माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क बनाउने योजना छ : मन्त्री भट्टराई
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले माध्यमिक तहसम्मको शिक्षालाई अनिवार्य र निःशुल्क बनाउने सरकारको योजना रहेको बताउनुभएको छ।
१० लाख बढीको अवैध सामान नष्ट
भारतबाट अवैध रूपमा भित्र्याइएका १० लाख रुपियाँ भन्दा बढीको अवैध सामानलाई नेपालगन्ज भन्सार कार्यालयले नष्ट गरेको छ।
वातावरणीय प्रभावलाई ध्यानमा राखेर विकास निर्माणलाई अगाडि बढाउनुपर्छ
उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले वातावरणीय प्रभावलाई ध्यानमा राखेर विकास निर्माणको कामलाई द्रुत गतिमा अगाडि बढाउनुपर्ने बताउनुभएको छ।
भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी काम गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री ओलीले आइतबार यस्तो निर्देशन दिनुभएको हो।
मुख्य प्रशिक्षकमा भट्ट र योन्जन
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले भलिबल र तेक्वान्दो खेलको मुख्य प्रशिक्षक नियुक्त गरेको छ । राखेपले भलिबलको नयाँ मुख्य प्रशिक्षकमा जगदिश भट्ट र तेक्वान्दोको मुख्य प्रशिक्षकमा पूर्ण योन्जनलाई जिम्मेवारी दिएको हो ।
एक वर्षमा ८ सय २१ धारा निर्माण
छत्रेश्वरी गाउँपालिकामा एक वर्षमा ८ सय २१ धारा निर्माण भएका छन् । एक घर एक धारा को अभियानमा रहेको छत्रेश्वरीले आर्थिक वर्ष २०८०।०८१ मा मात्रै ८ सय २१ घरधुरीमा खानेपानी धारा निर्माण गरेको हो ।
भूकम्प प्रभावित नागरिकलाई अवरोधरहित राहत उपलब्ध गराउँछौँ : गृहमन्त्री
राष्ट्रिय सभा बैठकमा गृहमन्त्री रमेश लेखकले जाजरकोट भूकम्प प्रभावितले सहज रूपमा राहत उपलब्ध गराउन सरकार दत्तचित्त भएर लागिरहेको बताउनुभएको छ ।
गाउँमै पुगेर स्वास्थ्य सेवा प्रदान
जिल्लाको चम्पादेवी गाउँपालिकाले गाउँ गाउँ पुगेर स्वास्थ्य सेवा प्रदान गरेको छ । गाउँपालिकाले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेर गाउँ गाउँका जनतालाई स्वास्थ्य सेवा दिएको हो ।
चङ्खेली जिप दुर्घटना : थप एक जनाको मृत्यु
गत भदौ ५ गते भएको चंखेली गाउँपालिकामा भएको जिप दुर्घटनामा थप एक जनाको आइतबार मृत्यु भएको छ।थप मृत्यु हुनेमा चंखेली गाउँपालिका–२ तिलबहादुर शाहीको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको हो।
पर्यटक लोभ्याउने ‘ढोरपाटन बुकी’
अग्ला पहाडको शिरमा टक्क अडिएका समथर भू–भाग । कतै भिराला डाँडा, त कतै खोल्साखोल्सी । चारैतिर हरियाली । उत्तरतिर हेताम्य हिमाल । टाढा–टाढा छरिएर रहेका भेडीगोठ । भेडा र बाख्राका बथानले ढपक्क ढाकिएको बुकी हेर्न हजारौँ पर्यटक लालायित छन् । ढोरपाटनको बुकी हिजोआज चर्चामा छ ।
दोरम्बा पहिरो : शव परीक्षण गरी परिवारलाई बुझाइयो
रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ मा गएराति गएको पहिरोमा परी मृत्यु भएका छ जनाको शव घटनास्थमै परीक्षण गरी परिवारलाई बुझाइएको छ ।
साफ यु–२० फुटबल : नेपाल फाइनलमा
आयोजक नेपाल दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिप फुटबलकाे फाइनलमा प्रवेस गरेको छ ।
रेखीय पूर्वाधार निर्माण गर्दा पारिस्थितिक प्रणाली जोगाउन सुझाव
रेखीय पूर्वाधारको विकास गर्दा वन्यजन्तु, प्राकृतिक सम्पदाको संरक्षण तथा पारिस्थितिक प्रणालीमा ध्यान दिन विज्ञले सुझाव दिएका छन् । रेल मार्ग, सडक, विद्युत प्रसारणलगायतका पूर्वाधार निर्माण गर्दा पारिस्थितिक प्रणाली जोगाउन सुझाव दिइएको हो ।
विमानस्थलभित्र रहेको इन्धन भण्डारण तत्काल स्थानान्तरण सम्भव छैन : आयल निगम
नेपाल आयल निगम लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको इन्धन भण्डारण तत्काल स्थानान्तरण गर्न सम्भव नभएको बताएको छ ।
मिर्गौला पीडितलाई आर्थिक सहयोग
उत्तरी गोरखाको धार्चे गाउँपालिका–७ लापुबेशीका मिर्गौला पीडित ११ वर्षीया अनुजा गुरुङलाई आर्थिक सहयोग प्रदान गरिएको छ । धार्चे–७ लापुबेशीका स्थायी घर भएका हाल हङकङमा बसोबास गर्दै आएका तमु प्ये ल्हु सङ्घ प्रवास शाखा हङकङले गोरखा शाखामार्फत नगद सहयोग गरेको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो ।
अफगानिस्तानी सदाचार कानुनप्रति राष्ट्रसङ्घद्वारा चासो व्यक्त
अफगानिस्तानस्थित संयुक्त राष्ट्रसङ्घीय नियोगले तालिबानले हालै पारित गरेको सदाचारसम्बन्धी कानुनप्रति ‘चिन्तित’ रहेको बताएको छ ।
म्यानचेस्टर सिटी र आर्सनल विजयी
म्यानचेस्टर सिटी र आर्सनलले इङ्लिस प्रिमियर लिग फुटबलमा जित निकालेका छन् । घरेलु मैदानमा शनिबार राति भएको खेलमा सिटीले इप्सबिच टाउनलाई ४–१ गोलले हरायो । अर्को खेलमा आर्सनलले एस्टर्न भिल्लालाई उसैको मैदानमा २–० गोलले स्तब्ध बनायो ।
हाम्रो सहभागिता बिना संविधान संशोधन सम्भव छैन : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूको सहभागिता बिना संविधान संशोधन गर्ने सम्भावना नरहेको बताउनुभएको छ ।
दाहसंस्कारमा प्लाष्टिकजन्य पदार्थ प्रतिबन्ध
इलाम नगरपालिका–४ ले आफ्नो वडामा पर्ने पुवा खोलामा मानव शवको दाहसंस्कारमा गाडीको टायर तथा प्लाष्टिकजन्य पदार्थ प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।
ऐतिहासिक निशान पदमार्गको पहिचान अन्तिम चरणमा
इलाममा दुई सय वर्ष लामो इतिहास बोकेको निशान पदमार्ग पहिचान गरी कार्यान्वयनका लागि अन्तिम रूप दिइने तयारी भएको छ ।
अध्यक्ष नेपालबाट दुई सय ५१ केन्द्रीय सदस्यलाई शपथ
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठकमा दुई सय ५१ केन्द्रीय सदस्यको शपथ ग्रहण गराइएको छ । बैठकमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मनोनीत ती सदस्यलाई शपथ गराउनुभएको हो ।
महिला उद्यमीबाट उत्पादित सामग्रीको बिक्री तथा प्रदर्शनी
तीज पर्वका अवसरमा नुवाकोट उद्योग वाणिज्य सङ्घले ‘महिला उद्यमीले उत्पादन गरेको कृषि उब्जनी तथा हस्तकलाका सामग्री बिक्री तथा प्रदर्शनी’मा राखेको छ ।
किसानको पैसा दसैँ अगाडि नै उपलब्ध हुन्छ : कृषिमन्त्री अधिकारी
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले सबै किसानको पैसा दसैँ अगाडि नै उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा सहिद लखन प्रथम
गोरखामा रहेका ११ वटा स्थानीय तहहरूमध्ये सहिद लखन गाउँपालिका सबैभन्दा धेरै अङ्क ल्याएर स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा प्रथम भएको छ । गत आर्थिक वर्ष २०८०-२०८१ मा सहिद लखन गाउँपालिकाले ८४.२५ प्रतिशत अङ्क ल्याएर जिल्ला प्रथम हुन सफल भएको हो ।