• ९ भदौ २०८१, आइतबार

बागमती प्रदेशका पर्यटन मन्त्रीको निवासमा आगलागी

blog

आगलागीको फायल तस्बिर

राममणि दाहाल

हेटौँडा, भदौ ९ गते । बागमती प्रदेशका मन्त्रीको हेटौँडा उपमहानगरपालिका ९ स्थित सरकारी निवासमा आगलागी भएको छ ।

हेटौँडा उपमहानगरपालिका ९ स्थित लामसुरेस्थित प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री विमल ठकुरीको सरकारी निवासको माथिल्लो तलाको सभाहलमा आइतबार साँझ आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार, मन्त्री निवासको बिजुलीको तार सट भई आगलागी हुँदा इन्भर्टर ब्याट्री चार थान, इन्भर्टर पावर सप्लाई बक्स एक थान, वाईफाई राउटर एक थान, गलैँचा एक थानलगायतका सामग्री जलेको छ । 

आगलागीबाट मानवीय क्षति नभएको र निवासमा लागेको आगो दमकल र नेपाल प्रहरीको सहयोगमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको कर्मचारी आवास क्षेत्रलाई प्रदेशका मन्त्रीहरुको निवास बनाइएको छ ।