ताप्लेजुङमा सात सयले पाए राष्ट्रिय परिचयपत्र
ताप्लेजुङमा अहिलेसम्म सातसय जनाले राष्ट्रिय परिचयपत्र प्राप्त गरेका छन् । ताप्लेजुङमा चार वर्ष अघिदेखि राष्ट्रिय परिचयपत्रका लागि नाम दर्ता अर्थात् विवरण सङ्कलन गर्न सुरु गरिएको थियो ।
हायु बस्तीमा धाँजा फाटेर घर जोखिममा
कमलामाई नगरपालिका–१ कोप्चे सिम्लेगाँउ निवासी ३४ वर्षीया मोतीमाया हायु बस्दै आएको घरको मझेरी वर्षाका कारण चिरा पर्दा चिन्तित हुनुहुन्छ ।
पृथ्वी राजमार्गको मुग्लिन-आँबुखैरेनी खण्ड तत्काल नखुल्ने
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड तत्काल नखुल्ने भएको छ । सोमबार बिहानदेखि क्रेनको सहायतामा दुर्घटनामा परेको बस निकाल्नको लागि सडक बन्द गरिएको हो ।
प्रधानमन्त्रीद्वारा कृष्णजन्माष्टमी र गौरा पर्वको शुभकामना
प्रधानमन्त्री केपी शर्मा ओलीले कृष्ण जन्माष्टमी र गौरा पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले प्रेम र सौन्दर्यका प्रतीक श्रीकृष्णमा नमन भन्दै सबैलाई कृष्णजन्माष्टमी र गौरा पर्वको शुभकामना व्यक्त गर्नुभएको हो ।
थारु समुदायमा अष्टिम्की पर्व मनाइँदै
थारु समुदायमा आज अष्टिम्की पर्व मनाइँदै छ । श्रीकृष्ण जन्माष्टमीको दिनदेखि दुई दिनसम्म अष्टिम्की पर्व मनाउने चलन रहेको छ ।
सुर्खेत बहुमुखी क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी
सुर्खेत बहुमुखी क्याम्पस प्रमुखले सहमति विपरीत करार प्रक्रिया थालेको भन्दै प्राध्यापक सङ्गठनहरूले विरोध गरेका छन् । विभिन्न प्राध्यापक सङ्गठनहरूले ध्यानाकर्षण जनाउँदै निर्णय सच्याउन अनुरोध गरेका छन् ।
इजरायलका ‘नयाँ सर्त’ अमान्य : हमास
हमासले युद्धविराम सम्झौताका लागि इजरायलले राखेका ‘नयाँ सर्तहरू’ आफूहरूलाई अमान्य भएको भन्दै हमासको प्रतिनिधिमण्डल वार्ताबाट पछि हटेको छ ।
विद्यार्थीलाई चाडपर्वका नाममा अतिरिक्त पोसाक किन्न बाध्य नपार्न निर्देशन
विद्यार्थीहरूलाई विभिन्न चाडपर्व लक्षित पोसाक खरिद गर्न विद्यालयहरूले गर्ने गरेको बाध्यात्मक अवस्था अन्त्य गराउन भरतपुर महानगरले निर्देशन दिएको छ ।
पाकिस्तानमा सशस्त्र विद्रोहीद्वारा राजमार्गमा गाडी रोकी २२ जनाको हत्या
पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा बन्दुकधारीले सोमबार कम्तीमा २२ जनाको गोली हानी हत्या गरेको सरकारी अधिकारीहरूले बताएका छन् ।
ओमानका विदेशमन्त्री आज काठमाडौँ आउनुहुँदै
ओमानका विदेशमन्त्री सैयद बदर बिन हमाद बिन हमूद अल्बुसैदी सोमबार काठमाडौँ आउँदै हुनुहुन्छ ।
भरुवा बन्दुकसहित एक पक्राउ
जुम्लामा अवैध हतियार सहित एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार जुम्लाको गुठिचौर गाउँपालिका-१ घर भई हाल पातारासी गाउँपालिका-५ लासी बजारस्थित मोटरसाइकल ग्यारेज भएका अन्दाजी ३२ वर्षका सूर्य बहादुर महतारालाई अवैध हातहतियार सहित पक्राउ गरिएको हो ।
अपराध कर्मलाई छुट दिन सरकारले भन्दैन : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्माले ओलीले अहिलेको सरकार मुलुकमा स्थिरता र विकासका लागि गठन भएकाले यसले संविधान र कानुन विपरीत अपराधीलाई छुट दिन वा निर्दोषलाई फसाउन कुनै पनि दबाब नदिने स्पष्ट गर्नुभएको छ ।
प्रधानमन्त्रीद्वारा जिल्ला प्रहरी परिसर काठमाडौँको नवनिर्मित भवन उद्घाटन
प्रधानमन्त्री केपी शर्मा ओलीले जिल्ला प्रहरी परिसर काठमाडौँको नवनिर्मित भवनको उद्घाटन गर्नुभएको छ ।
बेनी–मालढुङ्गा सडक : ढुङ्गाको लोभमा पहरा काट्दा पहिरोको जोखिम
राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी कोरिडोरअन्तर्गत मालढुङ्गा–बेनी सडकखण्डमा पर्ने केराबारीमा आयोजना र ठेकेदारको लापरबाहीका कारण नयाँ पहिरो उत्पत्ति भएपछि जोखिम बढेको छ ।
बिहानदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड
प्रत्येक वर्ष भाद्रकृष्ण अष्टमीका दिनमा मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ पर्वका अवसरमा देशभरका श्रीकृष्णमन्दिरमा बिहानदेखि भक्तजनको भिड लागेको छ ।
जनताको मुद्दालाई प्राथमिकतामा राख्न गृहमन्त्रीको निर्देशन
गृहमन्त्री रमेश लेखकले जनताको मुद्दालाई प्राथमिकता राख्न नेपाल प्रहरीलाई निर्देशन गर्नुभएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको नवनिर्मित भवन तथा भौतिक पूर्वाधारहरूको समुद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री लेखकले जनताको मुद्दालाई प्राथमिकतामा राख्दा प्रहरीको मुद्दा पनि सँगै समावेश हुने बताउनुभयो ।
बैकुण्ठधाम निर्माणमा सबैको सहयोग आवश्यक : नगरप्रमुख विष्ट
नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त विष्टले सिधनियाघाटस्थित बैकुण्ठधाम निर्माण गर्नका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभएको छ ।
ताप्लेजुङ गोल्डकप उपाधिका लागि मोरङ र सिराहा प्रतिस्पर्धा गर्दै
अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि सगरमाथा यूथ क्लब मोरङ र सलहेश युवा क्लब सिराहाबिच प्रतिस्पर्धा हुने भएको छ ।
फिदिममा विपद् सहायता सामग्रीको खुला कक्ष स्थापना
यहाँको फिदिममा विपद् प्रतिकार्यमा प्रयोग हुने सहायता सामग्रीको खुलाकक्ष स्थापना भएको छ ।
सिक्टा सिँचाइको नहर
बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाको कोहलपुर नगरपालिका–१५ स्थित पश्चिमी मूलनहर
संस्कृतिको संरक्षणबाट सुसंस्कृत समाज निर्माणमा सहयोग पुग्छ : अध्यक्ष नेपाल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै समुदायका परम्परागत संस्कृतिको संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।
प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण
प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौँ जिल्ला कमिटीले काठमाडौँको स्वास्थ्य, खानेपानी, ढल, सडक, खाद्यान्न, वातावरण लगायत अन्य सुधार गरिनुपर्ने क्षेत्रका सन्दर्भमा ध्यानाकर्षण गराएको छ ।
पाटनमा कृष्णभक्त (फोटो फिचर)
आज भाद्रकृष्ण अष्टमी अर्थात् कृष्णजन्माष्टमी । सनातन धर्मावलम्बीहरू भगवान् कृष्णको जन्म भएको दिनको सम्झना गर्दै आजको दिन भव्य रूपमा मनाउने गर्छन् । यसै अवसरमा सोमबार सरकारले सार्वजनिक बिदा दिएको छ ।
पृथ्वी राजमार्गको मुग्लिङ–आँबुखैरेनी सडकखण्डको अवरोध कायमै
यहाँ दुर्घटनामा परेको बस निकाल्नको लागि पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिङ सडक खण्ड बन्द भएको छ । सोमबार बिहानबाट बन्द भएको हो ।