• ९ भदौ २०८१, आइतबार

सुनको मूल्य तोलामा एक हजारले वृद्धि

blog

काठमाडौँ, भदौ  ९ गते । ल स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु. एक हजारले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु. एक लाख ५१ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु. एक लाख ५२ हजार चार सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा रु. ३५ ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु. एक हजार आठ सय १५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु. एक हजार आठ सय ५० निर्धारण भएको छ ।  रासस