प्रधानमन्त्री र ओमानका विदेशमन्त्रीबिच भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओलीसँग ओमानका विदेशमन्त्री सैयद बदर बिन हमाद बिन हमूद अल्बुसैदीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
नेपालगन्ज १० किमी रात्रीदौड हुने
धारा नेपालगञ्ज म्याराथनको १० औं संस्करणलाई उत्सवमय बनाउन प्रि–इभेन्टका रुपमा नेपालमै पहिलोपटक नेपालगन्ज १० किमी रात्रीदौड आयोजना गर्न लागिएको छ ।
जलवायु परिवर्तनविरुद्ध तत्काल आवश्यक कदम चाल्न राष्ट्रसङ्घ प्रमुखको आह्वान
टुङ्गाको नुकुआलोफामा आयोजित पत्रकार सम्मेलनमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले तीन हजार वर्षमा नदेखेको विश्वव्यापी समुद्री सतहमा अभूतपूर्व वृद्धिलाई उल्लेख गर्दै जलवायु परिवर्तनविरुद्ध तत्काल आवश्यक कदम चाल्न विश्व नेताहरूलाई आह्वान गर्नुभएको छ ।
राष्ट्रपतिद्वारा भगवती मन्दिरको दर्शन र रथयात्रा अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक भगवती मन्दिरको दर्शनसहित रथ यात्राको अवलोकन गर्नुभएको छ । मङ्गलबार तानसेनमा निकालिएको भवगती रथयात्राको राष्ट्रपति पौडेलसहित रक्षामन्त्री मानवीर राई, लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्य, लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरलगायतले दर्शन गर्नुभएको छ ।
अवरुद्ध हेटौँडा–काठमाडौँ सडक खुल्यो
पहिरोका कारण अवरुद्ध हेटौँडा–काठमाडौँ सडक आजदेखि सञ्चालनमा आएको छ । सडक विभागले पहिरो हटाएसँगै अवरुद्ध सडक खुलेको हो ।
एकीकृत समाजवादीको निर्वाचन अपराह्न २ बजेदेखि
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले निर्वाचनका लागि उम्मेद्वारको नाम दर्ता बिहानदेखि सुरु गरेको छ ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । मङ्गलबार दिउँसोबाट सुरु भएको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुने छ ।
प्रस्तावित राजदूतको सुनुवाइ भदौ १४ बाट हुने
विभिन्न देशका लागि प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया यही भदौ १४ गतेदेखि सुरु हुने भएको छ ।
बजेट अभावले अस्पताल निर्माण अधुरै
बागलुङमा दुई पालिकास्तरीय अस्पताल अलपत्र परेका छन् । जिल्लाको ढोरपाटन नगरपालिका–९ ढोरपाटन खापाथरमा निर्माणाधीन १० शय्याको नगर अस्पताल र निसीखोला गाउँपालिका–४ झिम्पामा बन्दै गरेको १० शय्याको आधारभूत अस्पताल अलपत्र परेका हुन् ।
युक्रेनी ऊर्जा केन्द्रमा भएको रूसी हमलाको राष्ट्रपति बाइडेनद्वारा निन्दा
अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसले सोमबार युक्रेनी ऊर्जा केन्द्रमा गरेको हमलाको निन्दा गर्दै कियभलाई आफ्नो निरन्तर समर्थन रहने वाचा गर्नुभएको छ ।
हिल्साको मितेरी पुलको निर्माण कार्य तीव्र
नेपाल र चीनको सिमाना हिल्सामा चीन सरकारले निर्माण गर्न लागेको मितेरी पुलको निर्माण कार्य दैनिक तीन सिफ्टमा भइरहेको छ ।
राष्ट्रपति पौडेल भगवती रथजात्रा अवलोकन गर्न पाल्पामा
राष्ट्रपति रामचन्द्र पौडेल ऐतिहासिक रणउजीरेश्वरी भगवती रथजात्रा अवलोकन गर्न आज पाल्पा सदरमुकाम तानसेन आइपुग्नुभएको छ । उहाँलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गर्नुभयो । राष्ट्रपति पौडेललाई जनस्तरबाट समेत भव्य स्वागत गरिएको छ ।
ऊर्जामन्त्रीले पूर्वऊर्जामन्त्रीसँग छलफल गर्नुहुँदै
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई नेपालको अधिकतम हितमा हुने गरी कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा पूर्व ऊर्जामन्त्रीहरुसँग छलफल गर्दै हुनुहुन्छ ।
सुदूरका बस्तीमा गुञ्जिए देउडा
महेन्द्रनगरस्थित महेन्द्र स्मारमा देउडीया (गीतकार) मञ्जु गिरीले यसै गीतबाट देउडा खेल सुरु गर्नुभयोे । देउडा खेल सुरु गर्दा माहोल रोमाञ्चक बन्यो । गौरा पर्वका अवसरमा महेन्द्रनगरका हरेक बस्तीमा देउडा भाका गुञ्जिएका छन् ।
मजखोरीमा सिँचाइ पोखरी निर्माणले किसान लाभान्वित
छविसपाथिभेरा गाउँपालिका–७ मजखोरीमा सिँचाइ पोखरी निर्माणले किसान लाभान्वित भएका छन् । यहाँ खेती गर्न आकासेपानीको भरपर्ने अवस्था हटेको छ ।
चार गुणाले बढ्यो शल्यक्रियाबाट बच्चा जन्माउनेको सङ्ख्या
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा शल्यक्रियाबाट बच्चा जन्माउनेको सङ्ख्या चार गुणाले बढेको छ ।
त्यो रुन्चे सुमनको ‘कमेडी’ यात्रा
ठूलो बुबाकी छोरी (दिदी) को यो प्रश्नले सुमनलाई अझै लज्जित बनाउँछ । आजभन्दा २३–२४ वसन्तअघि गाउँलेहरु शौच गर्न बाँसको झ्याङ, खोला, खोल्सी र कान्लातिर धाउँथे । सरसफाइ नहुँदा पखालाले गाउँलेका धेरैको ज्यान लिन्थ्यो ।
दाङमा करेन्ट लागेर एकको मृत्यु
दाङमा करेन्ट लागेर एक जनाको मृत्युको भएको छ ।
मध्यपहाडी लोकमार्ग अवरुद्ध
पहिरो खस्दा खोटाङमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेको नागी भन्ने ठाउँमा पहिरो खस्दा मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकखण्ड अवरुद्ध भएको हो ।
जापानमा चक्रवातका कारण उडान र रेल सेवा अवरुद्ध
दक्षिण जापानतर्फ मङ्गलबार भारी वर्षासँगै आएको एउटा शक्तिशाली चक्रवात दक्षिणी जापानतर्फ अघि बढेसँगै देशको उडान र रेल सेवाहरु अवरुद्ध भएका छन् ।
अध्यक्ष प्रचण्डले आज संसदमा सम्बोधन गर्नुहुँदै
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै हुनुहुन्छ । आज दिउँसो १ बजेबाट सुरु हुने बैठकमा अध्यक्ष प्रचण्डले सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको हो ।
गुल्मीमा पुरुष मृत फेला
गुल्मीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर – ५, डाँडापोखरीका अन्दाजी ५५ वर्षीय टोपबहादुर चुँदारा मृत अवस्थामा फेला पर्नुभएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले जानकारी दिनुभयो ।
छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
पश्चिम मकवानपुरको मनहरीमा सोमबार भएको फरकफरक घटनामा दुई जना पुरुष घाइते भएका छन् ।
टर्कीमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम
टर्कीमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । मध्यपूर्वमा चलिरहेको अशान्तिका कारण टर्कीमा सुनको मूल्य प्रतिग्राम २८ सय टर्किस लिरा (८२.३ अमेरिकी डलर) पुगेको छ ।