प्रकाश तामाङलाई तत्काल नागरिकता दिलाउन प्रधानमन्त्रीको पहल
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हेर्ने कथा’मा प्रकाश तामाङको कथा हेरेपछि उहाँलाई तत्काल नागरिकता दिलाउन पहल गर्नुभएको छ ।
डर (कथा)
“ह्याँ पैसो कसले गाडेको हँ ?” पूजाखण्डबाट माल्दाइले मुसुमुसु हाँस्दै सोध्नुभयो । बिहान
निगमका दुई वाइडबडी जहाज ग्राउन्डेड
नेपाल वायुसेवा निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि रहेका चार वटा जहाजमध्ये दुई वटा वाइडबडी जहाज ग्राउन्डेड भएका छन् । प्रमुख पर्यटकीय सिजन र दसैँतिहार जस्ता ठुला चाडपर्वको समय नजिकिँदै गर्दा निगमका दुई प्रमुख जहाज विस्तृत मर्मतसम्भार (सी–चेक) का लागि ग्राउन्डेड भएका हुन् ।
धनगढीमा माओवादी केन्द्र परामर्श समिति बैठक बस्दै
नेपका (माओवादी केन्द्र)को सुदूरपश्चिम प्रदेशस्तरीय परामर्श समिति बैठक बुधबारदेखि धनगढीमा सुरु हुँदै छ । यही भदौ १३ गतेसम्म सञ्चालन हुने उक्त बैठकमा सुदूरपश्चिम प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र पदाधिकारी सहभागी रहेन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।
दस अर्बको ऋणपत्र निष्कासन हुँदै
सरकारले १० अर्ब रुपियाँको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । बोलकबोलमार्फत ब्याजदर निर्धारण हुने गरी बुधबार उक्त ऋणपत्र निष्कासन गर्न लागिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । ऋणपत्रको अवधि तीन वर्षको हुने छ । कार्यालयले ऋणपत्र खरिद गर्न इच्छुक बैङ्क तथा वित्तीय संस्था, गैरबैङ्क वित्तीय संस्था, बिमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकलाई आग्रह गरेको छ । खरिद गर्न इच्छुकले बुधबार दिउँसो ३ बजेसम्म बोलकबोलमा सहभागिता जनाउन सक्ने छन् ।
मनाइयो स्थापना दिवस
नेपालभाषा मिसा खलःको ३५ औँ स्थापना दिवस सोमबार काठमाडौँमा मनाइएको छ । सो अवसरमा बिकुमाया श्रेष्ठलाई ‘रमा कौशल्या लुमन्ति सिरपाः’ प्रदान गरिएको थियो । सो पुरस्कारका दाता साहित्यकार मथुरा सायमिले पुरस्कार प्रदान गर्नुभयो । विसं २०१८ मा वीर अस्पतालमा नर्सिङ सेवामा प्रवेश गरेकी बिकुमायाले लामो समय स्वास्थ्य सेवा दिनुभएबापत सो पुरस्कार प्रदान गरिएको हो ।
नेपालसमक्ष सात वर्षपछि उपाधि जित्ने अवसर
नेपाल लामो समयपपछि साफ उमेर समूहको फुटबल उपाधि जित्ने दाउमा रहेको छ । नेपालले बुधबार बङ्गलादेशसँग साफ यु–२० च्याम्पियनसिपको उपाधि भिडन्त गर्दै छ । पहिलो दुई संस्करणको विजेता नेपाललाई त्यसपछि सधैँ साफ उमेर समूहको फुटबलको उपाधिले लोभ्याइरहेको छ । नेपाल सात वर्षपछि साफ उमेर समूहको फुटबल फाइनल खेल्दै छ । सन् २०१५ मा घरेलु मैदानमै भएको पहिलो संस्करणमा नेपालले फाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा हराएर उपाधि जितेको थियो । सन् २०१७ मा भुटानमा भएको दोस्रो संस्करणमा नेपालले उपाधि रक्षा गरेको थियो ।
तलब समायोजन परमादेश : सरकारद्वारा पुनरवलोकनको माग
मर्यादाक्रम अनुसार तलब समायोजन गर्न सर्वोच्च अदालतको फैसला पुनरवलोकनका लागि सरकारका तर्फबाट निवेदन दर्ता भएको छ । सरकारकातर्फबाट सचिव फणीन्द्र गौतमले भदौ ६ गते सर्वोच्चमा निवेदन दर्ता गर्नुभएको हो । निजामती र सुरक्षा समूहका समान मर्यादाक्रममा रहेका कर्मचारीको तलब असमान भएकाले एकरूपता कायम गर्नका लागि सर्वोच्चले असार १० गते परमादेशको आदेश जारी गरेको थियो । फैसला पुनरवलोकनमा जाने सरकारको साउन ३१ गतेको निर्णय अनुसार निवेदन दर्ता भएको हो ।
स्मार्ट बोर्डबाट पठनपाठन
म्याग्दीको सदरमुकाम बेनी बजारस्थित प्रकाश माध्यमिक विद्यालयमा स्मार्ट बोर्ड जडान गरिएको छ । शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन विद्यालयले कक्षा १० र ११ मा डिजिटल स्मार्ट बोर्ड जडान गरी पठनपाठन सुरु गरिएको हो । कार्यसम्पादन मूल्याङ्कनमा गत वर्ष विद्यालय पहिलो भएर नगरपालिकाबाट प्राप्त गरेको पुरस्कारको तीन लाख र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण श्रेष्ठबाट स्मार्ट बोर्ड जडानका लागि प्राप्त भएको एक लाख ६० हजार रुपियाँबाट बोर्ड खरिद गरिएको हो । विद्यालयका प्रधानाध्यापक लेखबहादुर हमालले दुई वटा स्मार्ट बोर्ड खरिद गरी कक्षा १० र ११ मा जडान गरिएको जानकारी दिनुभयो ।
छात्रा फुटबल प्रतियोगिता आजदेखि
पुलचोक स्पोर्ट्स क्लबले तम्घासको चिदिचौर खेलमैदानमा आयोजना गर्न लागेको ‘पाँचौं पुलचोक कप–२०८१’ को सम्पूर्ण तयारी पूरा गरी आज बुधबारदेखि सुरु हुँदै छ । क्लबको छैटौं वार्षिकोत्सवको अवसरमा पाँचौं पुलचोक कप–२०८१ को आयोजना गरिएको आयोजकले जनाएको छ ।
मनाङको कोसेली अर्गानिक आलु
मनाङ जिल्लाको चिसो हावापानीमा फलेको आलु धेरैको रोजाइ बन्ने गरेको छ । अर्गानिक आलुका विभिन्न मिठा परिकार पनि बनाउने गरिएको छ । जिल्लामा आएका पर्यटकको स्वादिलो खानेकुरा बनेको आलु फर्किएर जाँदा लैजाने कोसेलीसमेत भएको छ । स्थानीय युवा उद्यमी सेराप विष्टले आन्तरिक र बाह्य पर्यटकले मनाङमा उत्पादन भएको आलुका परिकार मन पराउने गरेका बताउनुभयो । उहाँले यस क्षेत्रको आलुको माग बढेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीकहाँ होमस्टे सञ्चालन छ । आन्तरिक तथा बाह्य पर्यटकलाई विषादीरहित शुद्ध गोबर मल हालेर फलेको आलु उनीहरूकै इच्छा अनुसार विभिन्न परिकार बनाएर खुवाउँछौँ । कोसेलीका रूपमा पनि धेरैले आलु नै लैजाने गरेका छन् ।”
बाढीले क्षतिग्रस्त नेशनल हाइड्रो मर्मत गर्न ३० करोड लाग्ने अनुमान
बाढीले क्षतिग्रस्त नेशनल जलविद्युत आयोजना पूर्व अवस्थामा फर्काउन ३० करोडभन्दा बढि रकम लाग्ने अनुमान निकालिएको छ ।
व्यावसायिक भैँसीपालन दुध, गोबर र गहुँत बिक्री
पूर्वी सुर्खेतको भेरीगङ्गा नगरपालिका–११, चिप्लेका किसान टोपेन्द्र रानाले भैँसी पालेर दुध मात्र होइन, गोबर मल बेचेर एक मौसममा साढे दुई लाख रुपियाँभन्दा बढी आम्दानी गरेको बताउनुभएको छ । दुधका लागि पालिएका भैँसीको मल बेचेर उहाँले यो अतिरिक्त आम्दानी गर्न सफल हुनुभएको हो । हाल उहाँसँग अहिले ३१ वटा भैँसी छन् ।
कृषकको उत्पादन गाउँपालिकाद्वारा बजारीकरण
यहाँको एक गाउँपालिकाले कृषकले उत्पादन गरेको कृषि उपजलाई बजारीकरणको व्यवस्था गरेको छ । रुरुक्षेत्र गाउँपालिकाले कृषकले उत्पादन गरेका कृषि उपजलाई सहज रुपमा बजारसम्म लैजाने र बिचमा हुने बिचौलीयाको चलखेललाई अन्त्य गर्नका लागि बजारीकरणको सुरुवात गरिएको जनाएको छ ।
नमुना सहर बन्दै कर्णालीका गाउँ
कर्णाली प्रदेशभित्र विभिन्न स्थानमा नमुना सहरका रूपमा विकास गर्न काम सुरु गरिएको छ । ती स्थानहरूमा १३ वर्षअघि सुरु भएको नयाँ सहरको पूर्वाधार निर्माण भइरहेको छ । हिमाल तथा पहाडबाट तराईमा हुने बसाइँसराइ रोक्न आर्थिक वर्ष २०६७/६८ मा सरकारले ल्याएको योजना अन्तर्गत दैलेखको राकममा नयाँ सहर निर्माण थालिएको छ । त्यहाँ २०६८ सालदेखि कार्यालय स्थापना गरेर काम सुरु भएको हो । आयोजना निर्माणको हालसम्म ६५ प्रतिशत भौतिक प्रगति हासिल भएको छ भने ६४ प्रतिशत वित्तीय प्रगति भएको छ । अहिले विभिन्न खण्डमा आयोजनाका लागि पूर्वाधार निर्माण भइरहेको आयोजना कार्यालयले जनाएको छ ।
अनियमित विद्युतले कालीकोटमा सास्ती
कालीकोट जिल्ला विद्युतीकरण भएको दुई दश वितेपनि विद्युत सेवा नियमित हुन सकेको छैन । जिल्ला सरदमुकामसँगै गाउँसम्म अहिले विद्युतका पोल जडान गरिएको छ ।
भौतिक संरचनाले कुरुप बन्दै पर्यटकीयस्थल मझुवागढी
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारबाट करिब ४५ मिनेटको पैदलयात्रा गरेर उकालो चढ्दा धार्मिक एवं पर्यटकीयस्थल मझुवागढी पुगिन्छ । उक्त स्थानमा किरात ऐतिहासिकस्थल मझुवागढी तथा हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र बुद्धेश्वर गुफा र कालिका भगवती देवीको मन्दिर छ ।
वाणिज्य बैंकको ‘काउन्टरसाइक्लिक बफर’ शून्य प्रतिशत कायम
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको काउन्टरसाइक्लिक बफर शून्य प्रतिशत कायम गरेको छ । नेपाल राष्ट्र बैंकले मङ्गलबार इजाजतप्राप्त ‘क’, ‘ख’, ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।
मुसहर बालबालिकालाई विद्यालय पठाउन मुख्यमन्त्री सिंहको आग्रह
मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले मङ्गलबार साँझ धनुषाको विदेह नगरपालिकास्थित वैदेही स्कुल टोलको मुसहर बस्ती पुगी बालबालिकालाई विद्यालय पठाउन आग्रह गर्नुभएको छ ।
आगामी निर्वाचनमा एक्लै लड्छौँः नेता शर्मा
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य रेखा शर्माले पार्टीलाई आगामी चुनावमा एक्लै लड्ने अवस्थामा पु¥याउन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालनमा समस्या
बुटवलमा दुई वर्षअघि उद्घाटन भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र कार्यविधि स्वीकृत नहुँदा अझै पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन । एक अर्ब ११ करोड रुपियाँ खर्च गरी आठ वर्ष लगाएर निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका १३ वटा सभा हलमध्ये अहिले एउटा ठुलो हल मात्र सञ्चालनमा छ । बाँकी १२ वटा सभा हलको काम अझै पनि सम्पन्न हुन सकेको छैन । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र आयोजना कार्यालयका प्रमुख धर्मेन्द पन्थीले १२ वटा सभा हल सञ्चालनमा ल्याउन अझै १९ करोड रुपियाँ खर्च लाग्ने बताउँदै केन्द्रबाट बजेट नपठाउँदा ती सभा हल सम्पन्न हुन नसकेको जानकारी दिनुभयो ।
भेटी र नाचगानबाट जुटाएको रकम सामाजिक काममा
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका बासिन्दाले धार्मिकस्थल खयरभारानी तालमा सङ्कलन भएको भेटी र गाउँमा नाचगानबाट जुटाएको रु आठ लाख ५० हजारभन्दा बढी रकम सामाजिक काममा परिचालन गरेका छन् ।
अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङको भाउ बढ्यो
आज अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङलगायतको विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार मङ्गलबारको तुलनामा बुधबार ती मुद्राको भाउ बढेको हो
प्रहरीको ३० वर्षे सेवासम्बन्धी आदेशविरुद्ध सरकार भ्याकेटमा
गृह मन्त्रालयले नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि लागू नगर्नु भनी सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशविरुद्ध मङ्गलबार भ्याकेट निवेदन दर्ता गराएको छ ।