उद्धार गर्न चिठी पठाउँदा...
समुद्री सतहबाट चार हजार आठ सय मिटर उचाइमा रहेको मुस्ताङको धार्मिकस्थल दामोदरकुण्डमा जनैपूर्णिमा पर्वका अवसरमा पूजाआजाका लागि यही भदौ २ गते त्यहाँ पुग्नुभएकी गण्डकी प्रदेशसभा सदस्य विमला गौचन लेक लागेर (अक्सिजन अभाव भएर) बिरामी पर्नुभयो ।
गाउँ जोड्ने सडक अवरुद्ध
बर्सातका कारण जिल्लाका ग्रामीण तथा कृषि सडक अवरुद्ध भएका छन् । पहिरोले सडक अवरुद्ध हुँदा पैदलयात्री तथा सवारीसाधन आवतजावतमा समस्या भएको हो । रुकुमपूर्वका तीन वटै स्थानीय तहका विभिन्न ग्रामीण तथा कृषि सडक अहिले पूर्ण रूपमा अवरुद्ध छन् । असारदेखि लगातार वर्षा भएकाले जिल्लाका विभिन्न खण्डका ग्रामीण सडक अवरुद्ध भएका हुन् । वर्षायाममा हरेक वर्ष पहिरोले ग्रामीण सडक अवरुद्ध हुने गरेको छ ।
घोराही–तुलसीपुर सडक : ठेक्का अनिश्चित सडक जीर्ण बन्दै
दाङमा निर्माणाधीन घोराही–तुलसीपुर चार लेन सडकको ठेक्का तोडिएको एक वर्षभन्दा बढी भयो । सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले काम नगरेर सडक अलपत्र पारेपछि २०८० जेठमा तत्कालीन सरकारले भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्टसँग ठेक्का सम्झौता रद्द गरेको थियो ।
संरक्षण गरिँदै बटौली बजार
बुटवलको पुरानो एवं ऐतिहासिक बजार बटौलीलाई सम्पदा संरक्षित क्षेत्रका रूपमा विस्तार गर्ने गरी संरक्षण गरिने भएको छ । बुटवल उपमहानगरपालिकाले त्यसका लागि सम्बन्धित पक्षसँग छलफल थालेको छ । बुटवलको वडा नं. १ र २ मा पर्ने पुरानो बजार ‘बटौली’ क्षेत्रलाई पुरानै अवस्था झल्काउने गरी पुनर्निर्माण गर्ने, सम्पदा संरक्षण गर्ने र बजारलाई स्थापित गर्ने योजनाका साथ बुटवल उपमहानगरपालिकाले छलफल थालेको हो ।
श्रीकृष्ण जन्माष्टमी : रजस्वला तथा बेल विवाह नभएका कन्यालाई पुजिँदै
श्रीकृष्ण जन्माष्टमीका अवसरमा आज काभ्रेमा करिब १० हजार कन्यालाई पुजिँदैछ । प्राचीन, ऐतिहासिकता बोकेको बनेपा सहरमा एक सय २२ वर्षअघि सुरु गरिएको ‘कन्यापूजा’ (रजस्वला नभएका १० वर्षमुनिका कन्यालाई)लाई हरेक वर्ष यही दिन पुजिँदै आइएको छ ।
छाडा पशुचौपाया व्यवस्थापन सुरु
नेपालगन्जका विभिन्न चोक र मुख्य सडकमा फेरि छाडा चौपाया बढ्दै गएपछि उपहानगरपालिकाले व्यवस्थापन सुरु गरेको छ । छाडा चौपायाकै कारण सडकमा आवागमन गर्न समस्या हुँदै गएको र दुर्घटनासमेत हुन थालेको जनगुनासोपछि व्यवस्थापन सुरु गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
किसानको गुनासो : खुर्सानीसमेत किनेर खानुपर्ने भो
कृषि क्षेत्रको उत्थानका लागि तिनै तहका सरकारले थुप्रै योजना सार्वजनिक गरेका छन् । घोषणा गरिएका कृषिसँग सम्बन्धित लोकप्रिय कार्यक्रम कार्यान्वयन हुन नसक्दा किसानका समस्या ज्युँका त्युँ रहेका छन् । जिल्लाको कृषि विकास कार्यालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, पालिकाका कृषि विकास शाखामा सरकारको प्रतिनिधित्व गर्ने यी कार्यालयले कृषि क्षेत्रमा कायापलट ल्याउने गरी कार्यक्रम तथा योजना घोषणा गरिएका भए पनि व्यवहारमा ती कार्यक्रम लागु हुन नसकेको किसानले गुनासो गर्न थालेका छन् ।
पुरस्कारको रकमबाट विद्यालयमा ‘इन्टरएक्टिभ टचस्क्रिन स्मार्ट बोर्ड’ जडान
म्याग्दी सदरमुकाम बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालयले शिक्षण सिकाइमा आधुनिक प्रविधिको प्रयोग गर्दै ‘स्मार्ट बोर्ड’बाट अध्यापन गराउन सुरुआत गरेको छ । विद्यालयमा सञ्चालित कक्षा ११ र १२ को विज्ञान विषयको पठनपाठनमा स्मार्ट बोर्डलाई प्रयोगमा ल्याइएको हो ।
भरतपुर महानगरको दुई सय ६६ विद्यार्थीले पूर्ण छात्रवृत्ति पाए
भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत दुई सय ६६ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति गरेको छ । ती विद्यार्थीलाई अनलाइन आवेदन माग गरी शिक्षा ऐन तथा भरतपुर महानगरको छात्रवृत्ति व्यवस्थापन कार्यविधिअनुसार छात्रवृत्तिमा छनोट गरिएको हो ।
सामान्य रोगबाट रङ्गेलीवासी मर्नु पर्दैन
रङ्गेली मोरङ जिल्लाको पुरानो सदरमुकाम हो । विराटनगरबाट २२ किलोमिटर पूर्वमा भारतसँग सात किलोमिटर सिमाना जोडिएको रङ्गेली नगरपालिका जिल्लाकै पुरानो बजार हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मारवाडी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मारवाडी भाषा
राष्ट्रपति पौडेल पाल्पा आउनुहुने
राष्ट्रपति रामचन्द्र पौडेल ऐतिहासिक भगवती जात्रा अवलोकनका लागि तानसेन आउनुहुने भएको छ । राष्ट्रपति पौडेल कृष्णा जन्माष्टमीको भोलिपल्ट तानसेनमा निस्कने ऐतिहासिक भगवती जात्राको अवलोकनका लागि भदौ ११ गते मङ्गलबार तानसेनमा आउनुहुने कार्यक्रम तय भएको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिनुभयो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अछामि भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अछामि भाषा
जलन उपचार निःशुल्क
मानव सभ्यताको आजसम्मको विकास आगोबिना असम्भव थियो । आगोले पोल्छ, यसको प्रयोग सावधानीपूर्वक गरिनु पर्छ भन्ने ज्ञान जोकोहीमा हुँदाहुँदै पनि थोरै मात्र असावधानी तथा लापर्बाही हुनासाथै मानव शरीरमा गम्भीर क्षति पुग्न सक्छ । यसको गुण नै पोल्नु, पकाउनु, गलाउनु, डढाउनु हो । विश्व स्वास्थ्य सङ्गठनले गत वर्ष सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार विश्वमा बर्सेनि एक करोड १० लाखभन्दा बढी मानिस जलनमा पर्ने गरेका छन् । नेपालमा पनि सानाठुला गरेर हरेक वर्ष ७६ हजारको
पाटनस्थित कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो
ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीका अवसरमा पूजा आराधनाका लागि बिहानदेखि नै मन्दिर दर्शनार्थीको घुइँचो लागेको हो ।
कार्यशैली सुधार्ने चुनौती
राजनीतिक दलहरू बैठकमा केन्द्रित छन् । बैठकका विषय आज वा भोलिको सत्ता केन्द्रित छ । नेतृत्व कसरी रहिरहने भन्ने छ । भोलि कसरी आफू नेतृत्वमा स्थापित हुने भन्ने छ । यी स्वाभाविक अभ्यास होलान् । हुनेले भइरहने र नहुनेले कसरी पुग्ने भन्ने लक्ष्य राख्नु आफैँमा गलत होइन । यसको कारण पनि छ, अधिकांश दलको नेतृत्व अन्तिम समयसम्म पदमा रहिरहने आकाङ्क्षाबाट मुक्त हुन सकेका छैनन् । अर्को समस्या नेतृत्व विकासका प्रक्रिया सहज र स्वाभाविक छैनन् । कुनै पनि नेताले म यो समयमा
सत्कर्मका प्रणेता
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको हो । त्यही दिनको सम्झनामा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको छ । यो रातलाई मोहरात्रि पनि भनिन्छ । वास्तवमा श्रीकृष्ण कुनै एक व्यक्ति वा साधारण मानिस नभई, समग्र अस्तित्वको प्रतिनिधित्व गर्ने परब्रह्म परमात्मास्वरूप हुनुहुन्छ । भनिन्छ, हरेक प्राणी भगवान्कै अंश हुन् । भगवान् श्रीकृष्णलाई सच्चिनानन्द पनि भनिन्छ । उहाँ सच्चिनानन्दकै अंश भएकाले सम्पूर्ण प्राणी आनन्दको खोजी गरिरहेका हुन्छन् अर्थात् भगवान्कै खोजी गरिरहेका हुन्छन् ।
पर्यटकीय क्षेत्र विकास गर्दै रोसी
काभ्रेपलाञ्चोकको रोसी गाउँपालिकाले गाउँपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको प्रवर्धन तथा विकासलाई प्राथमिकता दिइएको छ । गाउँपालिकाले पालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको पहिचान, प्रवर्धन तथा विकासका लागि विभिन्न संरचना निर्माणको कामलाई प्राथमिकता दिएको हो ।
अर्थतन्त्रको सुधार मार्ग
अर्थतन्त्र सुधारको बाटोमा गएको हो ? यो प्रश्नले यताका दिनमा बहस ल्याउन थालेको छ । कतिपयलाई लाग्छ, अर्थतन्त्रले गति लिन सकेको छैन । अर्थतन्त्रले गति लिन थालेको हो भने त आय, उत्पादन र रोजगारीमा प्रत्यक्ष प्रभाव देखाउन थाल्छ । अहिले पनि दैनिक दुई तीन हजार युवा बिदेसिने क्रम जारी नै छ । बिदेसिन क्रम नरोकिए
सामाजिक एकताको पर्व गौरा
यतिखेर सुदूरपश्चिमका नरनारी गौरा पर्वको आगमनको पर्खाइमा बसेका छन् । गौरा त्यस क्षेत्रको मौलिक र ऐतिहासिक पर्व हो । भदौ महिनामा पर्ने गौरा नारी प्रधान पर्व भएकाले यस बेला पुरुषभन्दा महिला बेफुर्सदिला हुन्छन्, । एकातिर खेतको साँउ (धानको बोट जस्तै घाँस) निकाल्नु, स्याउली सोत्तर गर्नु, अर्कोतिर गौरा माताको आगमनका लागि घर छिप्नु (पोत्नु) जस्ता काममा उनीहरू व्यस्त देखिन्छन् । बिसु पर्व (नयाँ वर्षको पहिलो दिन) मा रातो माटो र कमेरोले लिपपोत गरेको
देखिन छाडे ‘इन्जिनियर’ बायाँ तोप चरा
गाउँघरका घरवरिपरि नरिवल सुपारीलगायतका रुखमा झुन्डिरहेका सिप र कलाले भरिपूर्ण सुन्दर गुँड अचेल देखिन छाडेका छन् । सुन्दर गुँड बनाउने खुबी भएकैले ‘इन्जिनियर’ मानिने बायाँ तोप चरा डेढ दशकअघिसम्म ठुलै सङ्ख्यामा गाउँघरमा देखिन्थे । पोथी चरालाई आकर्षित गर्न कलात्मक गुँड बनाएर बस्ने चरा अहिले भने गाउँघरमा देखिन छाडेका छन् ।
धुम्रानाच खोज्दै गाउँतिर
थारू समुदायमा धुम्रानाचको सांस्कृतिक महत्व छ । समुदायको धार्मिक चित्रण, समुदाय र पारिवारिक एकता र परदेसिएका श्रीमान्सँगको बिछोड, प्रकृति जस्ता विषयलाई आधार बनाएर धुम्रानाच नाच्ने गरिन्छ । नटुवा, मृदङ्गिया, झाइल वादक र गबैयाको सहभागितामा नाचिने धुम्रानाचलाई समुदायमै गएर सङ्कलन गर्ने कार्य थालिएको छ ।
मनाइयो भैरव कुमारी जात्रा
दोलखामा भैरव कुमारी जात्रा मनाइएको छ । सांस्कृतिक परम्परा अनुसार भाद्र कृष्ण पक्ष द्वितीयादेखि षष्ठीसम्म पाँच रात मनाउने चलन रहेको छ । भैरव कुमारी जात्रामा भीमेश्वर नगरपालिका–२ स्थित राजकुलेश्वर तलेजु भवानी मन्दिरअगाडि घण्टाकर्णको स्वरूप बनाइन्छ । बाजागाजासहित देवी भगवतीको बलि पूजा गरिन्छ । घण्टाकर्णलाई देवी भगवतीको प्रसाद चढाएर दही चिउरा खुवाई खुकुरीले प्रहार गरी मारेर दोलखा सहरभन्दा केही पश्चिमतिरको खोल्सामा फ्याँकिन्छ । त्यसरी घण्टाकर्ण फ्याक्न लैजाँदा बाजागाजासहित लगिन्छ ।
आजको मौसमः देशभर वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानमा दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको जनाइएको छ ।