• ९ भदौ २०८१, आइतबार

जब अपहरित विमान नै दुर्घटना भयो

blog

सन् १९९६ मा इथियोपियन एयरलाइन्सको फ्लाइट–९६१ ले उडान भरेको २० मिनेट के भएको थियो तीन जना इथियोपियालीले आफ्नो कब्जामा लिएका थिए । ती मानिसले जबरजस्ती ककपिटमा घुसेर पाइलटलाई नियन्त्रणमा लिए र विमान अपहरण गरे । उनीहरूले ककपिटबाट एउटा सानो बन्चरो र आगो निभाउने यन्त्र लिएर सबैलाई धम्क्याउँदै विमान नियन्त्रणमा लिएका थिए । 

हाइस्कुल उत्तीर्ण गरेका दुई जना र एक जना नर्सका रूपमा पछि उनीहरूको पहिचान खुल्यो । ती सबै बेरोजगार थिए । उनीहरूले अपहरित विमानलाई अस्ट्रेलिया लैजान पाइलटलाई दबाब दिए । अस्ट्रेलिया पुगेर उनीहरू शरणार्थी बन्न चाहन्थे । विमानका क्याप्टेन ल्युल अबेटले अस्ट्रेलियासम्म पुग्नका लागि विमानमा इन्धन नभएको र निर्धारित गन्तव्यसम्म पुगेर फर्किनसम्मका लागि मात्र इन्धन भएको तथ्य उनीहरूलाई बुझाउन खोजे । क्याप्टेनले अस्ट्रेलियासम्म विमान पु¥याउन नसकिने भन्दाभन्दै पनि अपहरणकारीलाई उनको कुरामा रत्तिभर विश्वास भएन । 

सन् १९९६ नोभेम्बर २३ का दिन सो विमानले निर्धारित अन्तिम गन्तव्य आइभरी कोस्टको राजधानी अबिजानका लागि अदिस अबाबाबाट उडान भरेको थियो । 

फ्लाइट–९१६ का लागि निर्धारित उडान मार्ग थियो, केन्याको राजधानी नैरोबीमा एकछिन रोकिएर गणतन्त्र कङ्गोको ब्राजाभेल जाने । त्यहाँबाट नाइजेरियाको लागोस हुँदै अबिजान पुग्ने । दुई पाइलट, चालकदलका नौ सदस्य, एक मेकानिक र एक सय ६३ यात्रु लिएर बिहानको ११ बजेर नौ मिनेटमा विमानले बोले अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको थियो । दक्षिणतिर मोडिँदै विमान नैरोबीतिर लाग्यो र लगभग ३९ हजार फिट उचाइमा पुग्यो । त्यस अवस्थामा विमान अपहरणमा परेको थियो । अपहरणकारीले अनेक खालका धम्की दिँदै आफ्नो माग पूरा गराउन दबाब दिइरहे तर क्याप्टेनले उनीहरूलाई अलमल्याइरहे ।

आफ्नो कुरामा अडिग र क्रोधित अपहरणकारीले एमहारिक, फ्रान्सेली र अङ्गे्रजी भाषामा चेतावनी दिँदै भने, “यदि कसैले हाम्रो कार्यमा हस्तक्षेप गर्ने प्रयास गरेमा आफूसँग रहेको बम हामी प्रयोग गर्न बाध्य हुने छौँ र विमान आकाशमै पड्किने छ । पछि अधिकारीहरूले स्पष्ट पारे, जुन वस्तुलाई उनीहरूले बम भनेका थिए त्यो त ढाकिएको रक्सीको बोतल थियो ।”  

अन्तिम क्षणमा कोमोरसको मुख्य विमानस्थलमा अवतरण गर्न सकिने आशामा क्याप्टेन थिए तर उनी विमानलाई हिन्द महासागरमा ग्रान्डे कोमोरोको तटबाट करिब पाँच सय मिटर पर समुद्रमै अवतरण गराउनुपर्ने अवस्थामा पुगे र करिब ३२० किलोमिटर प्रतिघण्टाको गतिमा विमानले समुद्रको सतहलाई छोयो र दुर्घटनाग्रस्त भयो ।

क्याप्टेनले अपहरणकारीको माग अनुसार अस्ट्रेलियातिर विमान उडाएनन् । बरु अफ्रिकाको तटीय क्षेत्रको समानान्तर विमान उडाउन थाले तर अपहरणकारीले अझै पनि जमिन देखिँदै गरेको चाल पाएपछि क्याप्टेनलाई पूर्वतिर विमान मोड्न बाध्य पारे तर क्याप्टेन पनि के कम थिए उनले अपहरणकारीले चाल नपाउने गरी विमानलाई कोमोरस आइल्यान्ड्सतिर उडाउन थाले । 

लामो समयदेखि उडिरहेको विमानमा इन्धन सकिन लाग्यो । क्याप्टेनले इन्धन सकिन लागेको जानकारी दिँदा पनि अपहरणकारीले विश्वास गरेनन् र उडान निरन्तर गर्न दबाब दिइरहे । जतिभन्दा पनि नमानेपछि क्याप्टेनले विमानलाई एक क्षेत्रमा फन्को लगाउन थाले । अन्तिम क्षणमा कोमोरसको मुख्य विमानस्थलमा अवतरण गर्न सकिने आशामा क्याप्टेन थिए तर उनी विमानलाई हिन्द महासागरमा ग्रान्डे कोमोरोको तटबाट करिब पाँच सय मिटर पर समुद्रमै अवतरण गराउनुपर्ने अवस्थामा पुगे र करिब ३२० किलोमिटर प्रतिघण्टाको गतिमा विमानले समुद्रको सतहलाई छोयो र दुर्घटनाग्रस्त भयो । विमानमा यात्रु र चालकदलका सदस्य गरी १७५ जना थिए र तीमध्ये ५० जना मात्र जीवत रहे । ग्रान्डे कोमोरो एक पर्यटकीय टापु हो र त्यस दिन त्यहाँको तट पर्यटकले भरिएको थियो । डाइभिङ गर्ने, जेट स्किीमा रमाइलो गर्ने, तटमा रमाउने सबै त्यस दुर्घटनाको प्रत्यक्षदर्शी भए । दुर्घटनालगत्तै उद्धारमा खटिनेको कमी भएन तर दुर्घटना नै भयङ्कर भएकाले धेरै मानिसले ज्यान गुमाउनु प¥यो । बाँच्नेमा दुवै पाइलट पनि थिए । चालकदलका अन्य सात जनाको भने मृत्यु भयो । अपहरणकारीसमेत मरे ।    

एक भिडियोले त्यस भयावह विमान दुर्घटनालाई कैद गरेको थियो । विमान दुर्घटनासँगै यस भिडियोको पनि त्यतिबेला धेरै चर्चा भयो । टापुको तटमा बिदा मनाउन आउनेमा दक्षिण अफ्रिकाको एक दम्पती पनि थियो । विमान धेरै तल आउँदा तटमा भएका सबै मानिसको ध्यान त्यतातिर गयो । दक्षिण अफ्रिकीले कुनै विमान उडान प्रदर्शनी भइरहेको ठानेर आफ्नो हातमा भएको भिडियो क्यामरा त्यसतिर सोझ्याए । वास्तवमा उनले विमान दुर्घटना हुन लागेको सोचेका थिएनन्, प्रदर्शनीको भिडियो खिच्ने कोसिस गरेका थिए । उनले जसै क्यामरा चालु गरे ठूलो आवाज निकाल्दै विमान समुद्रमा बजारियो । विमानको अवस्था देखेर उनलाई प्रदर्शनी होइन दुर्घटना हो भन्ने बुझ्न समय लागेन । 

–युवामञ्च