• ३० असार २०८२, सोमबार

भारतमा आँप बोकेको लरी पल्टिँदा नौ को मृत्यु, ११ जना घाइते

blog

नयाँदिल्ली, असार ३० गते । दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशमा आँप बोकेको लरी पल्टिँदा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै अन्य ११ जना घाइते भएको प्रहरीले सोमबार जनाएको छ । आन्ध्र प्रदेशको राजधानी अमरावतीबाट करिब ३८७ किलोमिटर दक्षिणपश्चिममा रहेको अन्नामया जिल्लाको पुल्लमपेटा क्षेत्रमा आइतबार राति दुर्घटना भएको हो ।

“करिब ४० टन आँप तथा २० जना कामदारहरू लोडको माथि बसेको लरीले नियन्त्रण गुमाइ दुर्घटना भएको एक प्रहरी अधिकारीले बताएका छन् । प्रहरीले लरी पल्टिएपछि आँपका टोकरीहरू मजदुरहरू माथि परेका कारण केहीको निधन भएको र केही कामदार घाइते भएको जनाएको छ । दुर्घटनापछि स्थानीय र आपतकालीन कर्मचारीले घाइतेहरूलाई उद्धारका गरी अस्पताल पुर्याएको जनाएका छन् । 

प्रहरीले ओभरलोडिङ्का कारण दुर्घटना भएकको जनाएको छ भने दुर्घटनाबाट बाँचेका चालकले विपरीत दिशाबाट आउँदै गरेको कारमा ठोक्किनबाट बच्ने प्रयास गर्दा लरीले नियन्त्रण गुमाएको बताएका छन् । रासस/सिन्ह्वा