• ९ भदौ २०८१, आइतबार

चङ्खेली जिप दुर्घटना : थप एक जनाको मृत्यु

blog

उपचारमा मृत्यु भएका तिलबहादुर शाही ।तस्बिर : सौजन्य सीता शाही

हुम्ला, भदौ ९ गते। गत भदौ ५ गते भएको चंखेली गाउँपालिकामा भएको जिप दुर्घटनामा थप एक जनाको आइतबार मृत्यु भएको छ।थप मृत्यु हुनेमा चंखेली गाउँपालिका–२ तिलबहादुर शाहीको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको हो।

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा गम्भीर घाइते शाहीको मृत्यु भएको हो।चंखेली गाउँपालिका– २ गौरीसल्लामा भएको बोलेरो जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले बताउनुभयो। 

उहाँ लगायत चार जनालाई जिप दुर्घटना भए लगत्तै हेलिकोप्टर मार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको थियो। उपचारकै क्रममा यसअघि  भदौ ६ गते घाइते रमेश मल्लको मृत्यु भइसकेको थियो।

अन्य घाइते मध्ये तीन जनाको मुगुको सदरमुकाम गमगढीमा जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने अन्य दुई जनाको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ।उहाँहरूको उपचारको लागि चंखेली गाउँपालिकाले हेलिकोप्टरमार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उद्धार गरेको थियो ।