलुङ गाउँपालिका–३ टोकरपुर स्थित लेखर्कमा पहिरोले बस्ती बगाउँदा हराएका मध्ये ६ जनाको लास भेटिएको छ । एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । अविरल वर्षापछि शनिवार राति ११ः४५ बजेको समयमा गाउँभन्दा माथिबाट आएको पहिरोले लेखखर्कका ४ घर बगाउँदा हराएका ११ जनामध्ये अहिलेसम्म ६ जनाको लास भेटिएको, एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको र बाकी ४ जनाको खोजी भइरहेको दोरम्बा सैलुङ गाउँपालिका–३ का वडा सदस्य तुल प्रसाद कँडेलले जानकारी दिनुभयो ।
जब अपहरित विमान नै दुर्घटना भयो
सन् १९९६ मा इथियोपियन एयरलाइन्सको फ्लाइट–९६१ ले उडान भरेको २० मिनेट के भएको थियो तीन जना इथियोपियालीले आफ्नो कब्जामा लिएका थिए । ती मानिसले जबरजस्ती ककपिटमा घुसेर पाइलटलाई नियन्त्रणमा लिए र विमान अपहरण गरे । उनीहरूले ककपिटबाट एउटा सानो बन्चरो र आगो निभाउने यन्त्र लिएर सबैलाई धम्क्याउँदै विमान नियन्त्रणमा लिएका थिए । हाइस्कुल उत्तीर्ण गरेका दुई जना र एक जना नर्सका रूपमा पछि उनीहरूको पहिचान खुल्यो । ती सबै बेरोजगार थिए । उनीहरूले अपहरित विमानलाई अस्ट्रेलिया लैजान पाइलटलाई दबाब दिए । अस्ट्रेलिया पुगेर उनीहरू शर
खेल दर्शकबाट तेह्र लाख सङ्कलन
ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्ड कप फुटबल प्रतियोगितामा टिकट बिक्री गरेर हालसम्म साढे तेह्र लाख रुपियाँ बढी रकम सङ्कलन भएको छ । प्रतियोगिताको सेमिफाइनल सम्ममा टिकट बिक्रीबाट कुल १३ लाख ६३ हजार सात सय रुपियाँ सङ्कलन भएको हो ।
विचित्रका आँखा
वरपरको संसारसँग अन्तक्र्रिया गर्ने मुख्य अङ्ग हो आँखा । हाम्रो ज्ञानको ८० प्रतिशतभन्दा बढी भाग आँखा वा यसको दृश्य प्रभावबाट प्राप्त हुन्छ । लगभग ९५ प्रतिशत जनावरमा आँखा हुन्छ । यहाँसम्म कि एउटा हलिउडमा एउटा चलचित्रको नाम नै ‘हिल्स ह्याभ आइज’ (पहाडको आँखा हुन्छ) राखिएको छ । शाब्दिक रूपमा भन्नुपर्दा अङ्कुरित आलुको पनि आँखा हुन्छ । यहाँ केही विचित्रका आँखाका बारेमा चर्चा गर्न खोजिएको छ ।
सवारी दुर्घटनामा वडाध्यक्ष यादवको मृत्यु
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष यादवको मोटरसाइकल दुर्घटनामा आज बिहान मृत्यु भएको हो ।
मङ्गलसेन–ठाटीखाँद सडकखण्ड पहिरोले अवरुद्ध
मध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत मङ्गलसेन–ठाटीखाँद खण्डमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ । शनिबार रातिदेखि भएको अविरल वर्षाका कारण पहिरो खस्दा मङ्गलसेन–ठाटीखाँद सडक अवरुद्ध भएको हो । उक्त सडकको ठूलासैन नजिकैको चिण्डे वनमा केही भाग भासिएको छ ।
सेती नदी कटानले अन्त्यकर्मका लागि सतीघाट पुग्न समस्या
सेती नदीको कटानका कारण पोखरा महानगरपालिका–३२ स्थित सतीघाटमा बाटो भत्कँदा समस्या भएको छ ।
बुढीगङ्गामा सरसफाइ शुल्क अनिवार्य
बुढीगङ्गा गाउँपालिकाले सेवा नलिएका सर्वसाधारण नागरिकबाट पनि जबरजस्ती सरसफाइ शुल्क असुल्ने गरेको छ । सर्वसाधारण नागरिकलाई सेवाका बारेमा जानकारी नै नदिई गाउँपालिकाले एकीकृत सम्पत्ति करमा जोडेर सरसफाइ शुल्क असुल्ने गरेको हो ।
कर्णाली राजमार्गको दुर्दशा : मर्मत सधैँ हुन्छ तर कहिल्यै टिक्दैन
सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्गको जोखिम कहिल्यै नहट्ने भएको छ । हिउँदमा धुलाम्मे र बर्खामा हिल्लामे हुनु कर्णाली राजमार्गको विशेषता जस्तै भएको छ । पहिरो र खाल्टाखुल्टी हुनु कर्णाली राजमार्गको स्थायी समस्या हो । सरकारले बर्सेनि मर्मतका नाममा लाखौँ रकम खर्च गर्दै आएको भए पनि सडक जोखिम भने कम हुन सकेको छैन ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ताजपुरिया भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ताजपुरिया भाषा
पहिरोले मुख्य सडकहरू अवरुद्ध , स्कोर्पियो बगायो
म्याग्दी सदरमुकाम जोड्ने मुख्य सडकहरू अवरुद्ध भएका छन् । गयरातीदेखि परेको भारी वर्षाका कारण विभिन्न ठाउँमा पहिरो खस्दा बेनी–जोमसोम ,बेनी–दरबाङ ,बेनी–बागलुङ र बेनी–माल ढुङ्गा सडकमा सिधा यातायात अवरुद्ध भएको हो । बेनी–दरबाङ सडक अन्तर्गत मालिका–६,बाङ्गेभीरमा,मङ्गला–२,लाम्पाटामा तथा बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिकाको वडा नम्बर २को सिमाना घुमाउने पहिरोमा पहिरो खसेको छ ।
अरनिको राजमार्ग र जिरोकिलो मेलम्ची सडक खण्ड सुचारु
अविरल वर्षासँगै आएको पहिरोका कारण आइतबार बिहानदेखि अवरुद्ध रहेको अरनिको राजमार्ग र जिरोकिलो मेलम्ची सडक खण्ड सुचारु भएको छ । वर्षासँगै आएको पहिरोको कारण अवरुद्ध रहेका दुवै सडकमा आएको पहिरो र रुख हटाइएसँगै सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।
बाढीले गाडी बगायो, विद्यालय र ज्येष्ठ नागरिक आश्रमको भवनमा क्षति
शनिबार रातिको मुसलधारे वर्षाले बेनीबजार आसपासका क्षेत्रमा बाढीबाट प्रभावित भएका छन् । यहाँका विद्यालय, ज्येष्ठ नागरिक आश्रमको भवन, सडकलगायत भौतिक संरचनामा क्षति भएको छ ।