• ९ भदौ २०८१, आइतबार

चेपाङको घरमा हात्तीले गर्‍याे क्षति

blog

फाइल तस्विर

अनिल पराजुली

हेटौँडा, भदौ ९ गते । पश्चिम मकवानपुरको मनहरीमा जङ्गली हात्तीले घरमा क्षति गरेको छ । शनिवार राति साढे ९ बजे मनहरी गाउँपालिका –८, सिमपानीस्थित माइला चेपाङको जस्ताले छाएको काठको एकतले घरमा आंशिक क्षति गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार सो स्थानमा मध्यवर्ती क्षेत्र पर्सा पदमपोखरी सेक्टर लामिटारबाट नेपाली सेनाको टोली, प्रहरी र स्थानीय पुगेका छन् । राति नै स्थानीयको सहयोगमा हात्तीलाई जङ्गलतर्फ लखेटिएको बताइएको छ । मानवीय क्षति भएको छैन । 

केहीदिन अघि मनहरी –६ प्रतापपुरमा गोठमा बाँधेको भैंसीसँग जुधेर एउटा बाघ मरेको थियो । पछिल्लो समय मकवानपुरको मनहरी गाउँपालिकामा जङ्गली जनावर बाघ, गैँडा, हात्ती लगायतको आक्रमण बढ्दो छ । यस क्षेत्रका सर्वसाधारण जङ्गली जनावरको त्रासमा रहेको स्थानीयको भनाइ छ ।