सन्तोष बने मिस्टर नेपाल
झापाका सन्तोष लोक्सम ‘मिस्टर नेपाल २०२४’ विजेता बन्नुभएको छ । लोक्समले नोभेम्बरमा भियतनाममा हुने ‘मिस्टर वल्र्ड–२०२४’ मा नेपालको प्रतिनिधित्व गर्नुहुने छ । नेक्स मोडल नेपालद्वारा आयोजित प्रतियोगिताको शनिबार राति सम्पन्न फाइनलमा भक्तपुरका योगेश श्रेष्ठ ‘मिस्टर ग्लोबल नेपाल–२०२४’ विजेता बन्नुभएको छ । योगेशले अक्टोबर महिनामा थाइल्यान्डमा हुने ‘मिस्टर ग्लोबल–२०२४’ मा नेपालको प्रतिनिधित्व गर्नुहुने छ ।
भारतीय कार दुर्घटनामा एक जनाको मृत्यु
तानसेनबाट रानीमहल जाँदै गरेको भारतीय नम्बरको कार गए राति दुर्घटनामा परेको छ । दुर्घटनामा परी एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत उत्तर प्रदेश बस्ने २८ वर्षका विकास पाठकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सौराहाको राप्तीमा देखियो दुर्लभ डल्फिन
पर्यटकीय नगरी सौराहा क्षेत्रमा केही दिनदेखि दुर्लभ जलचर ‘डल्फिन’ देखिन थालेको छ । नारायणी नदीको मेघौलीमा धेरै वर्षपछि गत वर्ष एक पटक डल्फिन देखिएको थियो तर सौराहाको राप्ती नदीमा पहिलो पटक खेल्दै गरेको अवस्थामा देखिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिनुभयो ।
सरकारी जागिर छाडेर बाबुछोरा कागज उद्योगमा
दाङको राप्ती गाउँपालिका–१, भालुवाङ निवासी ५६ वर्षीय डम्मर जिसीले नेपाली हाते कागजबाट गाउँमै राम्रो आम्दानी गरिरहनुभएको छ । २५ वर्ष स्वास्थ्य चौकी भालुवाङमा कार्यालय सहयोगीका रूपमा काम गर्नुभएका जिसीले अवकाशपछि डेढ वर्षअघि नेपाली कागज उद्योग सञ्चालन गर्नुभएको थियो । जागिरबाट अवकाश प्राप्त गरेपछि राप्ती गाउँपालिका–४, पिपरखुटीमा करिब ४५ लाख लगानी गरेर राप्ती कागज उद्योग सञ्चालन गरेका जिसीले उद्योगबाट राम्रो आम्दानीसँगै स्थानीय २० जनालाई रोजगारीसमेत दिनुभएको छ ।
डेडिकेटेड र ट्रङ्कलाइन विवादमा लेखा समिति अनिर्णीत
डेडिकेटेड र ट्रङ्कलाइन विवादमा संसद्को सार्वजनिक लेखा समिति अनिर्णीत बनेको छ । आइतबार समितिको बैठकमा समिति सभापति ऋषिकेश पोखरेलले राखेको निर्णय प्रस्तावमा सदस्य सांसदले असहमति जनाएपछि बैठक अनिर्णीत बनेको हो । सभापतिले पोखरेलले डेडिकेटेड र ट्रङ्कलाइन महसुलको प्रिमियमबापत २१ अर्ब ८४ करोड रुपियाँ हालसम्म असुल गर्न नसकेकोमा सम्बन्धित निकायका अधिकारीलाई कारबाही सिफारिस गर्ने प्रस्ताव गर्नुभएको थियो ।
खुल्यो म्यानपावर नवीकरणको बाटो
वार्षिक एक सयभन्दा कम श्रमिक वैदेशिक रोजगारीमा पठाउने वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी नवीकरण नहुने कानुनी प्रावधान छ । सरकारले लगातार चार वर्षदेखि वैदेशिक रोजगार ऐनको बाधा अड्काउ फुकाउसम्बन्धी व्यवस्था प्रयोग गरी वार्षिक एक सय जना श्रमिक पठाउन नसकेका म्यानपावर कम्पनीको इजाजत नवीकरण गर्दै आएको छ । सरकारले वैदेशिक रोजगार ऐन २०६४ को दफा ८२ ले दिएको अधिकार प्रयोग गरी बाधा अड्काउ फुकाउने आदेश, नेपाल राजपत्र प्रकाशित गरिसकेको छ । एक सय श्रमिक पठाउन नसकेका २५० वटा म्यानपावरको नवीकरणको बाटो खुलेको हो । विगत चार वर्षदेखि विभिन्न कारण देखाउँदै एक सय श्रमिक विदेश पठाउन नसकेका म्यानपावर पनि नवीकरण भएका थिए ।
तीन गुणाले बढ्यो विद्युत् खपत
मुलुकबाट लोडसेडिङ अन्त्य भई नियमित रूपमा विद्युत् आपूर्ति हुन थालेपछि विद्युत् (ऊर्जा) खपत तीन गुणाले बढेको देखिएको छ । आर्थिक वर्ष २०७२/७३ मा तीन अर्ब ७२ करोड युनिट ऊर्जा खपत भएकोमा गत आव २०८०/८१ मा १० अर्ब दुई करोड युनिट पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । आठ वर्षको अवधिमा देशभित्रको विद्युत् खपत छ अर्ब ५१ करोड युनिटले वृद्धि भएको हो । आठ वर्षअघि विद्युत् खपत वृद्धिदर नै ऋणात्मक थियो ।
गौरा पर्वले आपसी भाइचाराको सम्बन्धमा वृद्धि गरेको छः राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले गौरा पर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक आस्था र आपसी सद्भावलाई प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुभएको छ । गौरा पर्वको अवसरमा शुभकामना दिँदै उहाँले हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म नेपालको सुदूरपश्चिम क्षेत्रमा विशेषरुपमा मनाइने यस पर्वले विविधतामा एकता, सामाजिक एवं सांस्कृतिक ऐक्यवद्धता र सहिष्णुता अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पु¥याउँदै आएको बताउनुभएको छ ।
सबै पर्व सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर हुन्ः सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै पर्व हाम्रा सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर भएको उल्लेख गर्नुभएको छ । श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै उहाँले पर्वले समाजलाई भावनात्मक एकताको सूत्रमा बाँधी धार्मिक सहिष्णुता र आपसी सद्भाव कायम गर्दै सत्कर्म र मानव कल्याणमा लाग्न प्रेरित गर्दै आएको बताउनुभएको छ । “नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विविधतायुक्त विशेषताले भरिपूर्ण सुन्दर देश हो । यहाँ विभिन्न जातजातिका आ–आफ्नै विशिष्ट परम्परा, रहनसहन, रितिरिवाज र चाड–पर्व छन्, तिनले नेपालीलाई एकताको सूत्रमा बाँध्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्”, सन्देशमा भनिएको छ ।
भाद्रकृष्ण अष्टमीः श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै
वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यसदिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।
राष्ट्रपतिद्वारा शुभकामना
राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वले नेपाली समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्न सहयोग पु¥याउने बताउनुभएको छ । श्रीकृष्ण जन्माष्टमी पर्व २०८१ को शुभकामना दिँदै राष्ट्रपति पौडेलले त्यस्तो बताउनुभएको हो ।
प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन
राष्ट्रिय सभाले कर्णाली प्रदेशका भूकम्प प्रभावित जिल्लाको स्थलगत अध्ययन, अवलोकन तथा अनुगमन–२०८१ सम्बन्धी संसदीय समितिको प्रतिवेदनका सुझाव कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले गत जेठ २४ देखि २७ गतेसम्म भूकम्प प्रभावित कर्णाली प्रदेशका तीन जिल्लाको स्थलगत अध्ययन गरेको थियो । सभाको आइतबारको बैठकमा प्रतिवेदनमाथि छलफलका क्रममा उठेका प्रश्नको गृहमन्त्री रमेश लेखकले जवाफ दिनुभयो । गृहमन्त्री लेखकको जवाफपछि अध्यक्ष नारायणप्रसाद दाहालले भन्नुभयो, “छलफलमा उठेका विषय र मन्त्रीले व्यक्त गरेका विचारसमेतका आधारमा कर्णाली प्रदेशका भूकम्प प्रभावितको स्थलगत अध्ययनसम्बन्धी प्रतिवेदनका सुझाव प्राथमिकताका आधारमा कार्यान्वयन गर्न निर्देशन गर्दछु ।”
परिचयपत्र अनिवार्य गर्ने निर्णय कार्यान्वयनमा रोक
सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र वा परिचयपत्रको नम्बर तत्काल नचाहिने भएको छ । उक्त व्यवस्था अनिवार्य लागु गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेसँगै सो व्यवस्था रोकिएको हो । सामाजिक सुरक्षा भत्ता लिने हकमा भने यसअघि नै सरकारको निर्णयले नै कार्यान्वयन रोकिएको थियो । सर्वोच्चले अन्य सार्वजनिक सेवा लिनसमेत नागरिकताको सट्टा परिचयपत्र अनिवार्य गर्ने नेपाल राजपत्रको सूचना कार्यान्वयनमा रोक लगाएको हो।
नारायणगढ–बुटवल सडकखण्डको दुरवस्था, ठेकेदार खोज्न प्रमुख चीनमा
पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्ड विस्तार र स्तरोन्नतिको काम अलपत्र परेको छ । काम मात्र अलपत्र परेको होइन, ठेकेदार नै बेपत्ता भएको छ । त्यसको जानकारी भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नै केही समयअघि दिनुभएको थियो । पद बहाली भएको एक महिनाको अवधिमा हासिल भएका उपलब्धिबारे जानकारी दिन भदौ २ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री दाहालले निर्माण कम्पनी सम्पर्कमा नै नरहेको बताउनुभएको थियो ।
जोखिमपूर्ण डिपो सार्न कुरा मिलेन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित सिनामङ्गलमा असुरक्षित हवाई इन्धन डिपो स्थानान्तरणको विषयमा राज्यका निकायहरूबिच तालमेल नमिलेको देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलको धावनमार्गनजिक रहेको असुरक्षित डिपो अन्यत्र स्थानान्तरण गर्न निर्देशन दिए पनि त्यसका लागि अझै राजनीतिक प्रतिबद्धता उद्योग, वाणज्यि तथा आपूर्ति मन्त्रालयले खोजेको छ । प्रधानमन्त्री ओलीले सौर्य एयरलाइन्सको विमान साउन ९ गते विमानस्थल परिसरमा नै दुर्घटना भएपछि असुरक्षित डिपोका कारण अझ ठुलो सम्भावित दुर्घटना रोक्न तत्काल डिपो सार्न पहल गर्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई साउन १८ गते निर्देशन दिनुभएको थियो ।
बागमती प्रदेशका पर्यटन मन्त्रीको निवासमा आगलागी
बागमती प्रदेशका मन्त्रीको हेटौँडा उपमहानगरपालिका ९ स्थित सरकारी निवासमा आगलागी भएको छ ।
घर फर्कंदै गरेका विद्यार्थीको चट्याङ लागेर निधन
पाँचथर जिल्लाको तुम्बेवा गाउँपालिका वडा न+= २ का एक बालकको चट्याङ लागेर निधन भएको छ ।
हर्षोल्लासका साथ संविधान दिवस मनाउन मूल समारोह समिति गठन
संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ लाई जनस्तरमा स्मरणीय तथा हर्षोल्लासका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ ।
श्रीकृष्ण जन्माष्टमी बजार
श्रीकृष्ण जन्माष्टमीको पूर्वसन्ध्यामा आइतबार सुनसरीको इनरुवा बजारमा बिक्रीका लागि राखिएका जन्माष्टमी लक्षित राधाकृष्णका पोशाकलगायत पूजा सामग्री ।
एयर फ्रान्सले तेल अभिव र बेरुतका उडान निलम्बन
इजराइलले लेबनानमाथि हवाई आक्रमण सुरु गरेपछि एयर फ्रान्सले आइतबार र सोमबार तेल अभिव र बेरुतका लागि निर्धारित उडानहरू निलम्बन गरेको छ ।
एपिएफ महिला टोली उज्वेकस्तानको नसाफसँग पराजित
नेपाल एपिएफ क्लबको महिला फुटबल टोली एएफसी वुमेन्स च्याम्पियन्स लिगको प्रारम्भिक चरणको पहिलो खेलमा उज्वेकस्तानको नसाफ क्लबसँग १–० गोलले पराजित भएको छ ।
न्याय परिषद्को बैठक निष्कर्षविहीन
सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त पदमा न्यायाधीश सिफारिस गर्न प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको न्याय परिषद्को बैठक बिना निष्कर्ष सकिएको छ ।
सेयर बजारका समस्या समाधान गर्न सरकारले सार्थक प्रयास गरिरहेको छ : अर्थमन्त्री पौडेल
सेयर बजारविज्ञ तथा विश्लेषक एवं लेखक रवीन्द्र भट्टराईको नयाँ पुस्तक ‘सेयर सूत्र’ सार्वजनिक गरिएको छ।
नेकपा एसका अगुवा कार्यकर्ता एमालेमा प्रवेश
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय जलस्रोत विभाग सदस्य प्रा. डा. मोजराज बगाले नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ।