बेनी–जोमसोम–कोरला सडकः सिरुबारीको पहिरोमा दुर्घटनाको जोखिम
चीन र भारत जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुबारी क्षेत्रको पहिरोले दुर्घटनाको जोखिम बढेको छ । कालीगण्डकी किनारको पाखोमा निर्माण भएको सडकमा खस्ने पहिरोका कारण बेनी–जोमसोम सडकमा नियमित यातायात सञ्चालन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम बढेको हो ।
दाङमा तीन वटा पुल बन्दै, दुईको ठेक्का सम्झौता खारेज
सडक डिभिजन कार्यालय अन्तर्गत दाङमा निर्माण हुन थालेका पाँच वटा पुलमध्ये दुई वटा पुलको सम्झौता रद्द भएको छ । तुलसीपुर उपमहानगरपालिका–१३ को गिधनियास्थित तुइखोला र घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत पत्रेखोला पुलको ठेक्का सम्झौता रद्द भएको हो । २०७६ असोज महिनासम्म पुल निर्माणको काम सक्ने गरी २०७४ सालमा बाँकेको एडभेन्चर जेभी नेपालगन्जसँग छ करोड ८२ लाख ३७ हजारमा ठेक्का सम्झौता भएको थियो तर सम्झौता अनुसार काम नभएपछि सडक डिभिजन कार्यालय दाङले ठेक्का सम्झौता रद्द गरेर निर्माण व्यवसायी कालो सूचीमा राखेको सूचना अधिकारी इन्जिनियर उज्ज्वलकुमार झाले जानकारी दिनुभएको छ । उहाँका अनुसार लामा घोराही–तुलसीपुर सडकखण्डको पत्रेखोलामा पुल निर्माणको जिम्मा पाएको कान्छाराम शङ्करमाली जेभीसँग ठेक्का खारेज भएको छ ।
बलियो सञ्चार नीति आवश्यक
कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानाले स्थानीय र प्रदेश सरकारले बलियो सञ्चार नीति बनाउन आवश्यक रहेको बताउनुभएको छ । पछिल्लो समय जिल्लामा रहेका सञ्चार माध्यम आर्थिक रूपमा धराशायी बन्दै गएको र व्यावसायिक पत्रकारितासमेत धरापमा रहेकाले अब सञ्चार क्षेत्रलाई बचाउन पनि हरेक स्थानीय तहले बलियो सञ्चार नीति बनाउन आवश्यक रहेको बताउनुभयो ।
नेकपा एसको पदाधिकारी निर्वाचन : रामकुमारी झाँक्रीलाई पराजित गर्दै जयन्ती राई विजयी
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को निर्वाचनको पदाधिकारीको मतपरिणाम सार्वजनिक भएको छ । मङ्ललबार राती आएको मत परिणाम अनुसार महिला उपाध्यक्षमा जयन्ती राई विजयी हुनुभएको छ ।
कटैनीको बाढीले धान बालीमा क्षति
कटैनी नदीमा आएको बाढीले कैलालीस्थित कैलारी गाउँपालिकाका विभिन्न स्थानमा लगाएको धानबालीमा क्षति गरेको छ । भारी वर्षापछि आएको बाढीका कारण वडा नम्बर ३, ५ र ७ का विभिन्न क्षेत्र जलमग्न भएको थियो । घरबाट धान, गहुँलगायतका खाद्य बाली बगाएको बाढीले खेतमा पसाउने तयारीमा रहेको धान सखाप पारेको बाढी प्रभावित किसानले बताएका छन् । कटैनी आसपासको क्षेत्रमा बाढीले धान सखाप पारेको छ भने कतिपय स्थानमा बालुवा पटान गरेर क्षति गरेको छ ।
अँध्यारोबाट ‘उज्यालो’ समृद्धिको यात्रामा ऊर्जा क्षेत्र
कुनैबेला हप्ता नबिराइ ‘लोडसेडिङ’को तालिका परिवर्तन हुन्थ्यो । उस्तै परे सातामा नै दुई पटक तालिका बदलिन्थे । कहिले बिजुली आउला भन्दै बस्नुपर्ने बाध्यता आममानिसमा थियो ।
योजनामा लाखौँ खर्च बनेन विद्यालय भवन
डिलासैनी गाउँपालिका–६, नेगाउँमा रहेको एक विद्यालयको भवन निर्माणका लागि माग गरिएको रकम भवन नै नबनाई पाँच वर्षअघि नै खर्च भइसकेको पाइएको छ । निङ्लासैनी आधारभूत विद्यालयको चारकोठे भवन निर्माणका लागि आठ लाख ४८ हजार रुपियाँ खर्च भएको पाइएको छ । गाउँपालिकाले पाँच वर्षअघि नै ठेक्का सम्झौता गरी उक्त रकम खर्च भएको तथ्य बाहिर आएपछि अभिभावक चकित परेका छन् । निङ्लासैनी आधारभूत विद्यालयको भवन निर्माणका लागि गाउँपालिकाले सङ्घीय सरकारको अनुदानमा आर्थिक वर्ष २०७७/७८ मा ४१ लाख ८१ हजार ४७२ रुपियाँको ठेक्का सम्झौता गरेको थियो । भवन निर्माण सुरु गर्न पेस्कीबापत यतिको रकम दिएको खुलेको छ ।
पारस्परिक हितमा इपिजी
विश्वको दोस्रो ठुलो जनसाङ्ख्यिक एवं सबैभन्दा ठुलो प्रजातान्त्रिक मुलुक भारतसँगको सम्बन्धलाई छिमेकी मुलुकसँगको सम्बन्धका रूपमा मात्र हेरेर पुग्दैन । दुई देशबिचको धार्मिक, सांस्कृतिक, सामाजिक, आर्थिकलगायत जनस्तरको सम्बन्धलाई एउटै कोणबाट मात्र व्याख्या गर्न सम्भव छैन । छिमेकी मुलुकसँगको सम्बन्धमा कत्ति पनि चिसोपन देखिन नहुने आमबुझाइ हुँदाहुँदै पनि समस्या हुँदै नभएका भने होइनन् । नेपालले जारी गरेको नयाँ नक्सासहितको सीमा समस्या, प्रबुद्ध समूहले तयार पारेको प्रतिवेदनको स्वामित्व ग्रहण, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि नयाँ हवाई रुटको स्वीकृतिलगायतका विषयमा नेपालले
दोरम्बा शैलुङ पहिरो : बेपत्ता एक महिलाको पैतालाको भाग भेटियो
रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोरकपुरस्थित लेक खर्क पहिरोमा परी बेपत्ता भएकामध्ये एक महिलाको बायाँ खुट्टाको पैतालाको भाग भेटिएको छ ।
एक महिनासम्म मन्त्री जिम्मेवारीविहीन
सङ्घमा सत्ता समीकरण परिवर्तन भएसँगै बागमती प्रदेशमा सरकार परिवर्तन भई नयाँ सरकार बनेको एक महिना पूरा भएको छ तर एक महिनाअघि मन्त्रीपरिषद् गठन हुँदा पछि जिम्मेवारी तोकिने गरी बिनाविभागीय मन्त्रीमा नियुक्त मदुकुमार श्रेष्ठले अझै मन्त्रालयको जिम्मेवारी पाउनुभएको छैन ।
समृद्धिको आधार स्टार्टअप
नवीनतम सोच र सिर्जनालाई प्रविधिले साथ दिँदा स्टार्टअपको जन्म हुन्छ । परम्परागत व्यवसाय र मोडेललाई चुनौती दिएर नयाँ तरिकाबाट काम गर्न प्रेरित गर्ने अस्त्र पनि हो यो । यसले समाज र अर्थतन्त्रलाई गतिशीलता प्रधान गर्छ । बढ्दो ब्रेन ड्रेन लाई रोक्न र ब्रेन गेन गर्न यसको उच्च महत्व छ । यसमा वस्तु वा सेवाको उत्पादन वा सञ्चालन वा वितरणमा नवीन अन्वेषण, सिर्जनशील सोच एवं स्तरोन्नतिको सम्भावना उच्च हुन्छ । यसलाई फल्ने, फुल्ने, फक्रिने वातावरण तयार गर्नु सरकारको प्रमुख दायित्व हो ।
व्यावसायिक फलफूल खेती गर्दै बाजुराका किसान
बाजुराका अधिकांश किसानले पछिल्लो समय फलफूल खेतीलाई व्यावसायिक रुपमा लिन थालेका छन् । यहाँ उत्पादन हुने स्याउ, सुन्तला, किवी, आँप, ओखर, कागतीलगायतका फलफूल खेतीले आयआर्जनमा थप टेवा पुग्ने सम्भाना देखिको भन्दै उनीहरुले पछिल्लो समय फलफूल खेतीलाई व्यवसायकै रुपमा लिन थालेका हुन् ।
कर्मचारीतन्त्रमा सुधार
हाम्रो कर्मचारीतन्त्र कमजोर हुँदै गएको छ । राज्यका संयन्त्रहरूले प्रभावकारी कार्य गर्न सकेका छैनन् । त्यसैले प्रशासनिक सेवामा गुणात्मक ह्रास आएको हो । सरकारलाई नियन्त्रण र सन्तुलनमा राख्न स्थापित संवैधानिक निकाय पनि प्रभावकारी हुन सकेका छैनन् । प्रशासनले व्यावसायिक दक्षता देखाउन सकेको छैन । कर्मचारीको मनोबल, नेगोसिएसन सिप र संस्थागत मेमरी ह्रास हुँदै गएको छ । कर्मचारीतन्त्रले जनचासो र जनअपेक्षाबमोजिमको सेवा पु¥याउन सकेको छैन । त्यसैले कर्मचारीतन्त्रमा आमूल सुधारको खाँचो छ । कर्मचारीतन्त्रबिना कुनै पनि सरकार चल्न सक्दैन । त्यसै गरी प्रशासनबिना मुलुकमा सुशासन कायम हुन सक्दैन र सरकारले वैधता तथा लोकप्रियता दुवै गुमाउँछ । राज्यका तीन वटै अङ्ग सञ्चालन गर्ने कर्मचारीतन्त्रमा राजनीतीक
केही प्रदेशमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर
१. नेपाल राष्ट्र बैङ्कद्वारा विसं २०८१ भाद्र २ मा सार्वजनिक तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपालमा विप्रेषण आप्रवाह कति भयो ? रु. १४ खर्ब ४५ अर्ब ३२ करोड – अघिल्लो आवको तुलनामा रेमिट्यान्स आप्रवाह १६.५ प्रतिशतले वृद्धि भएको छ । – राष्ट्र बैङ्कद्वारा सार्वजनिक आव २०८०/८१ को वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार आव २०८०/८१ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–
संसदीय शासन प्रणालीका विशेषता : विषयगत प्रश्नोत्तर
१. संसदीय शासन प्रणाली भनेको के हो ? यसका आधारभूत विशेषताहरू उल्लेख गर्दै सबल र दुर्बल पक्षहरू चर्चा गर्नुहोस् । सरकारको गठन र विघटनमा संसद्को भूमिका प्रधान रहने शासन प्रणाली नै संसदीय शासन प्रणाली हो । यस प्रणालीमा मुलुकको कार्यकारी निकायको जननी जननिर्वाचित संसद् रहेको हुन्छ । सरकारले संसदबाट शक्ति र स्रोत प्राप्त गर्छ । संसद्को विश्वास वा अविश्वासमा सरकारको आयु टिकेको हुन्छ । सरकार सदैव संसद्प्रति उत्तरदायी हुन्छ । बहुसङ्ख्यक संसद् सदस्यको विश्वास रहेसम्म सरकार कायम रही रहन सक्छ । प्रधानमन्त्रीले संसद्को विश्वास गुमाउँदासा
कृषि प्रविधि पार्क सञ्चालन
चितवनको रामपुरमा चिनियाँ लगानीमा कृषि प्रविधि पार्क सञ्चालनमा आएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालय रामपुरमा उक्त पार्क रहेको छ । चीनको फाउन्डेसन फर रुलर डेभलप्मेन्ट नेपाल च्याप्टरको आर्थिक सहयोगमा पार्क सञ्चालनमा आएको हो । पार्क सञ्चालनको औपचारिक कार्यक्रममा नेपालका लागि चीनका राजदूत चेन सङले पार्क सञ्चालनबाट नेपाल र चीन दुवै देशका कृषक लाभान्वित हुने बताउनुभयो । उन्नत धानको अनुसन्धान गर्न सुरु गरिएको यो प्रविधिबाट धानको उत्पादन, कृषकले गर्ने आम्दानी र बजार पनि दोब्बरले वृद्धि हुने उहाँको भनाइ थियो ।
थाहामा फोटो प्रदर्शनी
उत्तरी मकवानपुरको थाहा नगरपालिकामा दुईदिने फोटो प्रदर्शनी गरिएको छ । श्रीकृष्ण जन्माष्टमीका अवसरमा थाहाको शिखरकोटमा फोटो प्रदर्शनी गरिएको हो ।
नारायणगढ सडकमा रोपाइँ जात्रा
श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर नारायणी कला मन्दिर नारायणगढले सोमबार चितवनको नारायणगढ बजारमा रोपाइँ जात्रा निकालेको छ । कलामन्दिर परिसरबाट निकालिएको जात्रामा श्रीकृष्ण र राधाको प्रतीकका रूपमा बालबालिकालाई सिँगारेर सहभागी गराइएको थियो । जात्रामा श्रीकृष्ण र राधालाई दुई घोडाले तान्ने रथमा राखेर रथारोहण गराइएको थियो । मानिसलाई नै गोरुको रूपमा जुवा लगाएर हलोले सडकमा जोतेको, बाउसे गरेको र रोपाइँ गरेको अभिनय गरिएको थियो ।
सतीदेवी : पितृसत्तालाई कुरी कुरी
‘पितृ तार्ने एउटा छोरा चाहिन्छ’ भन्ने पितृसत्तात्मक समाजको सोचको कथा हो, चलचित्र ‘सतीदेवी’ । छोरा खोज्दाखोज्दै छोरी जन्मिएपछि घरमा सुरु हुने अवहेलना र महिला हिंसाको चित्रण हो, चलचित्र । लमजुङको एउटा विकट गाउँमा छोरी भएर जन्मिएका कारण उनीमाथि हुने अवहेलना र अत्याचारले के कस्तो घटना निम्त्याउँछ भन्ने कथा चलचित्रले प्रस्तुत गरेको छ । चलचित्रमा एउटी महिलाले छोरो नजन्माउँदा कतिसम्म सास्ती भोग्नु पर्छ र परिवारमा बुवाले आफ्नो दायित्व बिर्संदा छोरीले समाजमा कतिसम्म अपमानित हुनु पर्छ भन्ने कुरालाई प्राथमिकतामा राखिएको छ ।
नेपालको अर्थोडक्स चियालाई विश्वभर चिनाउनु पर्छ : कृषिमन्त्री
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाली चियाको बजारीकरणका लागि भारतीय बजारको विकल्प खोज्नुपर्ने बताउनुभएको छ । नेपाली अर्थोडक्स चिया प्रदर्शनीलाई मङ्गलबार उद्घाटन गर्दै मन्त्री अधिकारीले नेपाली चियाको मुख्य बजार भारत हो तर भारत आफैँ चियाको ठुलो उत्पादक रहेकाले अब नेपाली चियाले भारतीय बजारको विकल्प खोज्नुपर्ने बताउनुभयो । भारत आफैँले चिया उत्पादन गर्ने भएकाले नेपाली चियाको उचित मूल्य नदिने भन्दै मन्त्री अधिकारीले नेपाली किसानको लागत पनि नउठ्ने भएकाले भारतीय बजारको विकल्प खोज्नुपर्ने कुरामा जोड दिनुभयो ।
‘नीतिगत स्थिरता सुरक्षित गर्दै सरकार अघि बढ्छ’
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नीतिगत स्थिरता सुरक्षित गर्ने हिसाबले वर्तमान सरकार अघि बढ्ने बताउनुभएको छ । मङ्गलबारदेखि सुरु भएको ‘नाडा अटो सो’ को उद्घाटन गर्दै उहाँले नेपालमा गुणस्तरीय उत्पादन गर्न सके अन्तर्राष्ट्रिय बजार नेपालका लागि पनि सुरक्षित हुने बताउनुभयो । देश, जनता र कानुनको ख्याल गरेर सफल व्यवसाय गर्ने व्यवसायीहरूलाई राज्यले साथ र संरक्षण गर्ने अर्थमन्त्री पौडेलले बताउनुभयो ।
ऊर्जाको प्रगति खोज्न पूर्वमन्त्रीहरूको सुझाव
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले देशको ऊर्जा क्षेत्रको विद्यमान समस्या र तिनको समाधान खोज्न पूर्वऊर्जामन्त्रीहरूसँग मङ्गलबार छलफल गर्नुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको छलफलमा पूर्वमन्त्रीहरूले जलाशययुक्त आयोजना विकास, प्रसारण लाइन निर्माणमा तीव्रता, विद्युत् व्यापारको व्यवस्थापनलगायतका विषयमा सुझाव दिएका छन् ।
स्टार्टअप उद्यम कर्जाका लागि आवेदन खुला
स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न आवेदन खुला गरिएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले मङ्गलबार स्टार्टअप उद्यम कर्जाका लागि आवेदन खुला गरेको हो । प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८१ अनुसार तोकिएका मापदण्ड पूरा भएका उद्यमीले कर्जाका लागि परियोजना प्रस्ताव आह्वान गर्न सूचना सार्वजनिक गरेको हो । उद्यमीले कर्जाका लागि २१ दिनसम्म प्रस्ताव पेस गर्नुपर्ने छ । परियोजनाको प्रस्ताव अनलाइनमार्फत भर्न सकिने व्यवस्था गरिएको छ । उद्यमीले परियोजना प्रस्ताव आइइडिआई डट ओराजी डट एनपीमार्फत भर्न सकिने छ ।