प्राङ्गारिक मल तथा बायोग्यास उद्योग : करोडौँ लगानी, उपलब्धि शून्य
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित ओखरबोटेमा स्थापना गरिएको प्राङ्गारिक मल तथा बायोग्यास उद्योग तत्कालीन १ नं. प्रदेश (हाल कोशी प्रदेश)का तत्कालीन मुख्यमन्त्री शेरधन राईले वि.सं. २०७७ चैत–२१ गते उद्घाटन गर्नुभएको थियो ।
पर्यटक लोभ्याउँदै ‘राम हेर्ने डाँडा’
बुढीगङ्गा नगरपालिका–१०, बदेडा र बाहुनगाउँको बिचमा पर्ने ‘राम हेर्ने डाँडा’ ले आन्तरिक पर्यटक लोभ्याउन थालेको छ । यो डाँडामा नेपालका ११ वटा झन्डा राखिएको छ । प्राकृतिक भूबनोटका कारण आफैँमा रमणीय राम हेर्ने डाँडामा लहरै नेपालको झन्डा राखिएका छन् । यतिबेला यहाँ घुम्न आउने आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको बुढीगङ्गा–८ का समाजसेवी कृष्णबहादुर थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “बाह्रबिसदेखि सोलाला र सोलालादेखि बाह्रबिस आउजाउ गर्नेहरू यो डाँडामा आराम गर्ने र रमाइलो गर्ने गर्थे । त्यसै ठाउँमा झन्डा राखेर हावामा फरफराउन थालेपछि घुम्न आउने बढेका छन् ।” डाँडामा भौतिक पूर्वाधार, खानेपानी, प्रतीक्षालय, शौचालय, वनभोज स्थल निर्माण गर्न सके थप आकर्षण बढ्ने र स्थानीयको आयआर्जनमा थप टेवा पुग्ने भनाइ समाजसेवी थापाको छ । सिगाडा गाउँको माथिल्लो भागमा रहेको राम हेर्ने डाँडाबाट बाजुराका साथै अछाम जिल्ला पूरै अवलोकन गर्न सकिन्छ । यहाँबाट अछामको बाब्ला साँफेबगर, कुस्कोट, ठाँटी, नन्देगडालगायतका विभिन्न गाउँबस्ती देख्न सकिन्छ ।
रासस नेपाली समाचार सेवा परीक्षणका रुपमा आजदेखि चौबिसै घण्टा
सगरमाथा संवाद समिति र नेपाल संवाद समितिलाई गाभेर २०१८ सालमा स्थापना भएको राष्ट्रिय संवाद समिति नै आजको राष्ट्रिय समाचार समिति (रासस) हो । एउटा कोठाबाट सुरु भएको रासस परिष्कृत हुँदै आजको अवस्थामा आइपुग्नुमा आमसेवाग्राही सञ्चारमाध्यमसँगै आमनागरिकको पनि उत्तिकै सहभागिता र योगदान रहेको कुरामा दुईमत छैन ।
काभ्रेको खानीखोलामा ‘एक–घर–एक धारा’
काभ्रेको खानीखोला गाउँपालिकाको तीन सय २३ परिवारलाई घरघरघै खानेपानी उपलब्ध गराइएको छ । गाउँपालिकाको ‘एक–घर–एक धारा’ अभियान कार्यक्रमअन्तर्गत दुई खानेपानीका योजना सम्पन्न भएपछि दुई सातामा वडा नं ३, ४ र ५ को परिवारका घरमै खानेपानी उपलब्ध गराएको जनाइएको छ ।
किसानमैत्री योजना
मुलुकको कृषि क्षेत्रलाई निर्वाहमुखी प्रणालीबाट माथि उकासेर व्यावसायिक बनाउन सरकारले महत्व दिँदै आए पनि प्रतिफल भने देखिन सकेको छैन । राष्ट्रिय कृषि गणना, २०७८ को तथ्याङ्क अनुसार कुल जनसङ्ख्याको ६२ प्रतिशत कृषि पेसामा आबद्ध छ । ४० लाखभन्दा बढी परिवारले कृषिलाई पेसाका रूपमा अँगालेका भए पनि आफ्नै उत्पादनले वर्षभरि खान नपुग्ने परिवारको सङ्ख्या ५५ प्रतिशत हुनु दुःखद पक्ष हो । यसको मुख्य कारण कृषिको आधुनिकीकरण हुन नसक्नुलाई मानिए
सांस्कृतिक प्रभुत्वको प्रभाव
समाजमा केही यस्ता विचार स्थापित हुन्छन्, जसमा कुनै प्रश्न नउठाई तिनले व्यापक स्वीकृति पाउँछन् । ती विचारले हाम्रा जीवनका सबै जसो पक्ष जस्तैः टेलिभिजन, विद्यालय, धार्मिक शिक्षा, दैनिक उपभोग गरिने सामग्री, सामाजिक मिडिया आदिमा गहिरो प्रभाव पार्छन् । यो सबै सांस्कृतिक प्रभुत्वको अवधारणासँग सम्बन्धित छ, जसले हाम्रो सोच, व्यवहार र धारणालाई हामीले थाहै नपाई प्रभावित गर्छ । सांस्कृतिक प्रभुत्वको अवधारणा इटालियन माक्र्सवादी सिद्धान्तकार एन्टोनियो ग्राम्सीले विकसित गरेका हुन् । यो सिद्धान्तले शासक वर्गले समाजमा आफ्नो दृष्टिकोणलाई तपाईं हामीले पत्तै नपाई लाद्न कसरी सम्भव गराउँछ भन्ने विषयमा प्रकाश पार्छ । जसका अनुसार शासक वर्गका विश्वास, मूल्य र मान्यतालाई प्राकृतिक र अपरिहार्य ठानिन्छ । यो प्रत्यक्ष राजनीतिक वा आर्थिक नियन्त्रणविपरीत, सांस्कृतिक प्रभुत्व शिक्षण, धर्म र मिडिया जस्ता सांस्कृतिक संस्थानको माध्यमबाट सञ्चालित
रेसुङ्गामा आज सार्वजनिक बिदा
रोपाइँ जात्राको अवसरमा रेसुङ्गा नगरपालिकाले आज मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार नगरपालिकाले मातहतका सम्पूर्ण कार्यालयमा सार्वजनिक बिदा गरेको सूचना अधिकारी पीताम्बर पन्थीले जानकारी दिनुभयो ।
चट्याङ लागेर प्रधानाध्यापककाे मृत्यु
यहाँ चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ । कालीमाटी गाउँपालिका १ लक्ष्मीपुर सातलखोलाका ५६ वर्षीय दल बहादुर कार्कीको चट्याङ लागेर मृत्यु भएको हो ।
पुल बगाएपछि विद्यालय बन्द
खोला तर्ने वैकल्पिक व्यवस्था नहुँदा शिवालय गाउँपालिकाको एक विद्यालय बन्द गरिएको छ । भदौ २ गते आएको बाढीले ट्रस्ट बगाएपछि सार्वजनिक सूचना प्रकाशित गरेर विद्यालय बन्द गरिएको हो ।
प्रकृति दोहनले निम्तिएको सङ्कट
वर्षाका कारण सहरका कैयौँ भाग जलमग्न भए । घरहरू कतै बगे त कतै डुबानमा परे । ठाउँ ठाउँका सडकमा कृत्रिम ताल बने । राजमार्गका धेरै ठाउँमा पहिरा गए र त्यो क्रम अझै रोकिएको छैन । आवागमनमा अवरोध भयो । नदीबाट जथाभाबी गिट्टी, बालुवा निकालिएका कारण अधिकांश पुल धरापमा परेका छन् । बाढीपहिरोले मानिस आआफ्ना बस्तीबाट विस्थापित भए । घरमाथिबाट आएको पहिरोले जनधनको अपूरणीय क्षति भयो । किसानका बालीनाली नष्ट भए ।
समाजवाद उन्मुख शिक्षा
समाजवाद उन्मुख शिक्षा एउटा त्यस्तो मोडेल हो, जसले सबैलाई शिक्षाको पहुँच र गुणस्तरको प्रत्याभूति दिन्छ तथा उत्पादन शक्तिको विकास गर्दछ । नेपालको संविधानको धारा ३१ मा शिक्षासम्बन्धी मौलिक हकको व्यवस्था गरिएको छ । यसमा नेपाली जनताले आधारभूत तहसम्म अनिवार्य र निःशुल्क शिक्षा प्राप्त गर्न पाउने हक छ भने माध्यमिक तहसम्म निःशुल्क शिक्षा पाउने हकको व्यवस्था गरिएको छ । सबै तह र तप्काका जनताका छोराछोरीलाई गुणस्तरीय शिक्षामा पहुँच दिन सक्नु राज्यको समाजवाद उन्मुख शिक्षा नीतिभित्र पर्दछ ।
सामाजिक सञ्जालमा नियमन जरुरी
मिडिया प्रायः नराम्रो वा नकारात्मक घटनामा केन्द्रित हुने गर्छ । मिडियाले आलोचना बढी गर्ने र नकारात्मक कुरालाई उजागर गर्ने भूमिका खेल्ने गर्छ । एक सय राम्रा कुरा भएका हुन्छन्, दुई/चार वटा नकारात्मक तथा खराब घटना भएका हुन्छन् । यसका आधारमा देश खतम भयो भन्ने भाष्य निर्माण गरेर कहाँ पुगिएला ? बिहान उठेर सामाजिक सञ्जाल र मिडिया हेरेर धारणा बनाउने अभ्यासले नकारात्मकतातिर डोहो¥याइरहेको छ । बिहान उठेर पत्रिका हेर्दा देशभर सबै खराब मात्र भएको हुन्छ र ?
नेकपा एसका पदाधिकारी छनौटका लागि आज निर्वाचन
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले १८ पदाधिकारीसहित पोलिटब्युरो सदस्य छनौटका लागि आज निर्वाचन हुने भएको छ ।
पैँचोले ल्यायो चाडपर्व उपहार योजना
पैँचो पसल प्रालिले चाडपर्वका अवसरमा उपहार योजना सार्वजनिक गरेको छ । सोमबार कृष्णाष्टमीबाट सुरु भएको उपहार योजना तिज, दसैँ, तिहार, छठ हुँदै क्रिसमससम्म सञ्चालन हुने छ । पैँचो पसलका उत्पादन खरिद गर्दा यो उपहार योजनामा सहभागी हुन सकिने कम्पनीले जनाएको छ ।
राजनीतिक परिवर्तनमा सांस्कृतिक याेद्धाहरुको ऐतिहासिक भूमिका: प्रचण्ड
कपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक सामाजिक परिवर्तनका लागि जनतालाई जागृत गर्न सांस्कृतिक ऐतिहासिक भूमिका रहेको बताउनुभएको छ ।
काठमाडौँमा थाई फिल्म फेस्टिभल
काठमाडौँस्थित रोयल थाई दूतावासले ‘थाई फिल्म फेस्टिभल नेपाल २०२४’ आयोजना गर्ने भएको छ । दूतावासमा सोमबार आयोजित पत्रकार सम्मेलनमा नेपालका लागि थाई राजदूत सुपापोङ सिरिसोर्नले सो जानकारी दिनुभएको हो । नेपाल र थाइल्यान्डबिचको कूटनीतिक सम्बन्धको ६५ वर्ष पूरा भएको अवसरमा थाई फिल्म फेस्टिभल गर्न लागिएको हो ।
लालबन्दी वाङ्मय पुरस्कारमा ‘बोरा’ छनोट
लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८१ का लागि पत्रकार अखण्ड भण्डारीको आख्यान कृति ‘बोरा’ छनोट भएको छ । लालबन्दी नगर वाङ्मय परिषद् लालबन्दी, सर्लाहीले सो पुरस्कार स्थापना गरेको हो । सो पुरस्कारको राशि ५० हजार रुपियाँ रहेको छ । परिषद्द्वारा जारी विज्ञप्ति अनुसार लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८१ का लागि छनोट भएको उत्कृष्ट १० कृतिमध्ये भण्डारीको ‘बोरा’ सर्वोकृष्ट छनोट भएको हो ।
म्यान्मारमा सिधा उडानको पहल
नेपाल म्यान्मार चेम्बर अफ कमर्सले नेपालदेखि म्यान्मारसम्म सिधा उडानका लागि पहल गरेको छ । नेपालका लागि गणतन्त्र म्यान्मारका नवनियुक्त राजदूत म्यो मायन्ट मौङ्गसँगको सोमबारको भेटमा चेम्बरले लुम्बिनीदेखि म्यान्मारसम्मको सिधा उडानका लागि आग्रह गरेको हो । भेटमा चेम्बरका अध्यक्ष शिवकुमार अग्रवालले विगत १३ वर्षदेखि द्विपक्षीय व्यापारका क्षेत्रमा म्यान्मारबाट सहयोग प्राप्त भएको बताउनुभयो । त्यस्तै उहाँले नवनियुक्त राजदूत मौङ्गको कार्यका
श्रमिकका परिवारले पाए उपचार खर्च
वैदेशिक रोजगार बोर्डले पछिल्लो एक वर्षमा वैदेशिक रोजगारीका लागि विदेश गएका श्रमिकका २६५ परिवारका सदस्यलाई स्वास्थ्य उपचार खर्च प्रदान गरेको छ । वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारलाई गम्भीर बिरामी पर्दा उपचार खर्च उपलब्ध गराउँदै आएको बोर्डले आर्थिक वर्ष २०८०/८१ मा २६५ परिवारका सदस्यलाई करिब एक करोड २० लाख रुपियाँ आर्थिक सहायता प्रदान गरेको हो । वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारका सदस्य गम्भीर बिरामी वा दीर्घकालीन रोग लागेमा बोर्डले प्रतिबिरामी ५० हजार रुपियाँसम्म आर्थिक सहायता प्रदान गर्छ । यो आर्थिक सहायता क्यान्सर, मिर्गौला प्रत्यारोपण, मुटुको शल्यक्रिया, पार्किन्सन्स र अल्जाइमर जस्ता गम्भीर प्रकृतिका रोग लाग्दा पाइने व्यवस्था बोर्डले गरेको छ ।
चिया बजारीकरणका लागि प्रतिस्पर्धा
नेपाली अर्थोडक्स चिया उत्पादकलाई खुला बजारमुखी एवं स्वच्छ प्रतिस्पर्धाको अवसर प्रदानका लागि नेपालमा पहिलो पटक नेपाली चियाको प्रतिस्पर्धा गराइने भएको छ । इलामको सूर्योदय नगरपालिकामा रहेको ‘टी स्टेसन इन्क’ आयोजनामा भदौ ११ गते काठमाडौँमा प्रतिस्पर्धा गराउन लागिएको हो । स्वदेशी तथा विदेशी बजारमा नेपाली अर्थोडक्स चियाको माग र बजार विस्तारको सम्भावना खोजी गर्न प्रतियोगिता आयोजना गर्न लागिएको टी स्टेसन इन्कका अध्यक्ष प्रज्वल प्रधानले बताउनुभयो । प्रतियोगितामा नेपालका साना ठुला सबै गरी एक सयभन्दा बढी चिया उद्योगले प्रतिस्पर्धामा भाग लिने छन् ।
हिल्सामा क्वारेन्टाइन स्थापना गर्न सुझाव
नेपाल र चीनको सिमाना हिल्सामा क्वारेन्टाइन स्थापना गर्न चिनियाँ पक्षले सुझाव दिएको छ । नाम्खा गाउँपालिकाको आयोजनामा चीनको पुलान काउन्ट्रीको ताक्लाकोटबाट स्थानीयस्तरको समन्वय बैठकमा आएका चिनियाँ प्रतिनिधिले सो सुझाव दिएका हुन् । नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले दुई देशको सिमाना हिल्सामा नेपाल सरकारले क्वारेन्टाइन स्थापना गरेर नेपाली खाद्यवस्तु चीनतर्फ लैजाने वातावरण तयार गर्न सुझाव दिएको बताउनुभयो । उहाँले चिनियाँ प्रतिनिधिमण्डलका प्रमुख डुनजुले ताक्लाकोटमा नेपाली स्थानीय खाद्य सामग्रीको माग धेरै भए पनि ती खाद्यवस्तुको गुणस्तर नापजाँच नभएका कारण हिल्साबाट चीनतर्फ आयात गर्न स्वीकृत नभएकाले नेपाली स्थानीय खाद्य सामग्री जान नसकेको धारणा बैठकमा राखेको बताउनुभयो ।
नजिकियो चाडपर्व महँगियो भान्सा
चाडपर्व सुरु भएसँगै नेपाली बजारमा विभिन्न वस्तुको भाउ अस्वाभाविक बढ्न थालेको छ । नियमित प्रयोग हुने अत्यावश्यक वस्तुहरू चामल र चिनीको मूल्य क्रमिक बढिरहेको छ । मूल्य वृद्धि हुनुको स्पष्ट कारण नभए पनि व्यापारीहरू भने चिनी र चामलको मूल्य बढ्नुमा भारतले निकासीमा गरेको कडाइ र भन्सार महसुल वृद्धि हुनुलाई देखाउँछन् । नेपाल खाद्य किराना तथा थोक व्यापार सङ्घका अनुसार नेपाल सरकारले स्वदेशी उद्योगको संरक्षण गर्ने नाममा अनावश्यक रूपमा लगाउँदै आएको ३० प्रतिशत भन्सार महसुल एवं अग्रिम आयकर कट्टीबापत १० प्रतिशतको राजस्व उठाउने गरेकाले पछिल्लो महिना चिनी, दलहन र चामलको भाउ बढेको हो । नेपाल खाद्यवस्तुमा लगभग भारतमै निर्भर रहेको र हाल भारतमै ती वस्तुको भाउ बढेको हुँदा चामल प्रतिबोरा दुई सय रुपियाँ बढेर आएको सङ्घले जनाएको छ ।
निर्यातभन्दा दोब्बरको पेट्रोलियम पदार्थ आयात
चालु आर्थिक वर्षको पहिलो महिनामा नेपालले निर्यात गरेर प्राप्त गरेको आम्दानीभन्दा दोब्बर बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार भन्सार विभागको तथ्याङ्क अनुसार साउनमा २१ अर्ब ६६ करोड ९० लाख ४९ हजार रुपियाँ बराबरको पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, हवाई इन्धन, खाना पकाउने ग्यास) आयात भएको छ । जबकि साउनमा नेपालले करिब १२ अर्ब रुपियाँको मात्रै वस्तु निर्यात गरेको छ ।
अपराधअघिको अनुसन्धान थप जरुरी
प्रधानमन्त्री केपी शर्मा ओलीले अपराधका घटना भइसकेपछि अनुसन्धान गर्नुभन्दा अपराध हुनुअघिको सूचना र अनुसन्धान बढी प्रभावकारी र महत्वपूर्ण हुने बताउनुभएको छ । काठमाडौँको भद्रकालीमा नवनिर्मित जिल्ला प्रहरी परिसर कार्यालय भवन तथा भौतिक पूर्वाधारको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले अपराधको रोकथामका लागि घटना भइसकेपछि गरिने अनुसन्धानभन्दा अपराध नै हुन नदिनेतर्फ प्रहरी प्रशासनले काम गरे समाज र राष्ट्रमा क्षति कम हुने बताउनुभयो ।